चीनमाथि अमेरिका, बेलायत र क्यानडाको एकसाथ दबाब, गतिरोध चर्किने संकेत


Wednesday, 15 Jul, 2020 8:41 AM
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ ।ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ ।’ ट्रम्पले हङ्गकङमा अधिकारको उल्लंघन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने नयाँ अध्यादेश पारित गरेको पनि जानकारी दिएका छन् ।

चीनले हङ्गकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाले विशेष दर्जा खारेज गरेको हो । मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कुनै विशेष दर्जा छैन, कुनै विशेष आर्थिक छुट छैन र संवेदनशील प्रविधीको कुनै कारोबार छैन ।’

बेलायती उपनिवेश रहेको हङ्गकङले चीनमा विशेष दर्जा र केही यस्ता अधिकार प्राप्त गरेको छ जुन मुख्य चीनका जनतालाई समेत दिइएको छैन । तर हालका वर्षमा चीन हङ्गकङ प्रति कडा भएको छ । केही दिन अघि लागू गरिएको नयाँ सुरक्षा कानूनलाई थुप्रै हङ्गकङबासीले यो स्वायत्त क्षेत्रको विशेष दर्जा समाप्त हुन लागेको अनुमान गरेका छन् ।

बेलायतले हङ्गकङलाई सन् १९८९ मा चीनलाई सुम्पिएको थियो । त्यतिबेला एक सम्झौता अनुरुप हङ्गकङलाई विशेष दर्जा दिइएको थियो । तर चीनको आलोचना गर्नु अपराध हो भनेर व्याख्या गर्ने नयाँ सुरक्षा कानून लागू भएपछि हङ्गकङमा धेरे कुराको परिवर्तन भएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङसँग कुराकानी गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

हङ्गकङको विशेष दर्जा समाप्त गर्दा के हुन्छ ?

अमेरिकी राष्ट्रपतिको यो कदम हङ्गकङमा संचालित अमेरिकी कम्पनीका लागि टाउको दुखाई हुनसक्छ । यसको संख्या १३ सय बढी छ । अमेरिकी नागरिक हाल भिसा बिना नै हङ्गकङको यात्रा गर्न सक्छन् । अब उनीहरुले चीनको कडा भिसा नियमको सामना गर्नुपर्ने हुन्छ । हङ्गकङको उत्पादनमा अमेरिकामा कम कर लाग्थ्यो । अब यो समाप्त हुनसक्छ जसका कारण अमेरिका र हङ्गकङबीच हुने अर्बौं डलरको व्यापार प्रभावित हुनसक्छ ।

विश्लेषकका अनुसार एक विश्वव्यापी आर्थिक हबको रुपमा हङ्गकङको पहिचान बिस्तारै बिलाउन सक्छ । चीनका लागि यो अन्तरराष्ट्रिय वित्तिय बजारको ढोका पनि हो अब यो बन्द हुनसक्छ ।

चीन भर्सेस पश्चिमी देशः

हङ्गकङमा चीनको नयाँ सुरक्षा कानूनको विषयमा पश्चिमी देश रुष्ट छन् । मंगलबार बेलायतले चिनियाँ कम्पनी ह्वावेसँग फाइभ जीका लागि लिँदै आएको प्रविधिको करार समाप्त गरेको थियो ।बेलायती सरकारको नया निर्णयका अनुसार देशका मोबाइल प्रदायक कम्पनीमाथि ३१ डिसेम्बरपछि चिनियाँ कम्पनी ह्वावेबाट कुनै उपकरण खरिद गर्न प्रतिबन्ध लगाइएको छ । यसका साथै, सन् २०२७ सम्म ब्रिटिश मोबाइल प्रोभाइडरले आफ्नो नेटवर्कबाट ह्वावेका सबै फाइभ जी किट हटाउनुपर्नेछ ।

सरकारको यो निर्णयको जानकारी हाउस अफ कमन्सको प्राविधिक मामिलाका मन्त्री ओलिवर डाउडेनले दिएका छन् । उनले यो निर्णय लागू गर्दा देशभरी फाइभ जीको व्यवस्था लागू गर्न एक वर्ष ढिलाई हुने पनि जानकारी दिए । यतिमात्रै होइन, यो निर्णयले देशभरी दुई अर्ब पाउन्डको अतिरिक्त बोझ पनि बढ्ने उनले बताए ।

