युरोपमा फेरि तिब्र रुपमा फैलँदै कोरोना, फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित फेला


Friday, 16 Oct, 2020 8:57 AM
फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ । शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो ।

विश्व स्वास्थ्य संगठनले युरोपको सरकारलाई कारवाही गर्न आग्रह गरेको छ किनभने युरोपमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।

फ्रान्समा के भइरहेको छ ?
बुधबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले नयाँ नियम र प्रतिबन्धको घोषणा गरेका थिए । शनिबारदेखि पेरिस र अन्य शहरका मानिसहरुलाई राती ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट निस्कन अनुमति छैन ।

यो प्रतिबन्ध कम्तीमा चार हप्तासम्म रहनेछ । दैनिक संक्रमितको संख्या तीनहजार भन्दा कमै होस् भन्ने कोसिसमा म्याक्रोंले यस्ता प्रतिबन्धको घोषणा गरेका हुन् । फ्रान्सका प्रधानमन्त्री जीन केस्टेक्सले कर्फ्यू लागू गर्नका लागि प्रहरी तैनाथ गरिने जानकारी दिए तर यसैबीच दैनिक आवश्यकताका क्रियाकलापमा कुनै प्रतिबन्ध भने लागू गरिनेछैन ।

युरोपमा स्थिति 
विश्व स्वास्थ्य संगठनका युरोपका निर्देशक ह्यान्स क्लगले बिहिबार एक पत्रकार सम्मेलनमा मार्च र अप्रिलमा कोरोना पहिलो पटक युरोपमा प्रवेश गर्दाको स्थितीलाई अहिले तुलना गर्दा पाँच गुणा कम मानिसहरुको मृत्यु भइरहेको छ ।

उनका अनुसार हालैका केही हप्तामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुनुको एउटा कारण नौजवानहरु संक्रमित हुन हो । तर मृत्युदर कम हुनुको कारण ज्येष्ठ नागरिकको तुलनामा युवाहरुको कमै मृत्यु हुन्छ ।

उनले भनेका छन्, ‘युरोपमा कोरोना महामारीले कस्तो दिशा लिनेछ, त्यो खासै आशाजनक भने छैन ।’

डाक्टर ह्यान्सका अनुसार यदि युरोपको सरकारले प्रतिबन्ध खुकुलो पारे जनवरी २०२१ सम्म कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या अप्रिलमा दैनिक ज्यान गुमाउनेको संख्याको चारदेखि पाँच गुणा बढी हुनेछ । उनले ९५ प्रतिशत मानिसहरुले मास्क लगाए र सामाजिक दुरीको पालना गरे फेब्रुअरीसम्म युरोपमा दुई लाख ८१ हजारको ज्यान बचाउन सकिने बताएका छन् ।

उनले प्रतिबन्ध लागू गर्ने बेला सरकारले मानसिक स्वास्थ्य र घरेलू हिंसाबारे पनि ख्याल राख्नुपर्ने बताएका छन् । साथै उनले स्कूल खुल्ला गर्नका लागि सरकारले हर सम्भव प्रयास गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

अगस्ट र सेप्टेम्बरमा संक्रमण दर बढ्न लागेको थियो र पछिल्ला केही हप्तामा युरोपमा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको थियो ।

युरोपभरी चेक गणराज्यमा हाल कोरोनाको दर सबैभन्दा धेरै छ । अक्टोबरमा कोरोनाको संक्रमण करिब दुई गुणा भएर एक लाख ४० हजार पुगेको थियो ।

यूरोपमा नयाँ प्रतिबन्ध 
बिहिबार पोल्याण्डले रेड जोनमा परेका स्कूल र जिम बन्द गरेको छ । इटलीको दक्षिणी इलाकामा स्कूल दुई हप्ताका लापग बन्द गरिँदैछ किनभने ठूलो परिमाणमा परीक्षणको सुरुवातलगत्तै एकदिनमा सबैभन्दा धेरै पोजेटिभ केस बिहिबार भेटिएको छ ।

चेक गणराज्यमा स्कूल र बार बन्द गरिएको छ तरपछि संक्रमण दर बढ्दो छ । सरकारले फिल्ड अस्पताल बनाउन लागेको र विदेशमा काम गरिरहेका डाक्टरलाई आफ्नो देश फर्कन आग्रह गरिएको जानकारी दिएको छ ।

जर्मनीमा अत्यधिक खतरामा भएको इलाकाका बार र रेष्टुरेन्टलाई छिट्टै बन्द गर्नुपर्ने नियम राखेको छ । बिहिबार यहाँ ६,६३८ नयाँ संक्रमित देखिएका थिए जुन महामारीको सुरुवातपछि एकदिनमा भेटिएको सबैभन्दा धेरै संख्या हो ।

पोर्चुगलमा बिहिबारदेखि कुनै पनि सार्वजनिक स्थानमा पाँचभन्दा बढी मानिसहरु जम्मा हुन अनुमति छैन । विवाह र बच्चाको न्वारन वा अन्य कुनै कार्यक्रममा ५० भन्दा बढी मानिसहरु भेल हुन अनुमति छैन ।

स्पेनको केटालोनिया इलाकामा रेष्टुरेन्टमा टेकअवेको सेवामा मात्रै अनुमति दिइएको छ । जिम र अन्य सांस्कृतिक स्थलमा आफ्नो क्षमताभन्दा ५० प्रतिशत कम मानिसहरु आउन दिने शर्तसहित खोल्न दिइनेछ । पसल र ठूला सपिङ सेन्टर्समा क्षमताभन्दा ३० प्रतिशत मानिसहरु मात्रै आउने अनुमति छ ।

नेदरल्याण्डमा सबै बार, रेष्टुरेन्ट र कफी सपलाई टेकअवेको सेवा दिने अनमति छ र नीजि घरमा पनि एक दिनमा तीनभन्दा बढी पाहुना आउने अनुमति छैन । मस्कोमा आवतजावत निकै सिमित छ र सोमबारदेखि सिनयर स्कूल बन्द गरिँदै छ । बीबीसी


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

प्रतिपक्षी कांग्रेसको निर्णयपछि सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता एकमुष्ट फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पनि दसैँ भत्ता नलिने भएका छन् । कोरोना महामारीका जनता उपचार र खान नपाएर बेहाल बनेका बेला सांसदहरुले भत्ता लिने निर्णयको व्यापक विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

कांग्रेसका ६३ सांसदले ४० लाख ३६ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता एकमुष्ठ फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। सांसदहरुले भत्ता एकमुष्ट फिर्ता गर्ने भएका छन् । 

दसैं भत्ता फिर्ता गर्न आफ्ना सबै सांसदहरुलाई कांग्रेसको निर्देशन

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। ‘पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

अन्तर्राष्ट्रिय

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

आफ्नो राजीनामा माग्दै एक ठाउँ उभिने विपक्षीहरुलाई इमरानले भने– डाँकुहरुको एकता

२६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्। आफूविरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले भने ‘डाँकुहरूको एकता’को संज्ञा दिएका छन् । असोज ५ गते पाकिस्तानमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

१७ असोज, काठमाडौं ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ ।  शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top