आफ्नो राजीनामा माग्दै एक ठाउँ उभिने विपक्षीहरुलाई इमरानले भने– डाँकुहरुको एकता


Monday, 12 Oct, 2020 10:19 AM
२६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्। आफूविरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले भने ‘डाँकुहरूको एकता’को संज्ञा दिएका छन् । असोज ५ गते पाकिस्तानमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। 

उनीहरूले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका थिए। गठबन्धनमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू छन्।

‘सारा बेरोजगार नेता एकसाथ खडा भएका छन्। यो डाँकुहरूको एकता हो। विपक्षले आफ्नो इच्छा अनुसार जुलुस(जलसा गरून्, कानुन तोडेमा सिधा जेल जानेछन् र त्यो जेल भिआईपी जेल हुनेछैन, आम कैदीवाला जेल हुनेछ,’ इमरानले चेतावनी दिँदै पाकिस्तानी पत्रिका ‘जंग’सँग भनेका छन् । 

आफूविरूद्ध मोर्चाबन्दी गरेको विपक्षी गठबन्धनविरूद्ध इमरान खरोरूपमा उभिरहेका छन्। उनले यसमा खासगरी नवाज शरीफलाई आफ्नो मुख्य निशाना बनाएका छन्। ‘विपक्षीको उदेश्य लोकतन्त्र हैन, भ्रष्टाचार बचाउ नेछ। लोकतन्त्र त म हूँ, देशले प्रगति गरिरहेको छ। त्यसैले विपक्षीलाई सरकार ढाल्ने हतारो छ’, इमरानले भने।

वकिलहरूको एक संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले मुख्य रूपमा शरीफमाथि निशाना साँधे। उनले शरीफ पंजाब पुलिस बन्ने ध्याउन्नमा रहेको आरोप लगाए। ‘नवाज शरीफ सेनालाई पंजाब प्रहरी बनाउन चाहन्छन्। जब उनी सत्तामा हुन्छन् तब सबैमा काबु राख्छन्, आईएसआईलाई काबुमा राख्ने प्रयास गर्छन् अनि लडाईं हुन्छ। यही कारण उनको सेना प्रमुखसँग कुरा मिल्दैन’, उनले भने।

उनले आफूलाई सेनासँग कुनै समस्या नरहेको र सेना हरेक ठाँउमा सरकारसँगै उभिएको दाबी गरे। नवाजले हाल भ्रष्टाचार अभियोगमा सजाय काटिरहेका छन् र पछिल्लो समय उपचारका लागि लन्डनमा छन्। भ्रष्टाचार निवारण संस्था नेशनल एकाउन्टेविलिटी ब्यूरोले नएक मुद्धामा नवाजलाई अदालतमा हाजिर हुने आदेश दिएको थियो। त्यहाँ नवाज हाजिर भएनन् जसका कारण ब्यूरोले उनको पासपोर्ट र परिचयपत्र रद्ध गर्ने सिफारिस गरेको छ। ब्यूरोले उनलाई भगौडा र नगद पुरस्कार घोषणा गरिएको अपराधी बनाउने प्रक्रिया सुरू गरेको छ।

यसका अलावा पाकिस्तान सरकारले शरीफका भाइ र मुश्लिम लिगका अध्यक्ष शहबाज शरीफकी पत्नी र उनका दुई छोरासमेत १० जनाको नाम एक्जिट कन्ट्रोल लिस्टमा राखेको छ। यसको अर्थ उनीहरू देश छोडेर जान सक्दैनन्। आयभन्दा धेरै सम्पतिको मामिलामा शहबाज शरीफको अन्तरिम जमानत खारेज भएपछि उनलाई २८ सेप्टेम्बरमा लाहोर हाइकोर्टबाट पक्राउ गरिएको थियो। तर सरकारको यस कारवाहीबाट विपक्षी दलहरू डराएका छैनन् र इमरानमाथि उनीहरूको हमला कम भएको छैन।


 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

प्रतिपक्षी कांग्रेसको निर्णयपछि सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता एकमुष्ट फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पनि दसैँ भत्ता नलिने भएका छन् । कोरोना महामारीका जनता उपचार र खान नपाएर बेहाल बनेका बेला सांसदहरुले भत्ता लिने निर्णयको व्यापक विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

कांग्रेसका ६३ सांसदले ४० लाख ३६ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता एकमुष्ठ फिर्ता गर्ने

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। सांसदहरुले भत्ता एकमुष्ट फिर्ता गर्ने भएका छन् । 

दसैं भत्ता फिर्ता गर्न आफ्ना सबै सांसदहरुलाई कांग्रेसको निर्देशन

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। ‘पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

अन्तर्राष्ट्रिय

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

आफ्नो राजीनामा माग्दै एक ठाउँ उभिने विपक्षीहरुलाई इमरानले भने– डाँकुहरुको एकता

२६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्। आफूविरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले भने ‘डाँकुहरूको एकता’को संज्ञा दिएका छन् । असोज ५ गते पाकिस्तानमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

१७ असोज, काठमाडौं ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ ।  शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top