खेल

माघ १२ , अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा सेरेना विलियम्स

सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । मंगलबार बिहान भएको क्वाटरफाइनलमा विश्व नम्बर एक विलियम्सले पाँचौं वरियताकी मारिया सारापोलाई हराएर सेमिफाइनलमा स्थान बनाएकी हुन् । अमेरिकी सेरेनाले रुसी सारापोभालाई ६–४ र ६–१ को सेटमा हराएकी हुन् । लगातार १८ औं पटक अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी विलियम्सले अहिलेसम्म २१ वटा ग्राण्ड सलाम उपाधि जितेकी छन् । डिफेन्डिङ च्याम्पियन विलियम्सले सेमिफाइनलमा चौंथो…विस्तृत समाचार »

राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राखेपलाई उपराष्ट्रपतिको बधाई

१२,माघ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिनु भएको छ । उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिनु भएको हो ।  ‘बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रियस्तरको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको…विस्तृत समाचार »

फिक्सीङको आरोपमा दक्षिण अफ्रिकी क्रिकेटर बोदीमाथि २० वर्षको प्रतिबन्ध

१२,माघ,काठमाण्डौं । म्याच फिक्सिङ गरेको आरोपमा दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व स्पिनर गुलाम महोम्मद बोदीमाथि २० वर्षको प्रतिबन्ध लागेको छ ।  दक्षिण अफ्रिका क्रिकेट संघले ट्वान्टी ट्वान्टी क्रिकेटका विभिन्न खेलमा म्याच फिक्सिङ गरेको आरोपमा बोदीमाथि  २० वर्षे प्रतिबन्ध लगाएको हो।संघले बोदीलाई अबको २० वर्ष क्रिकेटका कुनै पनि किसिमका गतिविधिमा संलग्न हुनबाट रोक पनि लगाएको छ। सन् २०१५ को राम स्लाम ट्वान्टी ट्वान्टी क्रिकेटका विभिन्न खेलमा…विस्तृत समाचार »

चेल्सीद्धारा आर्सनल पराजीत, स्वान्सी सिटी पनि विजयी

११,माघ,काठमाण्डौं ।   इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गए राति भएको खेलमा चेल्सीले आर्सनललाई १–० ले हराएको छ । आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई महत्वपूर्ण जित दिलाउन डिएगो कोष्टाले २३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि आर्सनलका डिफेन्डर पर माटेसाकर रातो कार्ड खाई मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा समेटिएको थियो । जितपछि चेल्सी २३ खेलबाट २८ अंक जोड्दै अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ…विस्तृत समाचार »

गोल्डकपमा आज मनाङ मस्र्याग्दी र गोर्खा ब्रिगेड भिड्ने

१०,माघ,पोखरा । पोखरामा जारी १४ औं आहा–रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाईनल खेलमा आज मनाङ मस्र्याग्दी क्लव र भारतीय आर्मीको गोर्खा ब्रिगेड भिड्ने भएका छन् ।  मनाङलाई सिधै प्रतियोगिताको क्वाटरफाईनलमा स्थान दिईएको हो भने गोर्खा ब्रिगेडले सशस्त्र प्रहरीको एपिएफ टिमलाई हराएको थियो ।  उता, आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा पाहुना टोली युनाईटेड सिक्किम एफसी भारतलाई २–० ले…विस्तृत समाचार »

“फुटबलमा अव कालो दिन हुंदैन”

१०,माघ,काठमाडौं । अब फुटबलमा फेरी कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन् ।बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए । उनले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा जुन जुझारुपनको जित निकाले त्यो जित…विस्तृत समाचार »

पहिलो अभ्यास खेलमा नेपाल पाकिस्तानसँग ११० रनले पराजित

९, माघ काठमाडौँ ।  आइसीसी यू १९ विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालको पाकिस्तानको टोलीसँग ११० रनले पराजित भएको छ । २९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पूरा ५० ओभर खेल्दा ९ विकेटको क्षतिमा मात्र १८१ रन जोड्न सक्यो । नेपालले २ ३ ओभरमै ओपनर सुनिल धमलालाई ब्यक्तिगत ८ रनमा गुमायो । त्यतिबेला नेपालको स्कोर १४ थियो । त्यसपछि पनि लगातार विकेट झर्ने क्रम रोकिएन ।…विस्तृत समाचार »

अष्ट्रेलियाद्धारा भारतसामु ३ सय ३१ रनको चुनौती प्रस्तुत

९,माघ,काठमाण्डौं । भारत विरुद्धको अन्तीम एकदिवसीय क्रिक्रेटमा अष्ट्रेलियाले ३ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली अष्ट्रेलियाले निर्धारीत ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय ३०रन वनायो । सुरुवात राम्रो नरहेपनि अष्ट्रेलियन इनिङ डेविट वार्नर र मिचेल मार्सले समम्हाले । वार्नरले १ सय २२ रन वनाए भने मार्सले १ सय २ रन वनाए । ५ म्याचको श्रृङखलामा…विस्तृत समाचार »

सगरमाथा अन्तर्राष्ट्रिय कराते सुरु

९,माघ,काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि नक्सालमा सुरु भएको छ । पहिलो दिन महिलाको ५५ केजीमा सोनिया मोक्तान, रस्मिता श्रेष्ठ, यमुना घर्ती र टीका राई सेमिफाइनलमा पुगे । पुरुषको २० केजीमुनि सुवास परियार, अनिश चन्दौला, फिन्जु शेर्पा र सुशील परियार सेमिफाइनलमा पुगे । २३ केजीमा सुशान्त हुमागाईं, गोमन गिरी, सन्जिव थापा मगर र आर्यन तामाङले अन्तिम…विस्तृत समाचार »

इन्टर मिलानका प्रशिक्षकलाई समलिंगी भन्दै गाली गर्ने नापोलीका प्रशिक्षकलाई माफि दिइयो

९,माघ ।  इटालियन क्लब इन्टर मिलानले आफ्नो टिमका प्रशिक्षक रोबर्टो माचिनीलाई समलिंगी भन्दै अपशब्द प्रयोग गर्ने नापोलीका प्रशिक्षक माउरिजो सारीको माफि स्वीकार गरेको जनाएको छ । नापोलीका प्रशिक्षक सारीले आफूले गरेको व्यवहार तथा प्रयोग गरेको अपशब्दप्रति माफि इन्टर मिलानसँग माफि मागेका थिए । कोप्पा इटालियाको खेलको क्रममा नापोलीका प्रशिक्षक सारीले आफूलाई समलिंगी भन्दै अपशब्द प्रयोग गरेको आरोप लगाएका थिए । त्यसपछि सारीमाथि इटालियन कपमा दुई…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top