mega
global ime bank

​दहीका छन् अनेक फाइदा तर कसले खानु हुँदैन ?


Sunday, 22 May, 2022 1:07 PM
Curd – My Rice And Dal
काठमाडौं । गाई, भैंसीे, बाख्रा, ऊँट, याक र केही वनस्पतिको दूधबाट दही तयार गर्न सकिन्छ । वनस्पतिजन्य दूधमा भटमास, धान, नट्स, बदाम तथा नरिवल आदिबाट दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दूधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूको लागि र भेगान वर्गको लागि लाभदायक हुन्छ ।

दही प्रशोधित दुग्ध पदार्थ हो, जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिन पाइन्छ । यसको सेवनले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्टेरोल कम हुने, पाचन राम्रो हुने, प्रतिरोध क्षमता बढ्ने जस्ता फाइदा हुन्छ । दहीलाई प्रोबायोटिक्स् पनि भनिन्छ,  जसले पेटको स्वास्थ्यलाई असाध्यै राम्रो गर्छ । छोटकरीमा भन्दा प्रोबायोटिक्स् भन्नाले शरीरलाई फाइदा गर्ने जीवित व्याक्टेरिया हुन् भने प्रिबायोटिक्स् भन्नाले यस्ता लाभदायक व्याक्टेरिया राम्रोसँग हुर्किन र वृद्धि विकास हुन सहयोग गर्ने खाद्यपदार्थ हुन् । यी दुवै शरीरको लागि आवश्यक छन् ।

प्रोबायोटिक्स् दहीलगायत अन्य विभिन्न खाद्यपदार्थमा पाइने व्याक्टेरिया हुन्, जसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछन् । तर प्रिबायोटिक्स् त्यस्ता पदार्थ हुन्, जुन फाईबरयुक्त कार्बोहाइड्रेटबाट बढी मात्रामा पाउन सकिन्छ । यस्ता फाईबरजन्य पदार्थ शरीरले पचाउन सक्दैन तर यी फाईबरमा फाइदाजनक किटाणु रमाउने, हुर्किने र खाना प्राप्त गर्ने गर्दछन् । आन्द्रामा पाइने यस्ता दुवै व्याक्टेरियालाई लाभदायक व्याक्टेरियाको समूह पनि भनिन्छ, जसले हाम्रो शरीरमा धेरै राम्रो काम गर्छन् । त्यसकारण प्रोबायोटिक्स् र प्रिबायोटिक्स्लाई सन्तुलित तवरले मिलाएर खाएमा यस्ता फाइदाजनक व्याक्टेरियाको राम्रो वृद्धि विकास हुन्छ ।

फाइदाजनक व्याक्टेरियाले ९प्रोबायोटिक्स्० हाम्रो शरीरमा रोग विरुद्ध लड्ने क्षमता बढाउने, डिप्रेसन हटाउने, मोटोपन घटाउन सहयोग गर्ने, ल्याक्टोज नपचाउने व्यक्तिमा देखापर्ने लक्षण हटाउने, रोग प्रतिरोध क्षमता बढाउने, एन्टिबायोटिक सेवन गर्दा हुने झाडापखालाको रोकथाम गर्ने, पेटको गम्भीर समस्या ९आईबिडि० को रोकथाम गर्ने, कोलेस्टेरोल नियन्त्रणमा राख्ने, भिटामिन ‘के’ र आवश्यक तत्व बनाउने जस्ता काम गर्दछन् । यस्ता तत्व ९फ्याटी एसिड० ले ठूलो आन्द्राको भित्री तहलाई सुरक्षा गर्ने र बलियो बनाई हानिकारक पदार्थ, भाईरस र अन्य हानिकारक व्याक्टेरियाको असरबाट बचाउँछन् । साथै ईन्फ्लामेसन घटाउने र क्यान्सरको जोखिम पनि घटाउने काम गर्दछन् । प्रिबायोटिक्स् ओट्स, केरा, बेरी, लसुन, प्याज, फलफुल, तरकारी तथा गेडागुडीमा प्रशस्त पाईन्छ भने प्रोबायोटिक्स् दही र प्रशोधित खाना ९किम्ची, केफिर, केही अचार० मा पनि पाईन्छ । त्यसकारण पेटका अधिकांश समस्यामा प्रोबायोटिक्स् प्राप्त गर्नका लागि दही खानु राम्रो हुन्छ ।

दही खानुका फाईदाहरू

सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दहीको सेवन गर्दा हुने फाइदा यसप्रकार छः

१. दहीमा प्रोटिन उच्च मात्रामा पाइने हुँदा यसको सेवनले ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्तमा तौल समेत कम बनाउँछ ।

२. डिप्रेसन र चिन्ता घटाउँछ । किनकि दहीमा हुने प्रोबायोटिक्स्मा हुने किटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।

