व्यानर

जयबहादुर चन्दसहित ११ जना एआइजीमा सिफारिस, नवराज सिलवाल डिआइजीमै सिमित !

३१ असार काठमाडौं ।  सरकारले ११ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरी एआईजी पदमा  डीआईजी जयबहादुर चन्दसहित ११  जना बढुवा सिफारिश भएपनि आइजिपीका लागि दाबी गर्दे सर्वोच्च अदालतमा पुगेका डिआइजी नवराज सिलवाल भने सिफारिसमा परिेनन् ।  गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले  ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको हो ।  फारिशमा  यसअघि आईजीको दाबी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल…विस्तृत समाचार »

​राजधानीमा जारी फोटोप्रदर्शनी : यसरी जोखिम मोलेर तस्विर कैद गर्छन् फोटोग्राफर (फोटोफिचर)

३१ असार काठमाडौ । राजधानीमा शुक्रबारदेखि फोटोप्रदशनी जारी छ । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा आयोजित फोटो प्रदर्शनी सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गरेकी थिइन् । सभामुखले फोटोखिच्न लागेका फोटोपत्रकारले नै खिचेका तस्विर सार्वजनिक गरेर उद्घाटनत गरेकी थिइन् । हेरौँ सभामुख घर्तीले सार्बजनिक गरेका केही तस्विरहजोखिम मोलेर त।स्विर कैद गएिका तस्विरहरू । फोटोपत्रकारले कसरी जोखिम मोलेर तस्विर खिच्छन् भन्ने…विस्तृत समाचार »

राज्यले शरीर अपाङ्ग बनायो विद्रोहीले मन कुँढ्याए, मेरा लागि राज्यसँग मृत्यु मागिदेऊ

राजु ढकाल ३१ असार काठमाडौ ।१० वर्षे सशस्त्र युद्धकालमा राज्यपक्ष र विद्रोही पक्षबाट कति मारिए ? कति घाईते भए ? कति अंगभंग भए ? त्यसको एकिन तथ्याङ राज्यसँग अहिले पनि छैन । युद्ध पीडितका नाममा अर्बौ रुपैंया राज्यकोषवाट खर्च पनि भइसक्यो । तर युद्धकालका थुप्रै पीडित अहिले पनि राज्यको सहयोगवाट विमुख छन् । उनीहरु सहयोगका लागि हारगुहार गरिरहेका छन् । तर त्यो आवाज सम्बन्धित ठाउँमा…विस्तृत समाचार »

यस्ता छन् सत्ताको शिखरबाट जमिनमा धुलो चाट्न पुगेका शासकहरुको कथा

विश्वका धेरै शासनसत्ताहरुको उत्थान र पतन भएको छ । कति आन्तरिक कारणले सत्ता ढलेको छ भने कतिपय मुलुकमा बाह्या आक्रमणका कारण शासनसत्ता ढलेको छ । माओवादीले सुरु गरेको दशक लामो जनयुद्ध र १९ दिने जनआन्दोलनले नेपालबाट २४० वर्ष लामो शाहवंशीय शासन अन्त्य भयो । अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढ्ने प्रयासमा छ । नेपालमा शाहवंशको अन्त्य भएजस्तै विश्वका धेरै मुलुकमा विभिन्न कारणले शासकहरुको पतन…विस्तृत समाचार »

परिस्थिति र मान्छे : परिस्थितिले बनेको चोरसँगको अचम्मको नाता

यशु श्रेष्ठ आज अफिसमा धेरै रातिसम्म काम गरियो । नारायणजी र म भएर २–३ दिनदेखिको काम आजै सिध्यायौं । यसो घडी हेरेको त रात गै पो सकेछ । घर पनि निक्कै टाढा । फेरि राति हिंड्ने समय पनि छैन सत्यालजी भन्दै नारायणजीले भन्नुभयो । अफिस वरपर त्यस्तो बस्न लायकका घरहरू पनि छैनन् । दिउँसो खेतमा काम गरेर थकाई मार्न बनाएका झुप्राहरू छन् । हामी पनि…विस्तृत समाचार »

