व्यानर

दिनमै कोरोनाबाट ६ हजार ४ सय ५७ जनाको ज्यान गयो, मृतकको संख्या ७ लाख १७ हजार नाघ्यो

२३ साउन, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख १७ हजार बढीको  मृत्यु भएको छ । यो समाचार तयार पर्दासम्म विश्वभर कोरोनाबाट ७ लाख १७ हजार ६४४ व्यक्तिको मृत्यु भएको छ । हिजो मात्रै एकै दिनमा कोरोनाका कारण विश्वभरी ६ हजार ६ सय ५७ जनाको ज्यान गएको छ।  विश्वभरीमा १ करोड ९२ लाख ५३ हजार ७७७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । …विस्तृत समाचार »

काठमाडौंमा आठ जना कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई गलत सम्पर्क नम्बर टिपाएर बेपत्ता

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कबिहिन भएर भागेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी…विस्तृत समाचार »

पर्सामा कोरोनाले थप २ जनाको ज्यान गयो

२३ साउन, वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण…विस्तृत समाचार »

श्रीमती र छोरीको आँखा ताकेर स्प्रिट प्रहार

२३ साउन, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई स्प्रिट छ्यापेका छन्। हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले मदिरा सेवनको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति ९ बजे स्प्रिट आक्रमण गरेका हुन्। घटनापछि राजन विष्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले बताए ।  प्रारम्भिक अनुसन्धान गर्दा विष्ट परिवारमा घरायसी…विस्तृत समाचार »

पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि

२२ साउन, काठमाडौँ।  आज देशभर ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  अब कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।…विस्तृत समाचार »

अख्तियारका थप २२ जनालाई कोरोना

२२ साउन, काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । यस अघि मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको छ ।  गलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो …विस्तृत समाचार »

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ ।  भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय…विस्तृत समाचार »

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

२२ साउन, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो । स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ।  विस्तृत समाचार »

फेरि बढ्यो सुनको भाउ : तोलाकै एक लाख दुई हजार पाँच सय पुग्यो

२२ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य एकैदिन ११ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एक लाख एक हजार चार सयमा कारोबार भएको सुन आज एक लाख २ हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ। आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको…विस्तृत समाचार »

जोर–विजोर लागू गर्दा नजरअन्दाज गरिएको एउटा पाटो, जसले झन् फैलाउन सक्छ कोरोना

२२ साउन, काठमाडौं । सरकारले आज (बिहीबार)देखि सार्वजनिक र निजी सबै सवारी साधानमा जोर–विजोर प्रणाली लागू गरेको छ । सरकारको अनुसार जोर दिनमा जोर नम्बर भएका र विजोर दिनमा विजोर नम्बर भएका सवारी साधनमात्र सञ्चालन हुन पाउने छन् । यो नियम काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा लागू गरिएको छ ।  केही दिनयता कोरोना संक्रमित तिब्र बढ्न थालेपछि नियन्त्रणको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

(अपडेट) लेबनान बिस्फोट : घरहरू क्षतिग्रस्त भएपछि दुई लाख ५० हजार मानिस घरबाहिरै

२२ साउन, काठमाडौं । लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्। बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय  ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्।

मोदीले अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै, जनकपुरको माटो र चाँदीका इँटा बोकेर गयो नेपाली टोली

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top