norvic
global ime bank

राजालाई सबैभन्दा बढी कोबाट खतरा ?

चाणक्य भन्छन्– रानी र राजकुमार


Saturday, 17 Jun, 2017 3:33 PM
नेपालमा राजतन्त्रको समूल अन्त्य भइसकेको छ । राजदरबार हत्याकाण्डमा राजा बीरेन्द्रको बंश नै नास भएको केही वर्षमा देशबाट पुरै राजतन्त्र बिदाई भयो । दरबार हत्याकाण्डको मुख्य डिजाइनर या त्यसमा संलग्न व्यक्ति को हो भन्ने आधिकारिक पुष्टी अहिलेसम्म भएको छैन । हत्याकाण्डलगत्तै दरबारले पूर्वयुवराज दीपेन्द्रले अन्धाधुन्धा गोली चलाएर आफ्ना बाबुआमालगायतलाई मारेको र अन्त्यमा आफैलाई पिठ्युँबाट पेस्तोल दागेर आत्महत्या गरेको सार्वजनिक गरेको थियो । तर, त्यसपछि भने हत्याकाण्डबारे बिभिन्न तर्क आउने गरेका छन् । यो त भयो नेपालकै दरबारमा भएको पछिल्लो घटनाको कुरा । तर, आजभन्दा २४ सय वर्षअघि नै चाणक्यले राजाका लागि सबैभन्दा खतराका पात्रहरुबाले आफ्नो तर्क पेश गरेको इतिहास छ । जुन अहिले पढ्दा पनि यथार्थपरक र रोचक लाग्छ । राजा र राजनीतिबारे चाणक्यको तर्क यस्ता छन् ः

को हुन् चाणक्य ?

चाणक्य भारत वर्षका एक महान् राजनीतिज्ञ, कुटनीतिज्ञ र दार्शनिक हुन् । इशापूर्व चारसय वर्षअघि उनको जन्म तत्कालीन मिथिला प्रदेशमा भएको थियो । आजभन्दा झण्डै २४ सय बर्षअघि उनले राज्य संचालन सम्बन्धमा दिएका बिचार अहिले पनि उत्तिकै सान्र्दभिक छन् । 

राजालाई नटेरेपछि

चाणक्य कसरी एक महान कुटनीतिज्ञ बने भन्ने प्रसंग पनि रोचक छ । मगधको राजधानी पाटलीपुत्रमा एक विशाल सभाको आयोजना गरिएको थियो । सो सभामा सम्राट महापदमानन्द उपस्थित थिए । चाणक्यलाई पनि त्यस सभामा बोलाइएको थियो । महापदमानन्द ब्राह्मणभन्दा राजा नै ठूलो हो भन्ने मान्यता राख्थे । तर, चाणक्यको मत भने राजाभन्दा ब्राह्मण नै ठूलो हुन्न भन्ने थियो । महापदमानन्द सो सभामा आउँदा सबैजना उठेर सम्राटको अभिनन्दन गरेपनि चाणक्य भने आफ्नो आसनवाट उठेनन् । चाणक्य आसनवाट नउठेपछि राजाले आफ्नो अपमान भएको सम्झे । उनले चाणक्यको टुपी समातेर सभामै लडाई दिए । अपमानको पीडा खप्न नसकेर चाणक्यले त्यहि सभामा नन्द बंशको समुल नष्ट गर्ने उद्घोष गरे । उनी मगध छाडेर तक्षशिला (हाल पाकिस्तानमा पर्छ)मा गए । त्यहाँ विश्वविद्यालयको कुलपतिसमेत भए । 

जब चन्द्र गुप्तलाई भेटे

तक्षशिलामै नन्द राजाबाट मारिएका सेनापतिका छोरा चन्द्र पुप्त पनि बसिरहेका थिए । दुबैको सत्रु एउटै भएकाले यि दुईबीच चाँडै नै मित्रता कायम भयो । नन्द बंशलाई समाप्त पार्ने योजना बताए । चाणक्यको कूटिल नीति तथा पञ्जावको सैनिक सहयोगबाट चन्द्रगुप्त मगधका सम्राट नै बने । महापदमानन्दलगायत उनका ९ छोराहरुको हत्या गरी चाणक्यले आफ्नो प्रण पुरा गरे भने चन्द्रगुप्तको समय ३२९ इशापूर्वदेखि २९८ सम्म चाणक्य प्रधानमन्त्री तथा उनका छोरा बिम्बिसारको राज्यकालमा संरक्षक भएर बसेका थिए । उनले त्यो शासनकालमा शासन संचालन सम्बन्धी अर्थशास्त्र रचना गरेका थिए । उनको अर्थशास्त्रमा दार्शनिकभन्दा व्यवहारिक राजनीतिले स्थान पाएको छ ।

कसरी गर्ने राजाको सुरक्षा ?

