norvic
global ime bank

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य


Wednesday, 13 Oct, 2021 9:54 AM
२७ असोज, भक्तपुर ।  दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ ।

जिल्लाका मात्रै नभई काठमाडौंँ र काभे्रदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आए पछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार २०० मा बिक्री गरेका छन् । आजबाट भने अझै रु १०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७५० देखि रु ८०० सम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै रु एक हजार २०० राखेका छन् ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउनुभयो । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उहाँले भन्नुभयो, “चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।” च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उहाँले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको उहाँको भनाइ छ ।

अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु १२ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताउनुहुन्छ । उहाँले सानो च्याङ्ग्रा प्रतिगोटा रु ३६ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताउनुहुन्छ । च्याङ्ग्रा तयारी मासुको मूल्य भने रु दुई हजार ६०० छ ।

सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु रु दुई हजार ६०० मा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु रु एक हजार ७०० मा बिक्री गरे पनि यस वर्ष किलोमै रु एक हजार १०० बढी मूल्यमा बिक्री गर्नुपरेको बताउनुहुन्छ । भेडा बिक्री हुन छाडे पछि यस वर्ष व्यापारीले काठमाडाँै उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी दिनुभयो । भेडा पनि मुस्ताङमै प्रतिगोटा रु ३५ हजार परेको भन्दै व्यापारीले यहाँ भने प्रतिकिलो रुं एक हजार १०० मा बिक्री मूल्य राखेको जानकारी दिनुभयो ।

च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा रु २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई रु २५ हजार कर तिरेको बताउनुभयो । भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ । च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट रु २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले एउटा गोठको भाडा रु २५ हजार लिएको छ, यहाँ २० वटाभन्दा बढी गोठ छ, अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौँ त्यसमै गर भनेर गए, खुल्ला शौचालय गर्नुपर्ने बाध्यता पो छ त ।”

नगरपालिकाले व्यापारीलाई बत्तीसमेत नदिएको गुनासो गरेका छन् । शुल्क लिएपछि अस्थायी विद्युत्को व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अध्याँरोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमरजेन्सी लाइट ल्याएर बालेर बस्नुपरेको गुनासो गरेका छन् । नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग रु १० हजारका दरले भाडा लिएको छ । चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन् । मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट रु १० हजार भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गर्नुहुन्छ ।
    
सल्लाघारीमा खसी प्रतिकिलो रु ६५७ देखि ७५० सम्ममा बिक्री भएको छ । खसी व्यापारी सिन्धुपाल्चोकका मङ्गल श्रेष्ठले खसीको जात र ठाउँअनुसार मूल्य फरक परेको बताउनुभयो । यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको जनाउँदै सरकारले निर्धारण गरेको रु ६५० मा सबै जातका खसी बिक्री गर्न नसकिएको बताउनुहुन्छ ।  

भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ । त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ । हनुमानघाट र कमेरोटारमा रु एक हजार भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन् । रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा प्रतिराँगा रु २५ हजारदेखि ८५ हजारसम्ममा बिक्री भएकोे व्यापारीले बताउछन् ।

भक्तपुरका नेवार समुदायले दसैँमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा  छ । –रमेश गिरी, रासस


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top