बहुमत नजुटेसम्म संशोधन प्रक्रिया अगाडी नबढ्ने, राजपाको अडान कायमै

३१ असार, काठमाडौ । संविधान संशोधनको पक्षमा स्पष्ट दुई तिहाई बहूमत नपुग्दासम्म संविधान सशसोधनको प्रक्रिया अगाडी नबढ्ने भएको छ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडी बढाउन आनकानी गरिरहेको भन्दै राजपाले असन्तुष्टि व्यक्त गरिरहेका बेला सरकार भने बहुमत जुटाउने कसरतमा लागेको हो । श्रममन्त्री फरमुल्लाह मन्सुरल संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई बहुमत जुटाउने प्रयासमा सरकार रहेको जानकारी दिंदै दुई तिहाई बहुमत नजुटेसम्म प्रस्ताव अघि नबढ्ने…विस्तृत समाचार »

कहिले बन्छ धरहरा ? निर्णय र योजनामा मात्र सीमित धरहरा पुनर्निर्माण

नेपालको राजधानी काठमाडौं छिर्ने वित्तिकै सबैभन्दा पहिलो नजर पुग्ने गथ्र्यो, सुन्धरास्थित धरहरामा । विश्वबजारमा काठमाडौंलाई चिनाउने यौटा माध्यम बनेको थियो धरहरा । विदेशी पर्यटकलाई काठमाडौंमा आकर्षित गर्न बिकाउने गतिलो फोटो बनेको धरहरा । नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापाले बनाएको त्यही धरहरा । काठमाडौंका लागि जीवित स्तम्भ जस्तै बनेको थियो धरहरा । विक्रम संवत् १९९० सालको महाभुकम्पले ध्वस्तबनाएको धरहरा केहीवर्षभित्रै पुनर्निर्माण भयो । राणा प्रधानमन्त्रीले कमसेकमकुलको…विस्तृत समाचार »

वाक स्वतन्त्रता कि ‘हेट स्पिच' ? : पूर्व मिस नेपाल सृष्टि पनि पुगेकी थिइन् प्रहरीसमक्ष

३१ असार, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो ।  उनीहरूले राष्ट्रपति भण्डारीलाई अश्लील शब्द प्रयोग गरी फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । पक्राउ परेका उनीहरूको आइडी सक्कली थियो, त्यसैले प्रहरीलाई पक्राउ गर्न गाह्रो भएन ।  तर, नक्कली आइडी बनाएर उनले गाली गलौज गरेको भए प्रहरीले नियन्त्रणमा लिन गाह्रो पर्ने थियो । त्यसका दुईवटा कारण…विस्तृत समाचार »

स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य हुँदैन : एमाले अध्यक्ष ओली

असार ३०, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्द्दघाटन गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गरे एमालेलाई मान्य नहुने बताए । उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको टिप्पणी गरे । ओलीले संविधान निर्माण गर्दा संविधानमै उल्लेख…विस्तृत समाचार »

के १९८६ का सबै रेकर्ड तोड्न लागेको हो दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनले ?

दार्जिलिङमा जारी आन्दोलन आज २९ दिन पुगेको छ । तर पनि दार्जिलिङमा आन्दोलनले छेउटुप्पो पाएको छैन । केन्द्र सरकार मौन छ भने राज्य सरकारले निरन्तर चरम दमन गरिरहेको  छ । यता आन्दोलनकारी पनि कुनै हालतमा पछाडी हट्ने संकेत देखिएको छैन । जसले गर्दा यस अघिको गोर्खा ल्याण्डको आन्दोलनमा भएको ४० दिनको बन्दको रेकर्ड तोडिने संभावना बढेर गएको छ । १९८६ मा भएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top