वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु


Wednesday, 21 Jul, 2021 2:17 PM
६ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँचजना छन् ।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए । घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७६÷७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा ३१ घाइते भएका थिए । घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उनले जानकारी दिए । कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो ।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण
गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो । यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पु¥याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

​चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

६ साउन काठमाडौ । भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको 

अत्याधिक गर्मीका कारण अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडाको जनजीवन प्रभावित

१४ असार काठमाडौ । प्रचण्ड गर्मीका कारण अमेरिकाको प्यासिफिक नर्थवेष्टको ठूलो क्षेत्र तथा क्यानडाको जनजीवन प्रभावित भएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्याधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्गटन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको छ। ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top