खेल

आइसिसी उन्नाइस वर्षमुनि को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालको सुखद सुरुवात

  २८ असोज काठमाडौँ, । आइसिसी उन्नाइस वर्षमुनि  को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।  टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको…विस्तृत समाचार »

रोनाल्डोले जिते चौंथो पटक गोल्डेन बुट

२७, असोज काठमाडौँ ।  रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले चौंथो पटक गोल्डेनबुट उपाधि जितेका छन् । उपाधि लिदै रोनाल्डोले कम्तिमा अझै दुई पटकसम्म गोल्डेन बुट जित्न चाहेको बताए । रोनाल्डोले गएको सिजन स्पेनिस ला लिगामा ४८ गोल गरेका थिए । योसँगै रोनाल्डोले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीलाई गोल्डेन बुट उपाधिमा पछि पारेका छन् । मेस्सीले तीन पटकसम्म युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् ।…विस्तृत समाचार »

फुटबलमा नेपाली बेइज्जत, म्याच फिक्सिङको आरोपमा कप्तान सागर सहित चार खेलाडी पक्राउ

७ असोज, काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् । थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो । अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका…विस्तृत समाचार »

नेपालले पायो पाकिस्तानी क्रिकेट टोलीसँग खेल्ने मौका

  २२ असोज ,काठमांडौ। नेपाली क्रिकेट टोलीले टेष्ट मान्यताप्राप्त पाकिस्तानी क्रिकेट टोलीसँग खेल्ने मौका पाएको छ । नेपालले पाकिस्तानसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिता अगाडि युएईमा खेल्न लागेको हो । पाकिस्तान इङल्याण्डसँग तीन टेष्ट, ४ एकदिवसीय अन्तराष्ट्रिय र ३ ट्वान्टी(२० अन्तराष्ट्रिय खेल्नका लाग युएईमा रहेको अवस्थामा नेपालले उक्त अवसर पाउन लागेको हो । नेपाललाई उक्त मौका अन्तराष्ट्रिय क्रिकेट परिषद्९आईसीसी०ले मिलाइदिएको हो । पाकिस्तानसँगको खेललाई कस्तो…विस्तृत समाचार »

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

 १९ असोज काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रशिक्षक दासानायकेले मंगलबारै कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका छन् ।नेपाली क्रिकेटलाई विश्व जगत पु¥याउन दासानायकेको महत्वपूर्ण योगदान छ । राजीनामा कारण नखुलाइएपनि व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताए ।दासानायके २०११ को अक्टोबरदेखि नेपाली टोलीको प्रशिक्षकमा कार्यरत छन् । अर्को महिना युएईको अवुधामीमा पपुवा…विस्तृत समाचार »

भारतको अर्को करामतः बोत्तलै बोत्तलले अफ्रिकामाथी आक्रमण

१८, असोज काठमाडौँ ।   अपडेट   -भारतमा जारि दोस्रो टि ट्वान्टी म्याचमा साउथ अफ्रिकासँग हार्ने निश्चित भएपछि भारतका जनताहरुले साउथ अफ्रिकी खेलाडीलाई बोक्तले हानेका छन् । खेलका क्रममा भारतले  जम्मा ९३ लक्ष्य प्रस्तुत गरेपछि दक्षिण अफ्रिकाले जित्ने पक्का भएको थियो । खेलको क्रममा हार सहन नसकेर इण्डियनहरुबाट साउथ अफ्रिका विरुद्ध बोत्तलको वर्षा भएपछि खेल रोकिएको थियो । विश्वको सबैभन्दा क्रेकेट प्रेमी भएको देश भारतले अन्तर्राष्ट्रि बेइजत…विस्तृत समाचार »

सर्वाधिक गोलकर्ता बने इब्राहिमोविच

  १८, असोज  –जाल्टन इब्राहिमोविच फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तर्गत आइतबार राति मार्सेलसँग भएको खेलमा दुई गोल गरेका इब्राहिमोविच पिएसजीका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले अहिलेसम्म क्लबका लागि एक सय १० गोल गरेका छन् ।इब्राहिमोविचले आइतबार राति भएको खेलमा ४१ र ४४ औं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै पाउलेटालेको कीर्तिमान भंग गरेका हुन् । पोर्चुगलका खेलाडी…विस्तृत समाचार »

पारस खड्का कप्तानबाट हटाइए

१५ असोज काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।  क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष…विस्तृत समाचार »

एन्फाको आन्तरिक किचलो, तीन उपाध्यक्ष निलम्बित

१२, असोज काठमाडौं ।  अखिल नेपाल फुटबल संघ एन्फाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेका तीन उपाध्यक्ष र एक सदस्यलाई निलम्बन गरेको छ । एन्फाको  बैठकले उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई  बर्खास्त गरेको हो । लगातार तीन वटा बैठकमा विना जनाकारी अनुपस्थित भएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको हो ।  एन्फा बैठकले निलम्बित उपाध्यक्षहरुको ठाउँमा मणी कुँवर, सन्तोष खड्का…विस्तृत समाचार »

​एन्फाद्वारा आफ्ना असन्तुष्ट पदाधिकारी बर्खास्त

१२  असोज, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फा मा एक वर्ष अघिदेखि असन्तुष्ट बन्दै आएका आफ्ना पदाधिकारीलाई बर्खास्त गरेको छ। एन्फा कार्यसमितिको सोमबार बसेको बैठकले असन्तुष्ट चार पदाधिकारीलाई आगामी साधारणसभासम्मका लागि बर्खास्त गर्ने निर्णय गरेको हो। एन्फाले साधारणसभाको मिति भने तय गरेको छैन। बर्खास्त गरिएका पदाधिकारीमा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्बाङ रहेका छन्।चार पदाधिकारीले लामो समयदेखि एन्फामा आर्थिक अनियमितताको छानबिन,…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top