व्यानर

हत्या अभियोगका आरोपी बालकृष्ण ढंगेललाई माओवादीले भारत भगायो, प्रहरी हेरेको हेर्यै

५ बैशाख काठमाडौं – सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल खुसुक्क भारत प्रवेश गरेका छन् । उनलाई सर्वोच्च अदालतले सात दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो । तर सात दिन गुज्रन एकदिन बाँकी छँदै पक्राउ नपरी ढुंगेल खुसुक्क भारत उडेको स्रोतले बतायो । अदालतले पटक पटक पक्राउ गर्न आदेश दिएपनि प्रधानमन्त्री कार्यालय देखि सिंहदरवारसम्म  खुलेआम हिँडडुल गर्दै आएका ढुंगेल…विस्तृत समाचार »

चौतर्फि दवावपछि सरकार पछि हट्यो, शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने निर्णय

४ बैशाख, काठमाडौं । अन्नतः चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा प्रस्थान गरेकी छिन् । र आज सोमबार विदा दिइएको छ । तर, सरकारले शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन…विस्तृत समाचार »

​विप्लपको लुम्बिनीमा छापामार शैलीमा प्रतिरोध अभियान हेर्नुहोस १५ फोटोहरु

४ बैशाख, बुटबल । नेपाल कम्युनिष्ट पार्टीले ‘एकिकृत जनजागरण तथा प्रतिरोध अभियान’ तीव्र पारेको छ । आउँदै गरेको स्थानिय चुनावको खारेजीको माग गरेको नेकपाले चुनाव प्रतिरोध तथा जनताहरुमा जागरण गराउने उद्देश्यले ३ महिने अभियान अन्तर्गत गत चैत २४ गतेदेखी आगामी असार ५ सम्म यो अभियान सञ्चालन गरेको हो ।  यता लुम्बिनी व्यूरोले पनि आफ्नो मातहतका जिल्लामा अभियानलाई तीव्रता दिएको छ । संसदीय व्यवस्थाको खारेजीको माग…विस्तृत समाचार »

राप्रपाबाट काठमाडौंको मेयरमा राजाराम श्रेष्ठ उपमेयरमा रेखा थापा लड्ने

४,वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिका मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा काठमाण्डौंका अध्यक्ष नवराज सिंखडाले न्युजसेवालाई जानकारी दिए । केहि समयअघि मात्र माओवादी छाडेर राप्रपामा प्रवेश गरेकी अभिनेत्री थापालाई काठमाडौंको उपमेयरको उम्मेद्वार बनाउने भएको हो । अहिले थापा राप्रपाको केन्द्रिय सदस्य छिन् । राप्रपाको काठमाडौं जिल्लाको…विस्तृत समाचार »

​दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

४ वैशाख,सल्यान  । सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।  विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी…विस्तृत समाचार »

​विदेशी प्रभुलाई खुसी पार्दा दुई दिन बन्दी बन्यो नेपाल, गणतन्त्रका नाइकेको मण्डले पाराको चाकडी

समाचार टिप्पणी विष्णु पोखरेल   भनिन्छ एउटा झुटलाई सत्य बनाउन हजार झुट बोल्नु पर्छ । तर आखिर झुट, झुट नै हुन्छ, सत्य कतैबाट लुक्दैन । यस्तै भएको छ वर्तमान प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णय । प्रसंग हो, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा जाने र आउनेदिन सार्बजनिक बिदा दिनु । नेपालमा राजतन्त्र कुनै भगवान नभएको, जनताको रगत चुसेको, मुलुकलाई बन्दी बनाएको भन्दै महाराजा विरूद्ध १० वर्ष…विस्तृत समाचार »

​नयाँ शक्तिबाट बाहिरिएको समुह एमालेमा प्रवेश गर्दै

४ वैशाख काठमाडौ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट विद्रोह गरेका निर्मल भट्टराई पूर्वसांसदहरुसहितको टोलीसहित एमालेमा फर्कने भएका छन् । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायतका नेताहरुसँगको छलफलपछि भट्टराई एमालेमै फर्कन लागेका हुन् । मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रमका बीच उनी एमालेमा फर्कंने स्रोतको दाबी छ । भट्टराईसँगै डोटीका पूर्वसांसद मोहन बम पनि एमालेमा…विस्तृत समाचार »

राष्ट्रपति भण्डारीकै दवावमा भारत भ्रमण जाने र फर्कने दिन सार्वजनिक बिदा दिइएको खुलासा

४,वैशाख,काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दिन सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रपतिकै दवावमा सरकारले विदा दिएको खुलासा भएको छ ।   वालुवाटार स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नै विदाका लागि दवाव दिएपछि सरकार बाध्य भएर बिदा दिने निष्कर्समा पुगेको हो । सरकारका एकजना मन्त्रीले राष्ट्रपति भारत जादा बिदा दिने कुनै चर्चा नै नभएको…विस्तृत समाचार »

एमाले र माओवादीबीच गोप्य सहमति, बामदेव गौतम उपप्रधान सहित गृहमन्त्री हुने तयारीमा !

काठमाडौं ।  सत्तारुढ काँग्रेसले पूर्वसहमतिअनुसार जेठ पहिलो साता सत्ता छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिइरहेका बेला प्रमुख प्रतिपक्षी एमालेले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना बढेर गएको छ । ३१ वैशाखमा घोषित स्थानीय तह निर्वाचनको सुनिश्चितता भए निर्वाचनपछि पनि कम्तिमा ६ महिना यही सरकारलाई सघाउने एमाले नेतृत्वले  प्रचण्डसंग प्रतिवद्धता जनाएको छ । प्रमुख सत्तारुढ घटक काँग्रेसले सरकारबाट बाहिरिन खोजे सरकार आफूले टिकाइदिने बचन एमाले…विस्तृत समाचार »

सीके राउतलाई राज्य विप्लव मुद्दामा अनुसन्धान

३ बैशाख, काठमाडौं ।  मुलुक विखण्डनको नारासहित स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध राज्यबिप्लव मुद्दामा अनुसन्धान थालिएको छ । राउतलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ । चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने भन्दै राउतलाई बुझाउन माग गरेपछि…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top