व्यानर

झापामा शुक्रबार कोरोनाका २८ बिरामी थपिए, २७ जना कचनकवलका मात्रै

१६ जेठ, झापा । शुक्रबार झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो ।  संक्रमण पुष्टि भएका सबै २७ जना झापाको…विस्तृत समाचार »

नेपालमा बिहीबारभन्दा शुक्रबार झन् बढी थपिए कोरोना संक्रमित, १७० थपिएर १२१२ पुगे

१६ जेठ, काठमाडौं । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै…विस्तृत समाचार »

रौतहटमा एकैदिन थपिए ५६ कोरोना संक्रमित

१६ जेठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।विस्तृत समाचार »

कोरोना संक्रमितलाई अस्पताल लैजान लाग्दा स्थानीयको अवरोध, प्रहरीले खोल्यो हवाई फायर

१६ जेठ, रौतहट । रौतहटमा कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ। इशनाथ नगरपालिका–७ स्थित क्वारेन्टाइनमा १६ जना संक्रमितमध्ये दुई जनालाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए। यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो। स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको हो। उक्त क्वारेन्टाइनमा ३ सय जना रहेको नगर प्रमुख सन्तोष मेहेताले बताए। उनीहरु सबै भारतबाट फर्किएका हुन्। संक्रमितलाई…विस्तृत समाचार »

‘पाँच युवा मारिएको रुकुम घटना र रुपन्देहीमा बालिका हत्या प्रकरणमा जनप्रतिनिधि नै संलग्न’

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले  पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट पाँच युवाको मृत्यु र रुपन्देहीकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे तत्काल अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन नेपाल सरकारसँग माग गरेको छ। दुवै घटनामा स्थानीय सरकारका प्रतिनिधि मुछिएका कारण स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न उक्त संस्थाले माग गरेको छ। एमनेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र…विस्तृत समाचार »

मोदीनिकट भारतीय सञ्चारमाध्यमको ‘फेक न्यूज’को खण्डन गर्दै मध्यरातमा नेपाली सेनाको विज्ञप्ती

१६ जेठ, काठमाडौं । नेपाली सेनाले भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै बिहीबार राति विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ । हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कमले नेपाली र भारतीय सेनालाई विवादमा तान्नेगरी प्रकाशित गरेको खबरको खण्डन गर्दै जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति १० बजेर ५५ मिनेटमा विज्ञप्ति जारी गरेको हो। दुवै भारतीय सञ्चारमाध्यम प्रधानमन्त्री मोदीनिकट मानिन्छन् । ‘उक्त…विस्तृत समाचार »

​बजेटले नीजि क्षेत्रका केही अपेक्षा सम्बोधन गर्न खोजेको देखिएपनि उत्साहित गर्ने कार्यक्रम आएन

१५ जेठ काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालले  बजेटले नीजि क्षेत्रका केही अपेक्षा सम्बोधन गर्न खोजेको देखिएपनि उत्साहित गर्ने कार्यक्रम नआएको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि प्रतिक्रिया दिँदै उनले भने ‘बजेटले निजी क्षेत्रका केहीअपेक्षाहरु सम्बोधनगर्न खोजेको छ । निजी क्षेत्रले दिएका सुझाव अनुसार केही कार्यक्रमहरु आएका छन् । तर कोभिडले ग्रस्त अर्थतन्त्रलाई उत्थान गर्ने…विस्तृत समाचार »

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, मृत्यु भएको ४ दिनपछि भयो कोरोना पुष्टि

१५ जेठ काठमाडौ । नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै अर्घाखाँचीका एक युवकको मृत्यु भएको हो । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोनाभाइरसको पुष्टि भएको हो। भुमिकास्थान ९ का वडाध्यक्ष नारायणप्रसाद खनालले ती युवामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले खबर गरेको जानकारी दिए। ती युवकको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला…विस्तृत समाचार »

यस्तो छ आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्ण पाठ

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड  रुपैयाँ बराबरको बेजट ल्याएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ करोड र वित्तीयतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरेको हुन् । स्रोत व्यवस्थापनतर्फ ८ खर्ब ८९ अर्ब  रुपैयाँ राजस्वबाट, २ खर्ब…विस्तृत समाचार »

आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७÷७८का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड  रुपैयाँ बराबरको बेजट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ करोड र वित्तीयतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरेको हुन् । स्रोत व्यवस्थापनतर्फ ८ खर्ब ८९ अर्ब  रुपैयाँ राजस्वबाट, २ खर्ब…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top