​सकियो धनगढी प्रिमियिर लिगको तयारी


Friday, 7 Apr, 2017 8:38 AM
२५ चैत । सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भएको छ । आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको हो । क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को नयां योजनाका साथ शहरहरु केन्द्रित लिगको तयारी सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । केही टिमहरु धनगढी आईसकेका छन् भने केही टिमहरु धनगढी आउने क्रम जारी छ । अध्यक्ष शाहीले भने–मैदान तथा पीच निर्माण सम्पन्न भईसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न उप समितीहरुले पनि आ–आफ्ना जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेका छन । म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् । 

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ०९ सम्म आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी सकिएको हो । यो लिग नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यवसायिक पाईलामा नया आयाम हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बिचमा खेल हुनेछ । खेलको सवै तयारी सकिसकेको छ । सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने अध्यक्ष शाहीले वताए । 

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को सयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) नेपाली क्रिकेमा नौलो संरचना,  नेपालकै सबभन्दा ठूलो धनराशिको पुरस्कार भएको सुदुरपश्चिमाञ्चल एकेडेमीका पिूसिन्पल पुष्पराज ाजेशीले वताए । यस अघिको देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयां स्वरुप नै ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ धनगढी क्रिकेट एकेडेमीसग मिलेर आयोजना गरेको प्रिन्सिपल जोशीले वताए । 

देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ । जसमा कप्तानको टुंगो लक्की ड्र बाट गरिएको हो । उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन । ती बाहेक अन्य खेलाडीहरुले अक्सनमा रकम बोलकबोल गरेर १ लाख रुपैयासम्म रकम पाएका छन । प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् ।
प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई रु ७ लाख रुपैया तथा ट्रफी प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो हालसम्मकै सवैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो । प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले वताए ।

प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमस“गको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर रु ३०, ५०, ८० र र १०० रहनेछ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्ष्ँक अर्जुन खड्का  छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइनेछ । त्यस्तै, १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिईने अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।    

दर्शकहरुलाई पहिलो पटक सुदुरपश्चिममा कृत्रिम प्याराफिट निर्माण गरिनुका साथै टिकट काटेका दर्शकहरुमध्ये गोलाप्राथवाट एक जनालाई नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ । यसको साथै खेलाडीहरुको लागि खेल अवधिभर खेल चिकित्सकको पुर्ण रुपमा व्यवस्थापन गरिएको छ भने एनएलजी ईन्सुरेन्सले खेल अवधिभर ५ लाखको वीमा गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

प्रतियोगिताले धनगढी अनि समग्र सुदूरपश्चिमको पहिचान फराकिलो बनाउन मदत पुगेको विश्वास लिएका छौ । प्रतियोगिता अवधीभर यस क्षेत्रको आर्थिक क्रियाकलाप चलायमान हुने र विभिन्न व्यक्तिहरुले रोजगारी पाउने आशा आयोजकले गरेका छन् । देशभरिबाट हजारौ पर्यटन धनगढी भित्र्ने स्थानीय व्यापारी, होटल व्यवसायी, यातायात क्षत्रको विकासमा प्रबर्धन पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top