३. रगतमा हुने खराब कोलेस्टेरोल घटाउँछ ।

४. विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।

५. सङ्क्रमण कम गराई रोगविरुद्ध लड्ने क्षमता बढाउँछ ।

६. डण्डीफोर, एक्जिमालगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।

७. कोषहरूको विभाजन, कार्य र क्षमतामा बृद्धि ल्याई बूढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्वले हाड कमजोर हुने वा मक्किने रोग ९ओस्टोपोरोसिस्० लाई पनि निको बनाउँछ ।

८. पाचन राम्रो बनाउने र स्नायु सम्बन्धि विकृति कम गर्न सहयोग गर्छ ।

९.दहीमा हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वले ९क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज० भरिपूर्ण हुने भएकोले यसको सेवनले रोगविरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रुपमा राख्न सहयोग गर्छ ।

१०. दहीको सेवन गर्दा यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ, जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।

कस्तो बेला दही प्रयोग नगर्ने ?

दही खाँदा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्याँस चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन सक्छ । पछि पछि यी समस्या घट्दै जान्छ । यदि दही खाँदा अन्य समस्या देखापरे दहीको प्रतिअसर पनि हुन सक्छ । उदाहरणका लागि दूधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनैपनि दुग्ध पदार्थ र दहीको समेत सेवन गर्नु हुँदैन । यो बाहेक निम्न अवस्थामा दही सेवन गर्नु हानिकारक हुन्छः

ल्याक्टोज पचाउन नसक्ने अवस्था 

कसै कसैको शरीरमा ल्याक्टेज तत्वको अभाव भएको अवस्थामा दूधमा भएको ल्याक्टोज सुगर पच्दैन, जसले गर्दा पेटका विभिन्न समस्या देखिन्छ । यदि त्यस्ता व्यक्तिमा ल्याक्टेज इन्जाइमको अभाव छ भने दही वा कुनैपनि दूग्ध पदार्थको सेवन गर्दा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।ल्याक्टोज पचाउन नसक्नेलेदही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

दूधको एलर्जी 

दुग्ध पदार्थमा पाइने केसिन र ह्वे जस्ता प्रोटिनको कसै कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीं मृत्युजन्य अवस्था ९एनाफाइलेटिक सक० आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

चिनी राखेको दही 

दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकोले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।

विरुद्ध आहार 

चिया, कफी, दूध, पनिर, खीर, काँक्रा, खरबुजा, मेवा आदि दहीसँग विरुद्ध आहार हुने भएकोले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।

स्वस्थकर दहीको छनौट

स्वस्थ्यका लागि सकभर सादा, कम गुलियो, कम चिल्लो भएको र कुनै चिनी वा अन्य गुलियो थप नगरेको दही राम्रो हुन्छ । बढी चिल्लो दहीमा बढी नै क्यालोरी पाइने भएकोले त्यस्तो दही थोरै मात्रामा लिनुपर्छ । सकेसम्म प्रोबायोटिक्स् गुण भएको अर्थात् प्रशोधन गर्दा पाश्चराईज गरेको दही छनौट गर्नु उपयुक्त हुन्छ । बजारमा किन्दा प्याकिङ गरिएको छ भने त्यसको लेवल राम्रोसँग हेरेर त्यसमा मिसाइएका तत्वहरूको ९सुगर, कृत्रिम स्वाद वा गन्ध, बिग्रन नदिन मिसाइएका अन्य रसायन, पौष्टिक तत्वको मात्रा आदि० पूर्ण जानकारी लिएर मात्र खरीद गर्नुपर्छ ।

अन्तमा,

विभिन्न गुणले भरिपूर्ण दहीको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । गर्मी मौसममा त दही वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । दहीमा पाइने प्रोबायोटिक्स्को गुणले पाचनप्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोग समाधान हुन्छ ।

दही खाँदा समय भने मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, छाछ, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठिक हुन्छ तर बेलुकी दही कहिल्यै खानुहुँदैन । राती खाएको दहीले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ ।

अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु र समयको बारेमा जानकार नहुनु हो । दही आफ्ना लागि खाँदा बिहान, अरुका लागि खाँदा दिउँसो र शत्रुका लागि खाँदा राती खानुपर्छ भन्ने भनाई पनि छ । जे होस्, दही सेवन गर्नु स्वास्थ्यका लागि धेरै राम्रो हुने भएतापनि कहिलेकाहीं यसका असर पनि देखिन्छ । आफ्नो स्वास्थ्यको ख्याल गरेर दही खानु उत्तम नै हुन्छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

१७ असार, काठमान्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमान्डौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

१७ असार, काठमान्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल) ले आयोजना गरेको रथयात्रामा सरिक भएकी राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् । स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै

अन्तर्राष्ट्रिय

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

१४ असार, काठमान्डौँ । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ । धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ । मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

१४ असार, काठमान्डौँ। अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन


 

​अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो। ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ। हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top