mega
global ime bank

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु


Friday, 31 Dec, 2021 3:21 PM
१६ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो ।

रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पु¥याएका थिए । स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पु¥याएका थिए । अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ । उनी साउदी अरबमा रहेको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम शाखामा वायर हाउसमा कार्यरत थिए ।

उनी आउँदो फेब्रुअरीमा नेपाल फर्किने तयारीमा थिए । नेपाली दूतावास स्रोतका अनुसार मृतकको शवलाई कम्पनी र परिवारसँग समन्वय गरेर जतिसक्दो चाँडो नेपाल पठाइने तयारी थालिएको छ । उनको परिवारमा आमा, पत्नी, एक छोरा र एक छोरी रहेको नजिकका साथीभाइहरूले बताएका छन् ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

११ माघ, न्युयोर्क । रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

दूतावासका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको आदेश

१० माघ, न्युयोर्क । अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

९ माघ, काबुल । अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top