अमेरिकाको दबाबमा आएर बेलायती सरकारले यो निर्णय लागू गरेको अनुमान गरिँदै छ । जनवरी २०२० मा एक लामो कठिन लडाईंपछि बेलायती सरकारले चिनियाँ कम्पनी ह्वावेलाई फाइभ जी नेटवर्कको संवेदनशील कोरबाट बाहिर राख्ने र अन्य भागमा ३५ प्रतिशत बजारसम्म मात्रै ह्वावेको हिस्सेदारी सिमित हुने घोषणा गरेको थियो ।

क्यानडा र चीन आमने–सामने

उता क्यानडाले पनि क्यानडाले गत हप्ता हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि स्थगित गरेको थियो र सेनाका लागि आवश्यक सर–सामानको निर्यात पनि प्रतिबन्ध लगाएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शुक्रबार यसको घोषणा गरेको थियो । चीनले नयाँ सुरक्षा कानून पारित गरेसँगै पश्चिमका थुप्रै देश यसविरुद्ध आवाज उठाइसकेका छन् । तर चीनमाथि यसको असर देखिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आफ्नो ताजा बयानमा भनेका छन्, ‘चीन कडा शब्दमा यसको निन्दा गर्छ र यो मामिलामा पछि पनि जवाफ दिने अधिकार राख्छ । र यसको जे पनि परिणाम हुनेछ यसका लागि क्यानडा जिम्मेवार हुनेछ । चीनमाथि कुनै पनि प्रकारको दबाब कहिले पनि सफल हुनेछैन ।’

चिनियाँ प्रवक्ताले हङ्गकङको नयाँ सुरक्षा कानूनको बचाउन गर्दै भने, ‘क्यानडाको गलत प्रतिक्रिया र उसले जे कदम उठाएको छ त्यसले ‘एक देश, दुई सिस्टम’ को प्रावधानलाई लामो समयसम्म स्थायित्वका लागि मद्दत पुर्याउने कुरालाई नजरअन्दाज गरिरहेको छ ।’

चिनियाँ प्रवक्ताले थपे, ‘क्यानडाले गरेको आफ्नो गल्तीलाई तुरुन्त सच्याउन चीन आग्रह गर्दछ र चीन–क्यानडाको सम्बन्धलाई थप क्षती हुनबाट जोगाउन हङ्गकङ र चीनको आन्तरिक मामिलामा कुनै प्रकारको दखल दिन बन्द गरोस् ।’

जबदेखि क्यानडाले चीनको कम्पनी ह्वावेका सीफओ (चीफ फाइनेन्सियल अफिसर) मेंग वाङ्जोलाई सन् २०१८ मा पक्राउ गरेको थियो, त्यति बेलादेखि चीन र क्यानडाबीचको कूटनीतिक सम्बन्ध खराब हुन थालेको थियो । चीनले क्यानडाका दुई नागरिक हिरासतमा लिएको थियो जसमध्ये एक पूर्व कुटनीतिज्ञ पनि थिए ।
बीबीसी


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ​भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका १३ नेता तथा कार्यकर्ता समातिए

२९ साउन, काठमाडौं । सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द ९विप्लव० समूहका नेतारकार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईरदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो।

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

अन्तर्राष्ट्रिय

भुटानमा राष्ट्रव्यापी लकडाउन

२८ साउन, काठमाडौँ । 
भुटानले कोरोना भाइरस नियन्त्रणका लागी राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गरेको हो ।  सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।
सरकारले लकडाउन 

डोनल्ड ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको विपक्षी उम्मेदवारको आरोप

२९ साउन, काठमाडौँ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकालाई जीर्ण बनाएको दाबी गरेका छन् । उनीहरुले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा आलोचना गरेका छन् । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले अमेरिका नेतृत्वका लागि रोइरहेको बताएकी छन् । उनले भनिन्, अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर परिवारद्वारा खण्डन

२९ साउन, काठमाडौँ । 
भारतमा सोसल मिडियामा लगातार आइरहेको भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।   प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा लेखेकी छिन्मे मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ । प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले आफ्ना पिता प्रणब मुखर्जी

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top