नेपालमा कोरोनाबाट थप ६ जनाको ज्यान गयो, कहाँ कतिको मृत्यु भयो ? (सूचीसहित)


Wednesday, 12 Aug, 2020 10:29 AM
२८ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको संखया ८३ जना पुगेको पुष्टि गरेको थियो । मंगलबार साँझदेखि बुधबार बिहानसम्म थप ६ मृतक थपिएका छन् । योसँगै नेपालमा मृतकको संख्या ८९ पुगेको छ । 
  • ललितपुरको किस्ट अस्पतालमा काठमाडौं टेकुकी कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । ‘अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै हामीकहाँ आउनु भएको थियो,’ पाठकले भने, ‘आईसीयुमा राखेर उपचार गर्दागर्दै उहाँको देहान्त भयो ।’

उनले भने, ‘किस्ट अस्पतालले कोभिड वार्ड चलाइसकेको छैन, तर हामीले कोभिड शंकास्पद विरामीलाई पनि भर्ना लिएर उपचार गर्दै आएका छौं । रिफर गर्ने हाम्रो नीति छैन ।’ बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
 
  • ललितपुरकै मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयरको मृत्यु
ललितपुरको मेडिसिटी अस्पतालमा पनि गएराति एक कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित जनकपुरका पूर्वमेयर तथा प्रसिद्ध रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिनअगाडी अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए।  
 
  • जनकपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु
ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  उनी मेनेन्जाइटिसको समस्या देखिएपछि गत साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। आइसीयूमा उपचाररत गएराति १ बजे मृत्यु भएको शर्माले जानकारी दिए। 
 
  • मोरङका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु
मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन् । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन,’ उनले भने, ‘इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् । कोरोनाबाट विराटनगरमा–४ जना, रंगेली नगरपालिकामा १ जना, सुनबर्सी नगरपालिकामा १ जना र बुढीगंगा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।
 
  • बुटवलको कोरोना अस्पताल एक संक्रमितको मृत्यु, अर्का मृतकको पिसिआर रिपोर्ट आउन बाँकी
कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षका पुरुषको मंगलबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमध्ये एकजना कपिलवस्तु तौलिहवाका हुन् भने अर्का व्यक्ति कृष्णननगरका हुन्। कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा सोही दिन नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। मंगलबार राति स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अर्का कपिलवस्तुकै २५ वर्षीय युवा हिजो मंगलबार उपचारका लागि अस्पताल आएका थिए। ‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राति स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको छ’–बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न डा। सुदर्शन थापाले जानकारी दिए। उनको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि पठाइएको छ।
 
  • सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु, एम्बुलेन्समा चढेलगत्तै ज्यान गयो

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति  डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको हो । 

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

५ असोज, काठमाडौं । नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ। नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ। ​हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। 


नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top