२४ घण्टाभित्रै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९१ पुग्यो


Wednesday, 12 Aug, 2020 9:04 PM
२८ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । बुधबार ८ जना थपिएपछि मृतकको संख्या ९२ पुगेको छ । अर्का एक मृतकको भने पिसिआर परीक्षण भइरहेको छ ।


कहाँ–कहाँ भयो मृत्यु ?
–जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको हो । २० दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय गिरी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित रहेको बताइएको छ । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।  उनको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरमा रहँदा रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाण्डौं ल्याइएको थियो ।


–ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत काठमाडौं टेकुकी ७८ वर्षीया  महिलाको मृत्यु भएको छ ।  मंगलबार राति सवा १ बजे महिलाको मृत्यु भएको हो । बुधबार बिहान उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।  त्यस्तै बारा जिल्ला कलैयाका ७७ वर्षीय पुरुषको पनि किस्टमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको कोरोना रिपोर्ट भने दिउँसो आएको थियो । उनी दम तथा मुटु रोगी थिए । साउन २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पतालले किस्टमा रिफर गरेको थियो ।

–ललितपुरस्थित पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षिया महिलाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत महिलाको गएराति १ बजे मृत्यु भएको हो । महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

–काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृतक धादिङको नीलकण्ठ नगरपालिका–१४ का वासिन्दा हुन् । मृत्युपश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी धादिङबेसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए । 

–सप्तरी डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । मृतक बृद्धलाई चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स मगाइएको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।  उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत रोगी थिए । 

–बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।  ४२ वर्षीय पुरुष गत साउन २५ गते र २५ वर्षीय पुरुष गत साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए पनि २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ । 

–मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन् ।  श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

५ असोज, काठमाडौं । नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ। नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ। ​हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। 


नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top