अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील विषयमा असंवेदनशील व्यवहारः कांग्रेस


Wednesday, 15 Jul, 2020 4:59 PM
३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ भएको भन्दै त्यो देशका लागि दुर्भाग्य भएको जनाएको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले प्रधानमन्त्रीले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गरेको जनाएको छ। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम र अयोध्याबारे दिएको अभिव्यक्ति नेपाल र भारतमासमेत विवादित बनेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असंवेदनशील व्यवहारका कारण प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको थप पुष्टि हुने बताएका छन्। ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ’ कांग्रेसले प्रश्न गरेको छ, ‘देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

प्रवक्ता शर्माले सरकारलाई देशको तात्कालिक समस्याबारे चार बुँदे ध्यानाकर्षणसमेत गराएका छन्। कांग्रेसले बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? भनेर प्रश्न पनि गरेको छ।

यस्तै, कांग्रेसको प्रश्न छ, ‘कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कैयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने ?’ कांग्रेसले सर्वसम्मतीले नक्सा पारित भएपछि कूटनीतिक माध्यमबाट जमिनमाथिको हक स्थापना गर्नुपर्ने बेलामा प्रधानमन्त्रीले अपरिपक्व टिप्पणी गरेको भन्दै आलोचना गरेको छ।

‘सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने ?’ कांग्रेसले भनेको छ, ‘नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ बिषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न् भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नु भएको छ।’


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ६५ हजार बढी कोरोना संक्रमित थपिए

२५ साउन, काठमाडौँ ।
भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै नयाँ रेकर्ड हो ।  भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ । यस्तै हिजोमात्र ८ सय ५७ जनाको मृत्यु भएको छ । संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन् । त्यहाँ १२ हजार ८ सय २२ संक्रमित

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top