खेल

डेभिड बेकहृयाम काठमाडौंमा, भक्तपुरमा फुटबल खेल्ने

२० कात्तिक , काठमाडौ ।चर्चित फुटबल खेलाडी डेबिट बेकह्याम काठमाडौं आइपुगेका छन् । बेकह्याम बिबीसीले बनाउन लागेको ‘सेभेन सेभेन सेभेन’ नामक डकुमेन्ट्री छायांकनका लागि शुक्रबार विहान नेपाल आएका हुन् । उनले भक्तरपुर दरबार स्कवायरमा डकुमेन्ट्री सुटिङ गर्ने कार्यक्रम छ । भक्तपुरको अवलोकन पछि डेबिटले त्यहाँका बालबालिकाहरुसँग टोकन म्याच खेल्ने छन् । सात वटा महादेशमा फुटबल खेलेर बनाउने डकुमेन्ट्री क्रममा उनी पपुवा न्युगिनीबाटट काठमाडौं आएका हुन्…विस्तृत समाचार »

फिफा वरीयतामा नेपाल अहिलेसम्मकै कमजोर

२०, कात्तिक काठमाडौँ ।  फिफाको विश्व फुटबल वरीयतामा  नेपाल अहिलेसम्मकै कमजोर अंकमा झरेको छ ।  फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल कुल २०९ राष्ट्रमध्ये १९२औं स्थानमा झरेको छ। दक्षिण एसियाली राष्ट्रहरूमा नेपालभन्दा तल श्रीलंका मात्र रहेको छ। श्रीलंका ३ स्थान तल झर्दै १९४ स्थानमा आइपुगेको हो ।  दक्षिण एसियाका अन्य राष्ट्रहरूमा अफगानिस्तान ६ स्थान तल झर्दै १५६, माल्दिभ्स १० स्थान माथि उक्लदै १६६, भारत ५…विस्तृत समाचार »

म्याच फिक्सिङका अभियुक्तलाई जोगाउन प्रहरीको यस्तो फिक्सिङ

१९, कात्तिक काठमाडौँ ।  नेपाल प्रहरीको इतिहासमै महानगरीय अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठित अपराधको पहिलो पटक पर्दाफास गरेको छ । नेपाली फुटबलले सधैं किन अन्तराष्ट्रिय खेलहरु हार्छ भन्ने कुरा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाहिर ल्याएका छन्।  नेपाल प्रहरीको यो ऐतिहासिक कामको सर्वत्र प्रशंसा भइरहेको छ । तर म्याच फिक्सिङमा पक्राउ परेका खेलाडीहरुलाई छुटाउनका देशका केही ठूला व्यक्तिहरु समेत लागेका छन् । सरकारी वकिल…विस्तृत समाचार »

राखेपले सोध्यो एन्फालाई ३ बुँदे स्पष्टिकरण

१७, कात्तिक काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटवल संघ (एन्फा) लाई ३ बुँदे स्पष्टिकरण सोधेको छ । रोखपका सदस्यसचिब केशवकुमार विष्टले एन्फालाई खेल मिलेमतोको विषयमा स्पष्टिकरण मागेका छन् । यस्तै रोखपले १६ बर्षमुनिको राष्ट्रिय टीममा बढी उमेरका खेलाडीलाई खेलाएको र एन्फाका ३ जना पदाधिकारीलाई पनि सहभागि गराएर अधिवेशन गराउन अदालतले दिएको आदेशको पालना नगरेको विषयमा स्पष्टिकरण सोधेको छ ।  स्पष्टिकरणमा ७…विस्तृत समाचार »

पक्राउ परेका खेलाडीलाई थप सात दिन हिरासतमा राख्न आदेश

१५, कात्तिक काठमाडौँ ।  म्याच फिक्सिङ आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई थप ७ दिन हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको छ ।  अनुसन्धान बाँकी नै रहेको भन्दै खेलाडीहरुलाई कात्तिक १४ गतेदेखि लागू हुने गरि सात दिनको म्याद थप गरिएको हो ।  खेल मिलोमतो  गरेको आरोपमा प्रहरीले असोज २७ गते राष्ट्रिय टिमका कप्तान सागर थापासहित खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेको…विस्तृत समाचार »

शनिबार साँझ लिभरपुल र चेल्सीबीच भिडन्त

१४, कात्तिक काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साँझ लिभरपुल र चेल्सी भिड्ने भएका छन् । शनिवार ७ खेल हुदै छन् । साताको बहुप्रतिक्षित खेल अन्तर्गत नेपाली समय अनुसार साँझ साढे ६ बजे लिभरपुल र चेल्सी भिड्ने भएका हुन् ।  चेल्सीको मैदान स्टामफर्ड ब्रिजमा हुने दुइ इंग्लिस महारथी बिचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तर्गत बेलुकी ८ः४५ बजे हुने खेलहरुमा म्यान्चेष्टर…विस्तृत समाचार »

म्याच फिक्सिङमा पक्राउ परेका कप्तान सागर थापाले भने हामीलाई फसाइयो

१०, कात्तिक काठमाडौँ ।  म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले आफूलाई फसाएको बताएका छन् । मंगलबार प्रहरीले विशेष अदालतमा उपस्थित गराउँदा पत्रकारहरूले सोधेको प्रश्ननमा कप्तान थापाले आफूहरूलाई फसाउन खोजिएको बताएका हुन्।  केहि दिनअघि  प्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना खेलाडीलाई पक्राउ गरेको थियो  । कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश…विस्तृत समाचार »

​फिफा अध्यक्षमा ९ जनाको उम्मेदवारी

१०, कात्तिक काठमाडौँ ।  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् ।  फिफा अध्यक्षका लागि युरोपियन फुटबल महासंघका महासचिव जियानी ईन्फान्टीनोले पनि उम्मेदवारी दिएका छन् ।  जोर्डनका राजमुकार अली बीन अल हुसैन, एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा, दक्षिण अफ्रिकाका टोक्यो सक्सवेल, ट्रिनिडाड एण्ड टोबागोका डेभिड नाखिद, फिफाका पूर्व पदाधिकारी जेरोमी स्याम्पेन, लाईबेरियन फुटबल संघका अध्यक्ष मुसा बिलीटी…विस्तृत समाचार »

बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाली यू–१६ फुटबल टोली निलम्बित

९, कात्तिक काठमाडौँ ।  एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाली यू–१६ फुटबल टोलीलाई निलम्बित गरेको छ । बढी उमेरका खेलाडी खेलाएको भनेर एएफसीले अर्को वर्ष भारतमा हुने यू–१६ च्याम्पियनशिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको हो । नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ ।  गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को…विस्तृत समाचार »

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

६ कात्तिक , काठमाडौ ।उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।  मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top