​रक्सी खानेलाई कोरोना नलाग्ने होइन, कोरोना संक्रमणबारे भ्रम र यथार्थता: डा.रवीन्द्र पाण्डे


Friday, 6 Mar, 2020 2:00 PM
२३ फागुन, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । कोरोना भाइरस सम्बन्धि गलत प्रचारले पनि कोरोनाको त्रास बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भाइरसको विषयमा धेरै कुराहरु आएका छन । तर, कोरोना भाइरसको संक्रमण, यसबाट बच्ने उपायबारे हुने गलत भ्रम र यथार्तताबारे आज हामी तपाईलाई जानकारी गराउँदै छौं । जनस्वास्थ्य

विज्ञ डाक्टर रवीन्द्र पाण्डे(समिर) ले कोरोना भाइरसको भ्रम र यर्थातबारे जनाकारी दिएका छन् ।
कोरोना संक्रमणबारे भ्रम र यथार्थता १: अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो। कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ । २: कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।
३: कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना सं’क्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँ बाट पनि सर्न कोरोना सर्न सक्छ ।
४.:कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १\२ जनाको मात्र मृत्यु हुन्छ ।
५: कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ। जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।
६: मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।
७:चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।
८: बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९: कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै।
१०: एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।
११: कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।
१२.:बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।
१३: शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।
१४:बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।
१५: लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

उहानमा गरिएको एक अध्ययनको डरलाग्दो नतिजा, कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । 
उहानमा हालै गरिएको एक अध्ययनको नतिजा अत्यासलाग्दो छ । उक्त अध्यननले कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ ।  कोरोना भाइरसबाट  निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको छ । निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएको छ ।  उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको 

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top