खेल

न्युजिल्याण्डद्धारा पाकिस्तान तीन विकेट पराजीत

१७,माघ । पाकिस्तानविरुद्धको  तीन एक दिवसीय क्रिकेट श्रृँखला न्युजिल्याण्डले २–० ले जितेको छ । आज भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा न्युजिल्याण्डले पाकिस्तानलाई तीन विकेटले पराजीत गर्र्यो । डक वर्थ लुइस नियमका आधारमा ४३ ओभरमा दुई सय ६३ रनको लक्ष्य पाएको घरेलु टोली न्युजिल्याण्डले दुई बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य भेट्टायो । न्युजिल्याण्डका केन विलियम्सनले ८४, मार्टिन गुप्टिलले ८२ तथा कोरी एन्डरसनले ३५…विस्तृत समाचार »

सरकारले अण्डर १९ क्रिकेट खेलाडीलाई जनही एकलाख रुपैयाँ दिने

१७,माघ,काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । १२ औं दक्षिण एशीयाली खेलकुदको तयारीबारे जानकारी दिन नेपाल ओलम्पिक कमिटिले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले युवा विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।…विस्तृत समाचार »

आर्सनल र म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश

१७,माघ,काठमाडौं । सानदार प्रर्दशन गर्दै आएका दावेदार क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । शनिबार राती भएको खेलमा आर्सलनले बर्नलेलाई २–१ ले हरायो । यसैगरी एस्टन भिल्लालाई ४–० ले हराउँदै म्यानचेस्टर सिटी पनि पाँचौ चरणमा उक्लिएको छ । शनिबार राति नै भएका खेलमा टोटनह्याम हट्सपरले कोल्चेस्टर युनाइटेडलाई ४–१ ले पाखा लगायो । यसैगरी स्टोक सिटीलाई १–० ले हराएको क्रिष्टल प्यालेस,…विस्तृत समाचार »

विश्वकपमा ह्याट्रिक गर्ने पहिलो नेपाली नायक, जसले एक्लै लिए ५ विकेट

१६ माघ, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू(१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू–१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने । ३१ दशमलव ४…विस्तृत समाचार »

रियल मड्रिड र एथ्लेटिको मड्रिडमाथिको प्रतिबन्ध हट्यो

१६,माघ । स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडमाथि खेलाडी किनबेचमा लागेको प्रतिबन्ध तत्कालका लागि हटाइएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रियल र एथ्लेटिको मड्रिडमाथि खेलाडी किनबेचमा लागेको प्रतिबन्ध तत्कालका लागि हटाएको हो । यसअघि युवा खेलाडीलाई अनुबन्धन गर्ने क्रममा नियम उल्लंघन गरेको भन्दै फिफाले दुई हप्ताअघि रियल मड्रिड र एथ्लेटिको मड्रिडमाथि आउँदा दुई ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो…विस्तृत समाचार »

पोखरामा फुटवलको रौनक

१५,माघ,पोखरा । यतिवेला पोखरामा फुटवलको रौनक बढेको छ । स्थानिय सहारा क्लवको आयोजनामा यतिवेला १४ औ संस्करणको अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता पोखरा रंगशालामा जारी रहेको छ । हरेक मौसमका लागी भन्ने नारा बोकेको पर्यटकीय शहर पोखरा जस्तोसुकै मौसममा पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन यहांका पर्यटन ब्यवशायी मात्र नभइ संघ सस्थाले आयोजना गर्ने विभिन्न किसिमका कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेलेको पाइन्छ ।  क्याराभान फुटवल प्रतियोगिताबाट पोखरामा फुटवल…विस्तृत समाचार »

भ्यालेन्सिया र सेभिया ‘कोपा रे’को सेमिफाइनलमा

१५,माघ,काठमाडौं । स्पेनिस किङ्स कप अर्थात ‘कोपा डेल रे’ अन्तर्गत गएराति भएका खेलहरु जित्दै भ्यालेन्सिया र सेभिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।  क्वाटरफाइनलको दोस्रो लेगमा लास पाल्मासलाई १–० ले हराउँदै भ्यालेन्सिया समग्रमा २–१ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा भ्यालेसिन्या र लास पाल्मासले १–१ गोलको बराबरी खेलेका थिए । गएराति भएको अर्को खेलमा मिरान्डेसलाई ३–० ले हराएको सेभिया समग्रमा ५–० को जितसहित…विस्तृत समाचार »

फुटबल टोलीलाई प्रधानमन्त्रीको सम्मान

१४,माघ,काठमाण्डौं । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले आज सम्मान गरेको छ । २३ वर्षदेखिको अन्तर्रा्ष्ट्रिय उपाधिको खडेरी तोड्दै बंगबन्धु गोल्डकप जितेको नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको सफलताले राष्ट्रकै गौरव बढाएको बताउँनुभयो । म्याच फिक्सिङ, गणेश थापामागिको फिफाको कारबाहीलगायतका घटनाक्रमले लज्जित र कमजोर बनेको…विस्तृत समाचार »

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको तयारी तिव्र

१४,माघ,झापा । आठौ झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तयारीलाई तिव्रता दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयको बार्षिक कार्यक्रम अन्तरगत झापा जिल्ला खेलकुद विकास समितिको आयोजनमा पहिलो चरणमा क्षेत्रीयस्तरीय छनौट प्रतियोगिताका हुन लागेकोले तयारीलाई तिव्रता दिएको जनाइएको छ ।  क्षेत्रीय छनौट प्रतियोगिताका लागि समितिले झापाका सातै वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय खेल संयोजक तोक्नुका साथै स्थान र मिति तय गरिसकेको समितिका अध्यक्ष…विस्तृत समाचार »

आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी र झापा बिच प्रतिस्पर्धा हुने

 १४  माघ  काठमाडौं। पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा आज मनाङ मस्र्याङ्दी क्लव  र  झापा ११ बिच प्रतिस्पर्धाहुने भएको छ । क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेडलाई हराएर मनाङ्ग तथा बंगलादेशी क्लबलाई हराउँदै झापा सेमिफाइनलमा पुगेका हुन् । मनाङ र झापाविच आज हुने सेमिफाईनल खेल विजेताले उपाधिको लागि त्रिभुवन आर्मी क्लवसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सहारा क्लवलाई…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top