खेल

ट्वेन्टी–ट्वेन्टी सिरीज न्युजिल्याण्डलाई

८,माघ,काठमाण्डौं । पाकिस्तानको ३ म्याचको ट्वेन्टी–ट्वेन्टी इन्टरनेशनल श्रृखला न्युजिल्याण्डले आफ्नो पक्षमा पारेको छ ।  तेश्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेट ९५ रनले जित्दै न्युजिल्याण्डले श्रृखला २–१ ले जितेको हो । पहिलो ट्वेन्टी–ट्वेन्टी जितेपनि त्यसपछिका २ वटा ट्वेन्टी–ट्वेन्टी हार्दै पाकिस्तानले श्रृखला गुमाएको हो । जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको पाहुना टोली पाकिस्तान १६ दशमलव १ ओभरमा १ सय १ रन बनाउँदै अलआउट भयो ।…विस्तृत समाचार »

ब्याडमिन्टन प्रतियोगितामा अजयर रामबहादुरको जोडि प्रथम

८, माघ,नेपालगञ्ज ।  नेपालगन्जमा आज सम्पन्न अन्तर ब्याडमिन्टन प्रतियोगितामा अजय भट्टराई र रामबहादुर शाहीको जोडि प्रथम भएको छ । नेपाल प्रहरी व्यायामशाला नेपालगन्जको आयोजनामा मंगलबार देखि सुरु भएको प्रतियोगितामा कृष्ण खङ्का र जय देव अस्वथीको जोडिलाई पराजित गर्दै भट्टराई र शाहीको जोडी प्रथम भएको हो । भट्टराई र शाहीको जोडिले पहिलो सेटमा २१–१४ दोस्रो सेटमा १७–२१ र तेस्रो सेटमा २१–१० ले पराजित गर्दै प्रथम स्थान…विस्तृत समाचार »

नेपाल पुलिस क्लव र झापा ११ बीच आज भिडन्त

८,माघ,पोखरा । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लवले झापा ११ सँग खेल्दैछ । नक आउट फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक विभागीय टोली पुलिस र मोफसलको बलियो टिम झापा ११ बीचको खेल निकै रोचक हुने  छ । जावलाखेल युथ क्लवलाई पराजित गर्दै त्रिभुबन आर्मी क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरामा हिजो भएको खेलमा आर्मीले जावलाखेललाई…विस्तृत समाचार »

दक्षिण एसियाली खेलकुदको खर्च, पकेट खर्चमा मात्र एक करोड

८,माघ,काठमाण्डौं । १२औँ दक्षिण एसियाली खेलकुद साग सुरु हुन १४ दिन बाँकी छ । भारतको गुवाहाटी र सिलोङमा प्रतियोगिता हुँदै छ । सागमा २३ खेल हुनेछन् र ती सबै खेलमा भारत, श्रीलंका र नेपालले सहभागिता जनाउनेछन् । नेपालबाट पाँच सय ३७ जनाको जम्बो टोली भारतको गुवाहाटी र सिलोङमा जानेछ । टोलीमा खेलाडी तीन सय ८६, प्रशिक्षक ५६ र टोली व्यवस्थापक २८ जना भारत जाँदै छन्…विस्तृत समाचार »

किन समाते रोनाल्डोले रामोसको कान

७,माघ । रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले टिमका अर्को खेलाडी सर्जियो रामोसको कान समातेका छन् । रोनाल्डोले टिमका नयाँ प्रशिक्षक जिनेदिन जिदानसँगको टिमको पहिलो आधिकारिक तस्बिर खिचाउने क्रममा रामोसको कान समातेको देखिएको छ । तस्बिरका लागि पहिलो क्रममा बसेका रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा गरिहरेका बेला पछिल्लो क्रममा उभिएका रोनाल्डोले कान समातेका हुन् । तस्बिरमा रोनाल्डोले रामोसको कानमा रहेको केही वस्तु फाल्दिन खोजे जस्तो…विस्तृत समाचार »

बंगबन्धुमा नेपालको चार गोल सँगै सागरको रोदन

७, माघ काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा नेपाल पुगेपछि निराशाजनक अवस्थामा पुगेका फुटबल प्रेमीहरु एक पटक फेरी उत्साहित भएका छन् । किनकी, नेपाली फुटबलको इतिहासमै महानगरीय प्रहरी अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठीत अपराधको पहिलो पटक पर्दाफास गरेपछि सम्पूर्ण फुटबल प्रेमीहरुमा निराशा छाएको थियो । खेल मिलेमतोको लफडापछि नेपाली फुटबलको रंग केही फेरिन थालेको छ । नेपालको साख बचाउनकै लागि नयाँ खेलाडीहरुलाई…विस्तृत समाचार »

नेपाली इराको जित

७,माघ,काठमाण्डौं । थाइल्यान्डको बैंककमा सम्पन्न आईटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ डिभिजन– २ पछि भएको लनटेनिस प्रतियोगितामा नेपालकी इरा रावतले जित हात पारेकी छन् । इराले श्रीलंकाली खेलाडीलाई २–६, ६–१ र ६–२ ले पराजित गरिन् । त्यस्तै इरा र अभिलाषा विष्टको जोडी प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।विस्तृत समाचार »

क्यान अध्यक्ष सिलवालद्धारा कीर्तिपुर क्रिक्रेट मैदानको अवलोकन

७,माघ,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बुधबार अवलोकन गरेका छन् । कीर्तिपुर मैदानमा आगामी अप्रिल १६ र १८ तारिखमा हुने विश्व क्रिकेट लिगअन्तर्गत नेपाल र नामीबियाबीच हुने खेललाई मध्यनजर गर्दै त्यहाँ रहेका भौतिक पूर्वाधार निर्माणको कार्य प्रगति बारे जानकारी लिन सिलवालले मैदानको अवलोकन गरेका हुन् । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत निर्माण शाखाका इन्जिनियर र निर्माण…विस्तृत समाचार »

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

७,माघ,काठमाण्डौं ।  संखुवासभाको चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमा माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको वुधबार उद्घाटन भएको छ ।  “स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” मूलनाराका साथ सम्पन्न उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेको सभापतित्वमा सम्पन्नकार्यक्रमको प्रमुख अतित्थ्य माननिय जिल्ला न्ययधिस भोजराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा सशस्त्रप्रहरी अरुण गुल्मकाप्रमुख डिएसपी सुमन थपलिया, इलाकाप्रहरी कार्यालयका प्रमुख छविरमण भट्टराई,…विस्तृत समाचार »

नेपालगञ्जमा सगरमाथा कोहलपुर कप टि–२० क्रिकेट प्रतियोगिता हुने

७, माघ,नेपालगञ्ज । बाकेको कोहलपुरमा मध्यपश्चिमकै सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट लियो कोहलपुर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ कोहलपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।  कोहलपुरमा पत्रकार सम्मेलन गरी आयोजकले यहि माघ ८ गतेदेखि १७ गतेसम्म कोहलपुरमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top