राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व


Monday, 29 Jun, 2020 3:58 PM
-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा अगाडि कृषिलाई प्रोत्साहन दिने र धानको महत्त्व नभएको भन्नेचाहिँ होइन।जुन कुरा हाम्रो जिउँदो इतिहास हामी भन्दा अग्रज र हाम्रा धार्मिक शास्त्रलाई प्रमाण मानेर भन्न सकिन्छ।

विदुरका अनुसार ननःस समित गच्छेद पश्य च नोर्वपेल्कृषिम्।।
अर्थात् जुन व्यक्तिलाई कृषि कर्म आउदैन त्यसता व्यक्ति कुनै पनि समितिको सदस्य बन्न अयोग्य छन्। धानको प्रचलन कहिले देखि भयो यकिन रुपमा भन्न सकिदैन, तर धान र कृषिलाई लिएर हाम्रा वेदका पनाहरुपनि रङ्गिएको हुदा यो कुरा चाहिँ प्रष्ट हुन्छ कि आदिकाल देखि नै कृषिको अवधारणा बिकास भएको थियोे र  धान खेती पनि  हुनेगरेक‍ो थियोे
। पूर्ववैदिक कालमा  अन्नलाई यव र धान्य भनिन्थ्यो।

तैत्तरिय संहिताका अनुसार जाडो याममा जौ छरेर गर्मीयाममा काट्ने गरिन्थ्यो। धान वर्षा याममा रोपेर जाडोयाममा पाकेपछि काट्ने गरिन्थ्यो। पाणिनीको अष्टाध्यायीमा ब्रीहिया र यवक आदि धानको नाम आएको छ।

कैटिल्यका अनुसार अरु खेति भन्दा धान खेती उत्तम भनेका छन्।
पौराणिक कालमा अन्नलाई ब्रहम मानिन्थ्यो र ‌औषधि पनि भनिन्थ्यो र सो गुण पनि हुन्थ्यो। सो गुण प्रबिष्ट होस भन्नको लागि 

अन्नका पति अग्नीलाई प्राथना गरि बाजागाजा र स्वस्ति वाचन सहित आफ्ना भुमिका पतिलाई अघि लगाइ रोपाइको काम गरिन्थ्यो जस्को उदाहरण जनक र दुर्योधनलाई लिन सकिन्छ। जस्ले हलो जोत्ने कार्यको सुरुवात गरेका छन्।

पराशरस्मृति अनुसार अन्न प्राणको बलको र सर्वाथ सिद्धिको कारण हो।
देवता, असुर र मानव पनि अन्नको सेवनबाट जीवित रहन्छन् ।
सबै कार्य अन्नबाट नै हुने भएकाले सबैकार्यलाई छाडेर कृषिकार्य गर्नुपर्छ।यसरी हेर्दा प्राचीन समय देखि अर्वाचीन समयसम्म पनि सात्विक कृषिको महत्त्व रहेको छ।

अब खेतिको महत्त्व संगसंगै कसरी गरिरहेका छौ त्यसले पनि महत्त्व राख्दछ। हासिखेलि गर्दै रोपिएको धानमा सकारात्मक उर्जाको प्रभाव पर्छ।हामीले जस्तो खाना खान्छौ त्यस्तै मन बुद्धि र बल हुन्छ।

यजुअ २३३२ श्लोक अनुसार दही खादा हामीले दही खानु भन्दा अगाडि  गरेको बाचिक पापलाई  नष्ट गरि मुखलाई शुद्ध गरि प्राणको रक्षा गरेर आयुको वृद्धि गर्दछ।

चिउराले बल प्रदान गर्दछ। सिमसिम पानी परिरहदा गंगा स्नान भइराखेको हुन्छ। हिलो छ्याप्ने गर्दा मृतिका स्नान र कत्थेर काहिँ देखिने सूर्य नारायणले गर्दा धुप स्नान हुन्छ।यसरी हेर्दा शुद्ध मन अनि शुद्ध इन्द्रिय भएको मानिसले रोपेको अन्नबाट सोही अनुसारको अन्न उत्पादन हुने हुदा 
आजको यो चाडको धार्मिक तथा सांस्कृतिक महत्त्व  रहेको छ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top