व्यानर
धेरै समयपछि प्रधानमन्त्रीले आज फोन गर्नुभयो : प्रचण्ड
३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई फोन गरेका छन् ।
शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन् । ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’, प्रचण्डले भने, ’धेरै समयपछि ।’उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए । प्रचण्डले…विस्तृत समाचार »
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आवह्वान
३ बैशाख, काठमाडौं । विपक्षी दलहरुसँग सरकार गठनका लागि गृहकार्यमा व्यस्त रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार शनिबार ११ बजे बैठक बालुवाटारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विष्यमा छलफल हुने छ । विस्तृत समाचार »
अमेरिकामा आठ जनाको हत्यापछि बन्दुकधारीले गरे आत्महत्या
३ बैशाख, काठमाडौं । अमेरिकाको इन्डियानापोलिसमा बिहीबार राति गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । न्युयोर्क टाइम्सका अनुसार इन्डियाना राज्यको इन्डियानापोलिसस्थित फेडएक्स वेयरहाउसमा गोली चल्दा आठ जनाको मृत्यु भएको हो ।
गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ । इन्डियानापोलिस महानगर प्रहरी विभागकी अधिकारी जेनेइ कुकले शुक्रबार बिहान आठ जनाले ज्यान गुमाएको बताएकी थिइन्। केही मानिस घाइते भएका थिए।उनीहरूलाई विभिन्न क्षेत्रको…विस्तृत समाचार »
पाटन म्युजियममा ल्याइयो ३७ वर्षदेखि चोरी भएको लक्ष्मी नारायणको मूर्ति
३ बैशाख, काठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पु¥याएको लक्ष्मी नारायणको मूर्ति पाटन म्युजियममा ल्याइएको छ । नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा बिहीबार ल्याइएको मूर्ति आज म्युजियममा राखिएको हो । अब साइत हेरेर उक्त मूर्ति स्थापना गर्ने बताइएको छ । १२ औं र १५ औं शताब्दीबिचको उक्त मूर्ति सन् १९८४ मा हराउनुअघि…विस्तृत समाचार »
बागमती प्रदेश एमालेको संसदीय दलले गर्यो बोर्ड गठन गर्ने निर्णय
३ बैशाख, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ । संंसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक केशव पाण्डले जानकारी दिए । प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज…विस्तृत समाचार »
भारतमा कोरोनाः संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार
३ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन् । ११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन…विस्तृत समाचार »
सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाइ आज
३ बैशाख, काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो । संसदीय सुनवाइमा उनीविरुद्ध सात वटा उजुरी परेका छन् । समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ ।
सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो।सर्वोच्चको फैसलापछि…विस्तृत समाचार »
आणविक भट्टीबाट निस्कने फोहोर समुन्द्रमा नफाल्न जापानलाई चीनको आग्रह
३ बैशाख, काठमाडौं । चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुन्द्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भने, ‘जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुन्द्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।’विस्तृत समाचार »
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
३ बैशाख, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन…विस्तृत समाचार »
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
३ बैशाख काठमडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज ९शुक्रबार० प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सभामा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले आरोप लगाइन्।
उनले हिजो सार्वजनिक अपिल जारी गर्दै प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेकी…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको
तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
