खेल

इन्टरमिलान इटालियन सिरिएको शीर्ष स्थानमा

२७ माघ, काठमाडौं । इटालियन सिरिएमा इन्टरमिलान शीर्ष स्थानमा उक्लिएको छ । दुई गोलले पछि परेको इन्टरमिलानले एसी मिलानको पोस्टमा चार गोल फर्कायो ।  जितसँगै इन्टरमिलान शीर्ष स्थानमा उक्लिन सफल भएको छ । इन्टर शीर्षमा उक्लिँदा युभेन्टस भने गोल अन्तरका आधारमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।  इन्टरमिलानको मैदानमा भएको खेलमा पहिलो हाफ एसीमिलानको पकडमा रह्यो । जसमा ज्लाटन इब्राहिमोभिचले एउटा गोल र एउटा…विस्तृत समाचार »

फेन्च लिग वान : पिएसजीले लियो १२ अंकको अग्रता

२७ माघ, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा दोस्रो स्थानको मार्सेइलीसँग १२ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनमाथि ४–२ को जित दर्ता गरेको हो । पिएसजीका लागि तीन गोल आफ्ना खेलाडीले गरेका हुन् भने एक गोल उपहारमा पायो । एन्जल डी मारियाले २२ औँ, केलियन एमबाप्पेले ३८ तथा एडिन्सन काभानीले ७९ औँ मिनेटमा…विस्तृत समाचार »

ओडीआईमा ज्ञानेन्द्र मल्लको दोस्रो अर्धशतक

२६ माघ, काठमाडौं । कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक गरेका छन् । ओमान विरुद्ध मल्लले अर्धशतक गरेका हुन् । ६९ बलमा एक छक्का र ६ चौका सहित ५३ रन बनाए । एक दिवसीय क्रिकेट (ओडीआई) मा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि १ अगष्ट २०१८ मा नेदरल्याण्ड विरुद्ध ज्ञानेन्द्रले अर्धशतक गरेका थिए । तर, कप्तान भएपछि भने पहिलो पटक…विस्तृत समाचार »

ए डिभिजन लिग : शेर्पासंग च्यासल स्तब्ध

२५ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शनिबार भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३–२ गोल अन्तरले हराएको हो । शेर्पाको जितमा विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गरे । च्यासलका हायातु वाकिनोले दुई गोल फर्काए । शीर्ष ६ मा स्थान बनाउन संघर्षरत च्यासलमाथि जित निकाल्दै शेर्पा क्लब दुई…विस्तृत समाचार »

एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता

२३ माघ, काठमाडौं । आगामी चैतमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता प्रदान गरेको छ । ईपीएलको आयोजक ईपीएल प्रालिले बिहीवार आईसीसीले मान्यता दिएको जनाएको छ । ईपीएल चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।  यस पटक टेष्ट मान्यताप्राप्त देशका खेलाडीहरु समेत ईपीएल खेल्न नेपाल आउँदैछन् । जसमा वेष्ट इन्डिजका क्रिस गेलसहित ड्वाने स्मिथ श्रीलंकन उपुल…विस्तृत समाचार »

ए डिभिजन लिग : मच्छिन्द्रले सरस्वती क्लबलाई ६–१ ले हरायो

२३ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा मच्छिन्द्र क्लबले शानदार जित दर्ता गरेको छ । १० औँ चरणको खेल अन्तर्गत एन्फा कम्पलेक्समा भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई ६–१ ले पराजित गरेको हो । मच्छिन्द्रका लागि दीपक राई दुई तथा देवेन्द्र तामाङ, विशाल राई, सोमिडे एडिलेजा र एन्ड्रेस नियाले एक–एक गोल गरे । पुछारमा रहेको सरस्वतीका लागि कजिम…विस्तृत समाचार »

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित

२२ माघ काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतका नेपाल, ओमान र अमेरिकाबीचको  त्रिकोणात्मक खेलमा नेपालले १८ रनको हार ब्यहोरेको छ ।  १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७९ रन मात्रै बनाउन सक्यो ।  ४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका…विस्तृत समाचार »

नेइमार बिनाको खेलमा पिएसजी विजयी, नान्टेसलार्य २–१ ले पराजित

२२ माघ, काठमाडौं । नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पिएसजीले नान्टेसलार्य २–१ ले पराजित गरेर १५ अंकको अग्रता लिएको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि माउरो आइकार्डी र थिलो खेराले गोल गरे । नान्टेसका लागि सिमोनले एक गोल फर्काए । बुधबार २८ औँ वर्षमा प्रवेश गरेका नेइमारले…विस्तृत समाचार »

लिभरपुल एफ ए कपको पाँचौँ चरणमा प्रवेश

२२ माघ, काठमाडौं । लिभरपुल एफ ए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा तेस्रो डिभिजनको श्रीउजबरीलाई एक–शून्य गोल अन्तरले हराउँदै लिभरपुल पाँचौँ चरणमा प्रवेश गरेको हो ।  खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो । अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा  लिभरपुलले इतिहासमै सबैभन्दा कम उमेरका खेलाडीहरु मैदानमा उतारेको थियो । एफए…विस्तृत समाचार »

त्रिकोणात्मक सिरिज : करणले लिए ओमानको दोस्रो विकेट

२२ माघ, काठमाडौं । घरेलु मैदानमा ओमानविरुद्ध पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्न उत्रेको नेपाललाई करण केसीले दोस्रो विकेट सफलता दिलाएका छन् । करणले  पहिलो ओभरमै नेपाललाई पहिलो विकेट सफलता दिलाएका थिए ।  ओपनिङ बलिङ गर्न आएका करणले ओभरको अन्तिम बलमा ओमानका ओपनर जतिन्द्र सिंहको विकेट लिएका हुन् । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । लिग– २ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top