mega
global ime bank

एकबाट १० जनामा फैलिन सक्छ ओमिक्रोन भेरियन्टको सङ्क्रमण


Thursday, 13 Jan, 2022 11:32 AM
२९ पुस, काठमाडौं।   कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर) ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए ।

उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ । “सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, प्रा डा कोइरालाले भने, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रुत गतिमा फैलिन्छ ।” उनले ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने बताए ।

व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक रहनुपर्ने उनको भनाइ छ । हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने सङ्क्रमणबाट बच्न ओमिक्रोन भेरियन्टबाट बच्न सकिने डा. कोइरालाको भनाइ थियो । ‘ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ,’ उनले भने । “सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकि डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो”, सङ्क्रामक रोग विशेषज्ञ डा कोइरालाले भने, “ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ । खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गाह्रो नबनाउने उनले बताए ।

खोप नलगाएकामा १० गुणा बढी सङ्क्रमण

कोरोना भाइरसविरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएकोभन्दा १० गुणा बढी सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

११ माघ, न्युयोर्क । रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

दूतावासका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको आदेश

१० माघ, न्युयोर्क । अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

९ माघ, काबुल । अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top