चाणक्यले राज्य प्रमुख राजाको सुरक्षामा निकै ठूलो चलाखी र सावधानी अपनाउनुपर्ने बताएका छन् । शत्रुहरुले राजालाई हरबखत प्रहार गर्ने योजना बनाइरहने भएकाले राजाको सुरक्षामा कत्तिपनि हेलचक्र्याइँ गर्न नहुने बताएका छन् । राजालाई सबैभन्दा खतरा रानी र छोराहरुबाट हुने, राजनीतिमा सबैभन्दा ठूलो धोका आफ्नै निकटवर्तीहरुबाट हुन्छ भन्ने सिद्धान्त चाणक्यको छ । उनले थप सुझाव दिएका छन्– आफ्ना छोराहरुवाट आत्मरक्षा गर्नका लागि जन्मेदेखि नै राजकुमारहरुमाथि कडा निगरानी गर्नुपर्ने हुन्छ । माकुराकोजस्तै राजपुत्र पनि बाबुको भक्षक हुन्छन् । पितृभक्त नभएका राजकुमारहरुलाई विषभोगमा फसाई जिउँदै मार्नुपर्छ । मिरा लागेको काठजस्तै अशिक्षित राजकुरमा बिनायुद्ध मर्छन् । रानी गर्भवती भएपछि नै शास्त्र विधिद्वारा सुरक्षा गरेर बालक पैदा भएपछि बिभिन्न विषयका विद्वानद्वारा शिक्षा दिनुपर्छ । युवा राजकुमारहरु परस्त्री भोगबाट घृणा उत्पन्न गराउने, मध्यपानबाट विमुख गराउने, शिकारबाट मन मोड्ने, बाबुमाथि आक्रमण गर्ने इच्छा राख्छन् भने उसलाई विभिन्न डर देखाई यस्ता कामवाट हटाउने उपाय गर्नुपर्ने हुन्छ । 

एक जनामात्र राजकुमार छ र उ पितृद्रोही भयो भने त्यसलाई कैद गर्नु पर्छ भन्ने चाणक्यको तर्क छ । उनले थप भनेका छन्– धेरै छोरा छन् भने पितृद्रोही छोरालाई उचित अन्न, बस्त्र नपाउने र उसले समर्थन नपाउने देशमा निर्वासन गरिनुपर्छ । गुणवान् छोरालाई उचित सम्मान गर्नुपर्छ । राजपुत्रले राजाज्ञा पालन गर्नुपर्ने चाणक्यको भनाई छ । राजा सन्तुष्ट चैनन् भने राजकुमारले सन्यास लिएर बन प्रवेश गर्ने वा सद्गुणी राजाको शरणमा जानुपर्ने उनको सल्लाह छ । नजरबन्द गराएका राजकुमारलाई गुप्तरुपले परीक्षण गर्दा पनि पितृद्रोह नत्यागे सर्वथा त्याग गरी गुप्तचरबाट वा विष दिएर मार्नुपर्छ । 

रानीबाट राजा जोगाउने उपाय

राजालाई रानीवाट रक्षा गर्नुपर्छ । दरबारभित्र विश्वस्त बुढी परिचारिकाका साथ महारानीसँग भेट्न गर्नु पर्छ । राजाले रानीलाई एक्लै भेट्दा धोका हुन सक्छ । चाणक्यले रानीको धोकाले मारिएका विभिन्न राजाहरुको उदाहारण दिदै रानीसँग भेट्ने समयमा अदृष्य विपत्तिबाट सावधान रहनुपर्ने सल्लाह दिएका छन् । रानीलाई धुर्त व्यक्ति तथा बाहिरी दासीसँग सम्पर्क गर्न दिनु हुँदैन । रानीका सम्बन्धित आफन्तलाई पनि विशेष अवस्थाबाहेक भेट गर्न दिनु हुँदैन । रानीको चरित्रमाथि ध्यान दिने र राजाको हितमा रानीलाई लगाउने प्रबन्ध गर्नु पर्छ । दरबारको खोपीमा कुनै पनि बाहिरी व्यक्तिले भेट्न नपाउने प्रबन्ध मिलाउनु पर्छ । 

आत्मरक्षाका लागि थप प्रबन्ध 

चाणक्यले राजाको आत्मरक्षाका लागि विशेष ध्यान दिई यसको उपाय बताउने क्रममा प्रातःकालमा राजा ओछ्यानबाट उठ्नासाथ धनुषबाण लिएका स्त्रिहरुले उनलाई घेर्नु पर्छ । ओछ्यानबाट अर्को कोठामा प्रवेश गर्दा त्यहाँ कुर्था र पगरी लगाएका नपुंसक तथा अरु दासहरु रेखदेखका लागि उपस्थित रहनु पर्छ । तेस्रो कोठामा कुप्रा, होचा तथा तल्लो जातिका परिजनले राजाको सुरक्षा गरिनु पर्छ । चौथो कोठामा मन्त्रीहरु, सम्बन्धितहरु तथा हातमा भाला लिएका द्वारपालद्वारा राजाको सुरक्षा गरिनु पर्छ । बंश परम्परकाका उच्च कुलिन शिक्षित सबै काम राम्रोसँग जान्ने व्यक्तिलाई अंगरक्षक नियुक्त गरिनुपर्छ । राजमहलका भित्री सेनाबाट राजा र निवासको रक्षा गरिनुपर्छ । 

कसरी गर्ने भोजन ?

भोजन बनाउने व्यक्तिले एकान्त ठाउँमा स्वादिष्ट भोजन बनाउनु पर्छ । भोजन तयार भएपछि राजाले पहिले अग्नी र पंछिहरुलाई चढाएर मात्र खानुपर्छ । बिष मिलाइएको अन्न आगोमा पर्दा आगो र ज्वाला दुवै निलो भएर चटचट आवाज गर्छ । पन्छी मर्दछन्, बिषयुक्त भोजन मयुरको घाँटीजस्तो रंग हुन्छ । छिटो चिसो हुन्छ । यस्तो विषाक्त खाना मुखमा पर्दा दाँतको स्पर्शले खानाको रङ बदिलिन्छ । दाल छिटो सुक्छ । तरकारी विरंगी हुन्छ । पानी अलग हुन्छ । विष दिने मानिसको मुख सुक्छ, जिब्रो लटपटाउँछ । त्यसैले विष विधाका जानकार तथा बैद्य राजाका समिपमा रहनु पर्छ । बैद्यले पहिला आफ्नै औषधी खाएर परीक्षण गरी राजालाई औषधि दिनु पर्छ । खाना पानी मदिरा परीक्षण गरेर मात्रै राजालाई दिनुपर्छ ।


 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top