चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन


Monday, 11 May, 2020 12:29 PM
२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए ।

यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

शहरका सबै सार्वजनिक स्थान बन्द गरिएको छ र मानिसहरुलाई घरमा नै बस्न अपिल गरिएको छ । यसबाहेक सार्वजनिक  यातायातमासमेत रोक लगाइएको छ ।


 


global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

कर्णालीमा ‘जबज’ को पक्षमा ओली पक्षको बृहत भेला, पाँच सय जनालाई निम्तो

६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्षसहित शीर्ष नेताहरुबीच वारपारको लडाइँ चलिरहेका बेला कर्णालीमा पूर्वएमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा शनिबार दिउँसो १२ बजे देखि भेला हुँदैछ। पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ– जनताको बहुदलीय जनवाद–जिन्दावाद।

महासचिव पौडेललाई भेटे लगत्तै नेम्वाङसँग नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको भेटवार्ता

५ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटेका छन् । पार्टी कार्यालयमा ओली पक्षका नेतासँग एकपछि अर्को गर्दै भेटिरहेका उनले ‘परिस्थिति गम्भीर’  रहेको प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय

हङकङ मामलामा चीनको चेतावनी– हाम्रो आलोचना गर्नेको आँखा निकालिदिन्छौँ

६ मंसिर, काठमाडौं । हङकङका विषयमा आफूविरुद्ध आरोप लगाउने अमेरिकालगायत पश्चिमा मुलुकलाई चीनले कडा चेतावनी दिएको छ। गत हप्ता चीनले एक प्रस्ताव गरेको छ, जसका आधारमा हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्छ, जो राष्ट्रिय सुरक्षाका लागि खतरा छन्। नभन्दै हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेको छ।

बाइडेनको चेतावनी– ट्रम्पले सत्ता छाड्न इन्कार गरिरहे भने धेरै मानिसको मृत्यु हुन सक्छ

२ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै आफूलाई सत्ता सम्हाल्नबाट रोकिरहे भने धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने तयारी गर्नुपर्ने बेला भइसक्दा पनि ट्रम्पले बाइडेनको जित अस्वीकार गर्दैै ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बारे जानकारी लिनबाट वञ्चित गरिरहेपछि बाइडेनले सोमबार डेलावेयरमा सम्बोधन गर्दै यसले हिंसा भड्काउन सक्ने चेतावनी दिएका हुन्।

बाइडेनको चेतावनी– ट्रम्पले सत्ता छाड्न इन्कार गरिरहे भने धेरै मानिसको मृत्यु हुन सक्छ

२ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै आफूलाई सत्ता सम्हाल्नबाट रोकिरहे भने धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने तयारी गर्नुपर्ने बेला भइसक्दा पनि ट्रम्पले बाइडेनको जित अस्वीकार गर्दैै ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बारे जानकारी लिनबाट वञ्चित गरिरहेपछि बाइडेनले सोमबार डेलावेयरमा सम्बोधन गर्दै यसले हिंसा भड्काउन सक्ने चेतावनी दिएका हुन्।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top