खेल

१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल भिड्दै

२२,माघ,काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करण आजबाट भारतको गुवाहाटीमा शुरु हुँदैछ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक भव्य समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । भारतकै अर्को राज्य मेघालयको राजधानी सिलोङमा पनि प्रतियोगिता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले शनिबार सिलोङमा पनि प्रतियोगिताको छुट्टै उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा भाग लिन सहभागी खेलाडी, पदाधिकारी र सञ्चारकर्मी पुग्ने क्रम…विस्तृत समाचार »

​इंग्ल्याण्डले दक्षिण अफ्रिका ३९ रनले हरायो

२१,माघ । दक्षिण अफ्रिकाविरुद्धको  पाँच एक दिवसीय क्रिकेट श्रृँखलमा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । गएराति सकिएको पहिलो एक दिवसीयमा इंग्ल्याण्ड ३९ रनले विजयी भयो । डकवर्थ लुइस लियमका आधारमा दुई सय ९० रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले निर्धारित ३३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर दुई सय ५० रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले नटआउट एक सय ३८ तथा…विस्तृत समाचार »

​मेस्सीको ह्याट्रिक, स्वारेजको चार गोल

२१,माघ । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदान नाउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियालाई ७–० को फराकीलो अन्तरले हरायो । बार्सिलोनाको जितमा लुइस स्वारेजले चार गोल तथा लियोनल मेस्सीले ह्याट्रिक गरे । पहिलो हाफको अन्तिम समयमा मेस्सीलाई फउल गरेका स्कोड्रान मुस्ताफी रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि भ्यालेन्सिया १०…विस्तृत समाचार »

अस्ट्रेलिया न्युजिल्याण्डसँग १५९ रनको भारी अन्तरले पराजित

२०,माघ,काठमाण्डौं । न्युजिल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट श्रृँखलाको पहिलो म्याचमा अस्ट्रेलियाले पराजित भएको छ । अक्ल्याण्डमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले अस्ट्रेलियालाई एक सय ५९ रनले पराजित गरेको हो । तीन सय ८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २४ दशमलव २ ओभरमा अल आउट हुँदै एक सय ४८ रन मात्रै बनायो । अस्ट्रेलियाका म्याथ्यु वाडेले ३७ तथा जेम्स फल्कनरले ३६ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न…विस्तृत समाचार »

फुटबलर मेसीले ओलम्पिक नखेल्ने

२०,माघ,काठमाण्डौं । कीर्तिमानी स्ट्राइकर लियोनल मेसी यसै वर्ष ब्राजिलको रियो दी जेनेरियोमा हुने ओलम्पिक खेलकुदमा नखेल्ने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका प्रशिक्षक जेरार्डो मार्टिनोले मेसी सहभागी नहुने पुष्टि गरेका हुन् । मेसीको व्यस्ततालाई ध्यानमा राख्दै आफूले पनि जबर्जस्ती नगरेको मार्टिनोले बताएका छन् । मेसी टोलीमा रहँदा अर्जेन्टिनाले सन् २००८ मा बेइजिङमा आयोजित ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेको थियो । ओलम्पिक खेलकुदमा य–२३ राष्ट्रिय टोली…विस्तृत समाचार »

नेपालको प्रतिद्धन्द्धी बंलादेश

१९ माघ, काठमाडौं । यू–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । मंगलबार बंगलादेशले समूह चरणको अन्तिम खेलमा नामिबियालाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बंगलादेश समूह एको विजेता बनेको छ भने नामिबिया उपविजेता भएको छ । नेपाल समूह डीको उपविजेता हो । । यो खेल फेब्रुअरी ५ मा मीरपुरमा हुनेछ ।विस्तृत समाचार »

जिका भाइरसको महामारी भएपनि रियो ओलम्पिक नरोकिने

१९,माघ ।  जिका भाइरसको महामारी फैलिएपनि रियो ओलम्पिक नरोकिने ब्राजिलका अधिकारीले दावी गरेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको जिका भाइरसको संक्रमणका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित भएको छ । आउँदो अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा ओलम्पिक प्रतियोगिता हुँदैछ । जिका भाइरसका कारण गर्भवती महिला मात्रै जोखिममा रहने र यसबाट खेलाडी तथा अरु खेल पदाधिकारीलाई असर नपर्ने भएकाले…विस्तृत समाचार »

विराट कोहलीको ठाउँमा नेगीले खेल्ने

१९,माघ,काठमाण्डौं । अस्ट्रेलियासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृँखलामा उत्कृष्ट प्रदर्शन गरेका विराट कोहलीले श्रीलंका टुरमा आराम पाउने भएका छन् । फेब्रुअरी ९ देखि सुरु हुने श्रीलंकासँगको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृँखलमा विराट कोहलीले खेल्ने छैनन् । श्रीलंकासँगको खेलका लागि सोमबार घोषणा गरिएको टिममा कोहलीलाई समावेश गरिएको छैन । महेन्द्र सिंह धोनीले कप्तानी गर्ने टोलीमा कोहलीको ठाउँमा पवन नेगीले ठाउ पाएका छन् ।  टिममा रोहित शर्मा, शिखर धवन, अजिन्क्या राहने,…विस्तृत समाचार »

पेप ग्वार्डियो अब म्यानचेस्टर सिटीमा नयाँ प्रशिक्षक

१९,माघ,काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले पेप ग्वार्डियोलाई आगामी सिजनका प्रशिक्षकको रुपमा ल्याउने  भएको छ । ग्यार्डियोलाले आगामी सिजनदेखि म्यानचेस्टर सिटीको प्रशिक्षक बन्न सम्झौता गरेको म्यानचेस्टर सिटीले एक वक्तव्यमार्फत जनाएको छ । हाल जर्मन क्लव बायर्न म्युनिखका प्रशिक्षक रहेका ग्वार्डियोलाले अघिल्लो महिना मात्रै यो सिजनको अन्त्यमा बायर्न छाड्ने घोषणा गरेका थिए । त्यसलगत्तै ग्वार्डियोलालाई आफ्नो क्लबमा भित्र्याउन इङ्ल्यान्डका चर्चित र ठूला क्लबहरुले प्रयास थालेका थिए…विस्तृत समाचार »

कसरी परिन् सागमा स्वरुपा

१९,माघ,काठमाण्डौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि एनओसीले छनोट प्रतियोगितामै सहभागी नभएको स्वरुपा खड्कालाई १२ औं दक्षिणएसियाली खेलकुद साग का लागि एथलेटिक्स टोलीमा सहभागी गराउन लागेको छ । करिब दुई दशकयता अमेरिकामा बस्दै आएकी खड्कालाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको दबाबमा सागमा सहभागी गराउन लागिएको हो । एनओसी अध्यक्ष श्रेष्ठकै कारण राष्ट्रिय खेलकुद परिषदले पनि खड्काको साग सहभागिताको खर्च बेहोर्ने भएको छ । छनोट प्रतियोगितामै…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top