खेल
रिचार्लिसन ५ वर्षका लागि टोटनहममा अनुबन्ध
१७ असार, काठमान्डौँ । ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहम हट्सपरमा अनुबन्ध भएका छन् । टोटनहमले प्रिमियर लिगकै अर्को क्लब एभरटनबाट रिचार्लिसनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो । यसको अर्थ उनको सम्झौता रकम ६० मिलियन पाउण्ड बराबर भएको बीबीसीले उल्लेख गरेको छ । २५ वर्षीय रिचार्लिसनले गत सिजन एभरटनलाई रेलिगेसनबाट जोगाउन मद्दत गर्दै १० गोल गरेका थिए । साथै ५ असिस्ट पनि गरेका थिए ।
सन्…विस्तृत समाचार »
राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान
१६ असार, काठमान्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् ।
भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एलए) टोलीबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ ।
नवयुगले…विस्तृत समाचार »
आर्मीमा भर्ती हुने तयारीमा दौडिँदा खेलाडी बनेका मुकेशको एसियाड लक्ष्य
१५ असार, काठमान्डौँ । अमरबहादुर पाल नेपाली सेनाका सुबेदार हुन् । पिताको फौजी विरासत धान्न उनका छोरा मुकेश १२ कक्षा उत्तीर्ण गरेलगत्तै नेपाली सेनामा भर्ती भए । तर, उनको क्षमताले त अर्कै क्षेत्र खोजिरहेको थियो । नेपालका फौजी संगठनले पनि खेलकुद टिम बनाउने गरेकाले मुकेशले आफ्नो क्षमताको क्षेत्र सेना भित्रै भेटे । ४४औं राष्ट्रिय एथलेटिक्समा १५ सय मिटर दौडतर्फ गत शुक्रबार स्वर्ण जितेका मुकेश अमरबहादुरका…विस्तृत समाचार »
नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू(२० च्याम्पियनसिप खेलाउने
१५ असार, काठमान्डौँ । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू(२० च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू(२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज प्राप्त गरेका थिए । चौथो संस्करणको साफ यू(२० च्याम्पियनसिप आगामी…विस्तृत समाचार »
भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री
१४ असार,काठमाडौं । महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी ९एनएसइएम०लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्धा विना नै बेचेको खुलेको हो ।
नेपाल भलिबल संघले दश वर्षसम्मका लागि एनएसइएमलाई दिएको थियो । फ्रेन्चाइजी लिगको…विस्तृत समाचार »
ब्राजिलियन रोनाल्डिन्होको टोलीलाई नेपालका रोहित चन्दको टिमले पराजित गर्यो
१३ असार, काठमाडौँ । विश्व फुटबलको चर्चित नाममध्ये एक नाममा पर्दछ रोनाल्डिन्हो। हँसिला रोनाल्डिन्होले ब्राजिलको तर्फबाट सन् २००२ मा विश्वकप जितेका थिए। उनको खेल कौशल ज्यादै उत्कृष्ट थियो जसकारण उनले बार्सिलोना, पीएसजी, मिलानजस्ता टोलीबाट खेले बालुन डि’ओर पनि हात पारे। हाल उनी ४२ वर्षका भए।
उनी व्यवसायिक क्लबबाट रिटायर्ट भइसकेका छन्। उनी फुटसल तथा अन्य सहयोगार्थ मैत्रीपूर्ण खेलहरु भने खेलिरहेका हुन्छन्। यस क्रममा रोनाल्डिन्होको टोलीको…विस्तृत समाचार »
नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता
१३ असार, काठमान्डौँ । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन । पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको…विस्तृत समाचार »
क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा, सुनिल, सुशन र सागर अटाएनन्
१२ असार, काठमान्डौँ । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।
टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष,…विस्तृत समाचार »
नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने
१२ असार, काठमान्डौँ । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।
नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते…विस्तृत समाचार »
यूएई ८१ रनमै अलआउट, अस्मिनाले लिइन् ५ विकेट
१० साउन, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स ९यूएई०ले सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएई १९।४ ओभरमा अलआउट हुँदै ८१ रनमै समेटिएको हो ।
यूएईका लागि बैष्षणी महेशले सर्वाधिक १६ रन जोडिन् । त्यस्तै, इशा ओझाले १५ रन बनाइन् । नेपालकी अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन्…विस्तृत समाचार »
राजनीति
महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

अन्तर्राष्ट्रिय
धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त
विचार / ब्लग
के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन् । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।
नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा
