खेल

नियमसम्म जान्दैनन् नेपालका हक्की खेलाडी

४,माघ,काठमाडौं ।  आसन्न १२ औं दक्षिणएसियाली खेलकुद सागमा नेपालले सबैभन्दा पहिले महिला हक्कीमा सहभागिता जनाउने निधो गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि एनओसी ले नै आयोजकसँग नेपालले महिला हक्कीमा टोली पठाउने पक्का गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् राखेप र स्वयं नेपाल हक्की संघसँगसमेत सल्लाह नगरी एनओसीले गरेको त्यो निर्णय राष्ट्रका लागि भने निकै प्रत्युत्पादक हुने देखिएको छ । राष्ट्रको गौरवसँग जोडिएको…विस्तृत समाचार »

यु–१९ विश्वकप क्रिकेट टोली सम्मानित

४,माघ,काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्यामा परेकाहरुलाई स्थापित गर्ने उद्धेश्यले स्थापना गरिएको वि विल राइज फाउन्डेसनले खेलाडीहरुलाई सम्मान गरेको हो । नेपालले अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोट जितेको थियो । त्यो संगै नेपाल सातौं पटक आईसीसी यू–१९ विश्वकपमा छनोट भएको थियो । छनोट प्रतियोगिता जितेको र…विस्तृत समाचार »

बार्सिलोनाले बिल्बाओ लाई खुवायो आधा दर्जन गोल,स्वारेजले गरे ह्याट्रिक

४,माघ ।  स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार  विजय हात पारेको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित एथ्लेटिको बिल्बाओलाई ६–० ले हरायो । बार्सिलोनाको जिमा लुइस स्वारेजले तीन तथा लियोनल मेस्सी, नेइमार र इभान रेकिटिकले एक एक गोल गरे । सातौं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३१ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे ।…विस्तृत समाचार »

फोहोरको डंगुरमाथि साग खेलकुदको खेलको तयारी

४,माघ,काठमाण्डौं ।  रंगशालाको ट्रयाक र मैदानभित्र फोहोरको डंगुर छ । रक्सीका फुटेका बोतलका टुक्रा जताततै छरिएका छन् । १२औँ दक्षिण एसियाली खेलकुद सागको प्रशिक्षणमा रहेका खेलाडी सिसाका टुक्रा नाघ्दै अभ्यास गर्न बाध्य छन् । सागको तयारी गरिरहेका एथलेटिक्स, महिला फुटबल र हक्की खेलाडीको प्रशिक्षणमा प्रत्यक्ष असर परेको छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशालालाई खेलकुदको विकासका लागि भन्दा पनि गैरखेलुकद गतिविधिका लागि भाडामा दिएर पैसा कमाउने…विस्तृत समाचार »

विराट कोहलीले वनाए २४ औं शतक

माघ ३ – अस्ट्रलियासँगको तेस्रो एक दिवसीयमा भारतीय ब्याट्स म्यान विराट कोहलीले शतक पूरा गरेका छन् । मेलबर्नमा जारी खेलमा शानदार प्रदर्शन गर्दै कोहलीले एक सय रन पूरा गरेका हुन् । कोहलीको यो २४ औं शतक हो । विराटले आफ्नो करिअरको सात हजार रन पनि पूरा गरेका छन् । योसँगै उनी सात हजार रन सबै भन्दा छिटो पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।  २४ औं…विस्तृत समाचार »

​पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

३,माघ,काठमाण्डौं ।  राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य लोकबहादुर शाही र फ्युचर स्टारकी प्रिन्सिपल मन्जु कार्की…विस्तृत समाचार »

एग्युरोको दुई गोलसँगै म्यानचेष्टर सिटीको जित

३ माघ, काठमाडौं । सर्जिओ एग्युरोको दुई गोलका मद्दतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसमाथि गएराती सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले प्यालेसलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले लिग लिडर लिसेस्टर सिटी सँगको अंक दुरी १ मा झारेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले सुरुवाती २२ औं मिनेटमा डेल्फको गोलबाट अग्रता लिएको…विस्तृत समाचार »

मेस्सी र हेनरीको समिश्रण नै अग्युरो

२,माघ ।  इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टाइकर सर्जियो अग्युरो लियोनल मेस्सी र थिएरी हेनरीको समिश्रण रहेका उनैको टिमका साथीले बताएका छन् । म्यानचेस्टर सिटीका खेलाडी बाकरी सागनााले अग्युरो मेस्सी र हेनरीको एकीकृत रुप रहेको बताए । सबैको केन्द्रमा रहेकाले अग्युरोलाई यो सिजन गोल गर्नका लागि कठिन भएको सागनाको भनाई छ । चोटका कारण यो सिजन प्रभावित भएको भएपनि अग्युरोले राम्रै गोल गरेको फ्रान्सका डिफेन्डर सागनाले…विस्तृत समाचार »

इङ्गलिश प्रिमियर लिगमा आज राति रोमाञ्चक भिडन्त हुने

२,माघ,काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आज वेलुकी सात खेल हुँदै छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लेष्टर सिटीले आज एस्टन भिल्लाको सामना गर्दैछ । यसैगरी म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस आमने सामने हुँदा चेल्सी र एभर्टन भिड्दैछन् । आजै टोटनह्याम हट्सपर र सण्डरल्याण्ड, बर्नमाउथ र नर्वीच सिटी, न्युकासल युनाईटेड र वेष्ट ह्याम युनाईटेड तथा साउथह्याम्पटन र वेष्ट ब्रोम भिड्ने छन् । इङ्गलिश प्रिमियर लिग फुटबलमा…विस्तृत समाचार »

वादोकाइ टोली सोमबार भारत जाने

२,माघ,काठमाण्डौं । भारतमा हुने प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहितको २४ सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । खेलाडीहरुमा प्रशान्त राई, यौसुहोङ लिम्बू, मिगिन आले, विजय महर्जन, विकास राजवाहक, नवीन महर्जन, सन्तोष श्रेष्ठ, ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी, अनिश लामिछाने, विशाल राई, भूपेन्द्रमान तामाङ, आकाश तामाङ, युवराज तामाङ, सान्ता श्रेष्ठ, वर्षा बुढा मगर तथा विनिता चापागाईं रहेका छन् ।…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top