खेल
एकैपटक तीन नेपाली खेलाडी विदेशी लिगमा अनुबन्ध
९ पुस काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी एकै पटक विदेशी लिगमा अनुबन्ध भएका छन् । नेपालका लागि पहिलो पटक तीन खेलाडी विदेशी लिगमा एकै पटक अनुबन्ध भएको यो पहिलो पटक हो । अनुबन्ध हुनेमा सोमपाल कामी, करण केसी र कुशल मल्ल भएका छन् । सोमपाल कामी मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका हुन् ।
टि–टेन लिगले आफ्नो अफिसियल साइटमा खेलाडीहरुको स्वागत पनि गरेको…विस्तृत समाचार »
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त
२ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरुको नियुक्ति सन्…विस्तृत समाचार »
नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट
३० मंसिर काठमाडौ । नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सोझै छनौट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको हो। नेपालसहित यूएई, सिंगापुर र जिम्बावे पनि आइसीसीको यस छनौटमा पर्न सफल भएका छन्।
३० मंसिर काठमाडौ । नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सोझै छनौट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै…विस्तृत समाचार »
सन्दीप लामिछाने अस्पताल भर्ना
१४ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।विस्तृत समाचार »
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु ।…विस्तृत समाचार »
आईसीसीले एक वर्ष थप्यो नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता
३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थप गरेको छ। कोरोनाभाइरस संक्रमणको महामारीका कारण निर्धारित खेल तालिकाहरु अवरुद्ध भएका कारण सन् २०२२ सम्म रहेको नेपालको मान्यतालाई एक वर्ष लम्ब्याइएको हो। बुधबार जारी नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा उद्घाटनका क्रममा अध्यक्ष चतुरबहादुर चन्दले सो कुरा बताएका हुन्।
‘नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई आईसीसीले एक वर्ष थपेको छ’,…विस्तृत समाचार »
मुम्बईलाई पाँचौ पटक आईपीएलको उपाधि, फाइनल जित्ने दिल्लीको सपना चकनाचुर
२५ कार्तिक काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ। आज भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई सहज रुपमा पराजित गर्दै उपाधि जितेको हो।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले…विस्तृत समाचार »
आईपीएल फाइनल आज, मुम्बईले पाँचौ पटक उपाधि जित्ला की दिल्लीले इतिहाँस रच्ला ?
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल…विस्तृत समाचार »
दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा, उपाधिका लागि मुम्बईसँग खेल्ने
२३ कार्तिक काठमाडौ । इन्डियन प्रिमियर लिगको उपाधिका लागि दिल्ली क्यापिटल्र्स र मुम्बई इन्डिन्स भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा सन राइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गरेको हो । आवुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ८९ रन बनायो । निकै बलियो सुरुवात गरेको दिल्लीका लागि…विस्तृत समाचार »
मेस्सीसँग विवादपछि बार्सिलोनाका अध्यक्षसहित सबै पदाधिकारीले दिए सामूहिक राजीनामा
१२ कात्तिक, काठमाडौं। बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै सबै वोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन्। सन् २०१४ मा अध्यक्ष भएका बार्टोमेउले समर्थकहरुको अत्यधिक दबाबपछि पदबाट राजीनामा दिएका हुन्। केही महिनाअघि मात्र सुपरस्टार लिओनेल मेस्सीले अध्यक्षकै कारण क्लब छोड्ने घोषणा गरेपछि उनीमाथि दबाब थपिएको थियो।
लियोनल मेस्सीसँगको सम्बन्ध चिसियपछि राजीनामा दिएका उनले युरोपियन सुपर लिगमा सम्मिलित हुने प्रस्तावलाई भने स्वीकार गरेका छन्।
आगामी मार्च महिनामा कार्यकाल…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
