​को बन्ला कमेडी च्याम्पेनको विजेता ?


Thursday, 27 Feb, 2020 1:37 PM
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते हुने भएको छ । आजसम्म नियमित सो रहेको कार्यक्रममा बीचका केही भाग प्रतिस्पर्धी र अतिथिको प्रत्तुती रहने आयोजकले जनाएको छ ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । ग्रान्ड फिनाले होटल सोल्टीमा हुने करिब निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । “हल क्षमता ठूलो भएकाले हाम्रो पहिलो रोजाई आर्मी अफिसर्स क्लब हो । तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौं,” निर्देशक भण्डारीले भने, “ आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौं, हुँदैन भनियो भने होटल सोल्टीमै गर्छौं ।”

ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित हुनेछन् । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top