mega
global ime bank

​सुख्खा नरिवल खाँदा महिलालाई यति धेरै फाइदा


Thursday, 23 Sep, 2021 2:01 PM
Dry Coconut at Rs 120/kilogram(s) | Dried Coconut | ID: 12296549612
काठमाडौं । नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । त्यसैले धेरै मानिसहरुले यसलाई आफ्नो खानामा समावेश गर्छन् । नरिवलको सेवन सबै उमेरका मानिसहरुका लागि आवश्यक हुन्छ । विशेषगरी महिलाले सुख्खा नरिवल किन खानुपर्छ भनेर यहाँ जानकारी दिइँदैछ ।

सुख्खा नरिवललाई विभिन्न तरिकाले खानामा प्रयोग गर्न सकिन्छ । नरिवलले गुलिया खानेकुराको स्वाद र पोषक तत्वमा वृद्धि गर्छ । यो सबै मानिसहरुका लागि फाइदाजनक हुन्छ तर महिलाका लागि यसको फाइदा अलि बढी नै हुन्छ । यसले महिलामा रक्तअल्पत्ता वा रगतको कमी हुन दिँदैन । साथै गर्भावस्थामा पनि यसको सेवन लाभदायक मानिन्छ ।
सुख्खा नरिवलमा पोषक तत्वः
– आइरन
– म्यागनेसियम
– भिटामिन बीसिक्स
– क्याल्सियम
– एन्टीअक्सिडेन्ट्स

महिलाका लागि सुख्खा नरिवलका फाइदाः
सुख्खा नरिवल खाँदा स्वास्थ्यले विभिन्न प्रकारको लाभ पाउँछ । यदि तपाईं यसको नियमित सेवन गर्नुहुन्छ भने तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । साथै गर्भावस्थामा पनि यसको सेवन गर्न सकिन्छ । सुख्खा नरिवलले महिलामा हुने यूटीआईको समस्याबाट पनि राहत प्रदान गर्छ । सुख्खा नरिवलका फाइदा यस प्रकारका छनः
१. आइरनको कमी हुन दिँदैनः
धेरैजसो महिलामा रक्तअल्पत्ता देखिन्छ । महिलामा आइरनको कमी एउटा ठूलो समस्या हो । यसले महिलालाई कमजोरी महसुस गराउँछ जसका कारण थुप्रै समस्या निम्तिने गर्छन् । सुख्खा नरिवलमा निकै राम्रो मात्रामा आइरन पाइन्छ, त्यसैले यसलाई महिलाका लागि फाइदाजनक मानिन्छ । नरिवललाई खानामा समावेश गर्दा आइरनको कमीको समस्यालाई केही हदसम्म टाढा राख्न सकिन्छ । यसमार्फत् निकै सजिलै हिमोग्लोबिन बढाउन सकिन्छ ।
२. मुटुका लागि फाइदाजनक सुख्खा नरिवलः
सुख्खा नरिवलमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईंको हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । हुन त एन्टीअक्सिडेन्ट तपाईंको सम्पूर्ण स्वस्थका लागि आवश्यक हुन्छ तर मुटु रोगबाट बच्नका लागि यो एक आवश्यक पोषक तत्व हो । नरिवलमा फिनोलिक तत्व हुन्छ जुन एक एन्टिअक्सिडेन्ट हो । यो तत्वले तन्तुलाई अक्सिडेटिव क्षती हुनबाट जोगाउँछ । नरिवलले हृदयघातको खतरालाई पनि कम गर्छ ।
३. जोर्नी दुखाईमा लाभकारीः
महिलालाई जोर्नी दुखाईको समस्या अत्यधिक हुन्छ । यो एक अत्यन्त पीडादायी समस्या हो । यो समस्याबाट जोगिनका लागि तपाईंले आफ्नो खानामा सुख्खा नरिवल समावेश गर्नुपर्छ । यसमा थोरै मात्रामा क्याल्सियम पनि पाइन्छ जसले हड्डीलाई बलियो बनाउँछ । साथै, यसमा भएका अन्य पोषक तत्वले तपाईंको सम्पूर्ण शरीरलाई बलियो बनाउँछ ।
 ४. गर्भावस्थामा फाइदाजनक छ सुख्खा नरिवलः
सुख्खा नरिवललाई गर्भावस्थाका बेला पनि निकै सहज तरिकाले खान सकिन्छ । यसले महिलाको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यो तपाईंको भ्रुणका लागि पनि फाइदाजनक छ । नरिवलमा फ्याटी एसिड हुन्छ जसले शिशुको विकास र वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थामा तपाईंले सुख्खा नरिवलको सेवन कुनै न कुनै रुपमा पक्कै पनि गर्नुपर्छ ।
५. प्रतिरोधी क्षमता
सुख्खा नरिवल पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, क्याल्सियम, म्याग्निज, प्रोटिन र आइरन निकै राम्रो मात्रामा पाइन्छ । यस्तोमा यसको सेवनले तपाईंको प्रतिरोधी क्षमतालाई बढाउन सकिन्छ । सुख्खा नरिवलले तपाईंको प्रतिरोधी क्षमता बढाएर रोगबाट लड्न पनि सहयोग गर्छ ।
७. दुधको मात्रा बढाउँछः
स्तनपान गराउने महिलाका लागि सुख्खा नरिवलको सेवन निकै फाइदाजनक मानिन्छ । किनभने यसको सेवनले दुधको उत्पादन बढाउँछ । साथै, शिशुले पनि आवश्यक पोषक तत्व पाउँछ । प्रसवपछि यदि नियमित रुपमा नरिवल खाइन्छ भने बच्चाको विकासमा मद्दत मिल्छ । नरिवलमा लरिक एसिड हुन्छ जसले दुधको उत्पादन बढाउन मद्दत गर्छ ।
७. पिसाबको संक्रमणबाट जोगाउँछः
महिलाले धेरैजसो पिसाबको संक्रमणसँग जुध्नुपर्छ । नरिवलको सेवन गर्दा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ । वास्तवमा नरिवलले पिसाबको संक्रमण पैदा गर्ने ब्याक्टेरिया रोक्छ । नरिवल खाँदा युटिआईजस्तो गम्भीर संक्रमणलाई पनि रोक्न सकिन्छ । योनीलाई स्वस्थ राख्नका लागि पनि तपाईं नरिवलको सेवन गर्न सक्नुहुन्छ । नरिवल पानीले पिसाबको संक्रमणलाई जोगाउने गर्छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

११ माघ, न्युयोर्क । रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

दूतावासका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको आदेश

१० माघ, न्युयोर्क । अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

९ माघ, काबुल । अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top