थप १३ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो


Sunday, 20 Sep, 2020 4:39 PM
४ असोज काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्।  प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार  ५ सय ८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ। पछिल्ले २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।
यो कूल संक्रमितमध्येको प्रतिशत हो।


global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

२१ कात्तिकदेखि कांग्रेस केन्द्रीय समिति बैठक

१३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ ।  बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् । 

नेकपा केन्द्रीय समिति बैठक एक महिना सर्‍यो

१२ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग समकक्षीझैं वार्ता गरेको नेकपा प्रवक्ता श्रेष्ठको आरोप

९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय

मास्क प्रयोग गर्न आग्रह गर्दा यी दिदीबहिनीले सुरक्षागार्डमाथि २७ पटक प्रहार गरे चक्कु

१२ कात्तिक, काठमाडौं । अमेरिकामा मास्क र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्दा अमेरिकामा एक दिदीबहिनीले सुरक्षागार्डमाथि २७ पटक चक्कु प्रहार गरेका छन्। गत आइतबार इलिनोइस्थित होमन स्क्वायरको एक स्टोरमा मास्क नलगाई पस्न खोज्दा २१ वर्षकी निथर जेसिका हिल र उनका १८ वर्षकी बहिनी जेलालाई सुरक्षागार्डले मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका थिए।

कोरोना महामारीबीच बिहारमा मतदान सुरु

१२ कात्तिक, काठमाडौं । कोरोना महामारीबीच भारतको बिहारमा विधान सभा चुनावअन्तर्गत बुधबार मतदान सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहार विधान सभाका २४३ सिटका लागि पहिलो चरणको मतदान सुरु भएको हो। पहिलो चरणमा बिहारका १६ जिल्लाको कूल ७१ सिटमा मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

उत्तर सिरियामा रुसको हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

११ कात्तिक, काठमाडौं । उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ। बीबीसीका अनुसार घटनामा कैयौं लडाकु घाइते भएका छन्। हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएको थियो। 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top