norvic
global ime bank

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु


Tuesday, 26 Oct, 2021 1:52 PM
९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको र केही घण्टा पछि दोस्रो बच्चाको पनि मृत्यु भएको बताए । 

त्यसै रात तीन थप बच्चाको पनि मृत्यु भयो ।यार मोहम्मद बटग्राम जिल्लाका बासिन्दा हुन् । उनकी श्रीमतीले जिन्ना अन्तरराष्ट्रिय टिचिङ अस्पतालमा सात बच्चालाई जन्माएकी थिइन् । उनका पहिले नै दुई छोरी छन् । सात बच्चा जन्मिँदा उनीहरु असाध्यै खुसी थिए । यार मोहम्मदले भने, ‘दुईजना बच्चा मात्रै बाँचेका छन् भनेर हामीलाई थाहा भएपछि इस्लामाबाद जाने तयारी गर्न थाले । तर, बच्चालाई एबटाबादमा अयूब टिचिङ अस्पताल पठाइँदै छ भनियो । त्यहाँ पनि एउटा बच्चा बाँच्न सकेन र दोस्रो भेन्टिलेटरमा छन् । यो बच्चा जन्मिएदेखि नै भेन्टिलेटरमा छन् ।’ उनले थपे, ‘हामीले बच्चाकी आमालाई दुईजना बच्चाको मात्रै मृत्यु भएको बताएका छौं । उसलाई सबैकुरा थाहा छैन ।’ 

अन्तरराष्ट्रिय अस्पताल र अयूब टिचिङ अस्पतालले बच्चाको मृत्युको पुष्टि गरेको छ । अयूब टिचिङ अस्पतालले बीबीसीसँगको कुराकानीमा समय अगावै बच्चाहरु जन्मिएका कारण उनीहरुको मृत्यु भएको बताएको छ । ती बच्चाका तौल पनि असाध्यै कम भएको अस्पतालले जानकारी दिएको छ ।अस्पतालमा नर्सरी वार्डका विशेषज्ञ डाक्टर इकरामले भने, ‘प्राकृतिक रुपमा यदि गर्भमा एक वा दुई बच्चा छन् भने उनीहरुले पूरा पोषण पाउँछन् तर योभन्दा बढी बच्चा भएको खण्डमा पूरा पोषण पाउन गाह्रो हुन्छ । यस्तोमा उनीहरुका लागि खतरा बढ्ने गर्छ ।’


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top