विश्वमा कोरोना संक्रमणको दैनिक दर हालसम्मकै उच्च, २४ घण्टामा थपिए दुई लाख ९२ हजार


Saturday, 1 Aug, 2020 9:28 AM
१७ साउन, काठमाडौं । विश्वभर एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शुक्रबार एकै दिन विश्वभर दुई लाख ९२ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जुलाई २५ मा दुई लाख ८६ हजार १६९ तथा जुलाई २४ मा दुई लाख ८५ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको थियो । 

शुक्रबार अमेरिकामा ६५ हजार ४०६, ब्राजिलमा ६९ हजार ७४ र भारतमा ५५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर अहिलेसम्म एक करोड ७५ लाख १६ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ६ लाख ७८ हजार भन्दा बढीको ज्यान गएको छ ।

विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म ४५ लाख ५९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख ५३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा २६ लाख ६२ हजार भन्दा बढीमा संक्रमण भएकोमा ९२ हजार चार सय भन्दा धेरैको ज्यान गएको छ।




global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ​भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका १३ नेता तथा कार्यकर्ता समातिए

२९ साउन, काठमाडौं । सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द ९विप्लव० समूहका नेतारकार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईरदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो।

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

अन्तर्राष्ट्रिय

भुटानमा राष्ट्रव्यापी लकडाउन

२८ साउन, काठमाडौँ । 
भुटानले कोरोना भाइरस नियन्त्रणका लागी राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गरेको हो ।  सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।
सरकारले लकडाउन 

डोनल्ड ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको विपक्षी उम्मेदवारको आरोप

२९ साउन, काठमाडौँ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकालाई जीर्ण बनाएको दाबी गरेका छन् । उनीहरुले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा आलोचना गरेका छन् । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले अमेरिका नेतृत्वका लागि रोइरहेको बताएकी छन् । उनले भनिन्, अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर परिवारद्वारा खण्डन

२९ साउन, काठमाडौँ । 
भारतमा सोसल मिडियामा लगातार आइरहेको भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।   प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा लेखेकी छिन्मे मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ । प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले आफ्ना पिता प्रणब मुखर्जी

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top