खेल

कोरोनाले हवाई उडान टुंगो नलाग्दा सन्दीप लामिछानेले सिपिएल गुमाउने खतरा

१० साउन, काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन । हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए ।  ‘ट्रिनिडाड एण्ड टोबागो कसरी…विस्तृत समाचार »

‘प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी’

३ साउन, काठमाडौं । ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो । ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया…विस्तृत समाचार »

प्रिमियर लिग च्याम्पियन लिभरपुलको सिटीसँग लज्जास्पद हार

हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको सुरुवातमा ने लिभरपुलले अग्रता बनाउने मौका गुमायो । मोहमद सलाहको प्रहार जाली चुम्न असमर्थ रह्यो । पेप ग्वार्डिओला टोलीले त्यसपछि…विस्तृत समाचार »

२०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने

१२ असार, काठमाडौँ।  सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको छ ।  यी दुई राष्ट्रले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको बिडलाई पछि पारेका हुन् ।  यसअघि ब्राजिल र जापानले नाम फिर्ता लिएपछि दुईवटा मात्र बिड परेको थियो । ३५ भोटमध्ये जापानले २२ भोट प्राप्त गर्दा कोलम्बियाले…विस्तृत समाचार »

टेस्ट क्रिकेटमा आईसिसीको नयाँ नियम : बलमा थुक लगाए ५ रन पेनाल्टी

२८ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही नियमहरुमा परिवर्तन गरेको छ। परिवर्तित नियम टेष्ट क्रिकेटमा मात्र लागू हुने आईसीसीले स्पष्ट पारेको छ। अनिल कुम्ब्ले नेतृत्वको आईसीसीको मुख्य कार्यकारी समिति (सीईसी)को सिफारिसलाई आईसीसीले अनुमोदन गरेको हो। आईसीसीको परिवर्तित नियमअनुसार अब बलरले बलमा थुक प्रयोग गर्न पाउनेछैनन्। कुनै खेलाडीले थुक प्रयोग गरेमा अम्पायरले दुई पटकसम्म चेतावनी दिनेछन्। सो चेतावनी नमानेको…विस्तृत समाचार »

क्रिकेट बल चम्काउन अब चाहिँदैन थुक र पसिना

२३ वैशाख, काठमाडौं । क्रिकेट बल निर्माण गर्ने अस्ट्रेलियन कम्पनीले छिट्टै वाक्स एप्लिकेटर लिएर बजारमा आउँदैछ। मैनले बनाइएको यो पदार्थ क्रिकेट बल चम्काउन प्रयोग गरिने छ। कम्पनीले एक महिनामा वाक्स एप्लिकेटर बजारमा ल्याउन काम थालेको बताएको छ। ‘हामी बल चम्काउने पुरानो तरिका बदल्न वाक्स एप्लिकेटर बनाइरहेका छौं। अम्पायरको निगरानीमा यसको प्रयोग गर्न सकिने छ,’ कम्पनीका एमडी ब्रेट इलियटले भनेका छन्। उनले यसको असर खेलपछि मात्र…विस्तृत समाचार »

पाकिस्तानी क्रिकेटर उमर अकमल ३ वर्षे प्रतिबन्धमा

१६ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो । सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् । उनले एक सय २१ एकदिवसीय…विस्तृत समाचार »

इन्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल स्थगित भएको जनाएको हो। यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो।  तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको बताएको छ। आईपीएल मार्च २९ देखि मे २४ सम्म हुने पूर्वनिर्धारित तालिका थियो। तर बढ्दो संक्रमणले भारतलाई…विस्तृत समाचार »

कारोनाका कारण सयौं खेल रद्द र स्थगित (सूचीसहित)

२८​ चैत, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ। कोरोनाको असर कुन खेलमा कस्तो पर्यो ? बिबिसीले सूची तयार पारेको छ ।  सूची हेर्नुहोस्  अप्रिल ८ एथ्लेटिक्स – टोकियो ओलम्पिक सरेपछि विश्व एथ्लेटिक्स च्याम्पियनशिप २०२२ पनि एक…विस्तृत समाचार »

कोरोनाका कारण इटालियन ओलम्पिक धावकको मृत्यु

२७ चैत काठमाडौं । दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका इटलीका धावक डोनाटो साबियाको कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएको छ । इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले ५६ वर्षीय साबियाको मृत्यु भएको पुष्टि गरेको छ । सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार साबियाले दुई पटक ओलम्पिकमा ८०० मिटर दौडेका थिए । केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटल आईसियूमा उपचाररत…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top