सर्वोच्चले योग्य देखेका डिआइजी सिलवाललाई अख्तियारको ठुलो झट्का (पत्रसहित)


Thursday, 6 Apr, 2017 6:52 AM
२४,चैत,काठमाडौं । सर्वोच्च अदालतले अन्य डिआईजी भन्दा सिनियर र कार्य सम्पादनमा आगाडि रहेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्न योग्य देखेका डिआईजी नवराज सिलवालमाथि आपत आइलागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवाल र उनको मिटरव्याज प्रकरणमाथि गम्भिर रुपमा छानविन अगाडि बढाएका कारण सिलवाल समस्यामा पर्न लागेका हुन् । सिलवालमाथि जग्गा किनबेच गर्दा राजश्व छलि गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको छ ।

 जुन कुराको तथ्य अख्तियारले लिखत रुपमा नै सिलवाल विरुद्धका उजुरीकर्ता अर्थात सिलवालका कुनै समयमा ‘मिटरव्याज’ का साझेदार गुनबहादुर थापा(शम्भु)का छोरा सागर थापालाई जानकारी दिइसकेको छ । अख्तियारले गत फागनु १८ गते सागरलाई दिएको पत्रमा भनिएको छ–‘तपाईले निवेदनमा उठान गर्नु भएको विषयमा आयोगबाट छानविन एवम् अनुसन्धान भइरहेको हुँदा सोही बमोजिमको व्यहोरा अवगत गर्नुहुन अनुरोध छ ।’ स्रोतका अनुसार सिलवाललाई अख्तियारले पनि बयानका लागि पत्राचार गरिसकेको छ । आफ्नो बुबालाई विभिन्न आरोप र झुट्टा मुद्दाहरु लगाएर अबैध रुपमा पैसा असुली मानसिक यातना दिंदै सिलवालले फसाउँदै आएको र राजश्व छली गरेको भन्दै सागरले अख्तियारमा उजुरी दिएका थिए ।

 अख्तियारको ४ नम्बर महाशाखाले २०७३ कार्तिक १ गते त्यस विषयमा के भएको हो भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई चलानी नम्वर ५५२ राखेर प्रतिक्रिया मागेको थियो । प्रहरी प्रधान कार्यालयले अख्तियारलाई जवाफ पठाइसकेको र त्यस बिषयमा निर्णय हुन बाँकी रहेको अख्तियार स्रोतको भनाई छ । हाल केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) मा कार्यरत डिआइजी सिलवालले कुमारराज शर्माको नाममा रहेको मकवानपुर जिल्ला ज्यामिरे गाबिस वडा नं.७(क) कि.न ८७ क्षेत्रफल. १–८–१/२ (१ बिगाह, आठ कठ्ठा आधा धुर ) जग्गा आफ्नो नाममा पास गर्दा राजश्व छली गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

 सिलवालले २०६७/७/१४ मा र.नं.५८७ (क) बाट शर्माको नामबाट आफ्नोमा रजिष्ट्रेशन पास गरेको खुलेको छ । शर्मा गुनवहादुर थापाका साझेदार पनि हुन् । उक्त जग्गा मालपोतको मुल्याङ्कनले कठ्ठाको ६ लाख रहेको र जग्गाको पुरै मुल्याङ्कन गर्दा १ करोड ६८ लाख भै राजश्वबापत ३ प्रतिशतको दरले ५ लाख ४ हजार तिर्नु पर्नेमा सिलवालले ७६ हजार मात्र तिरेर राजश्व छली गरेको भन्दै उजुरी परेको थियो । जुन विषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले सागरलाई जानकारी गराएका छन् । त्यसो त । आफ्नो बुबालाई विभिन्न आरोप र झुट्टा मुद्दाहरु लगाएर अबैध रुपमा पैसा असुली मानसिक यातना दिंदै सिलवालले फसाउँदै आएको र राज्यका कुनै पनि निकायले छानविन नगरेको भन्दै सागरले सर्वोच्च अदालतमा पनि सिलवालसहित राज्यका बिभिन्न निकाय बिरुद्द कारवाहीका लागि परमादेश जारी गरी पाउँ भन्दै निबेदन समेत दिएका थिए ।

 तर, सर्बोच्चका न्यायधिस ईश्वर खतिवडाको इजलासले फागुन ४ गते उक्त रिट खारेज गर्दै भनेको छ– ‘प्रहरी नियमावलीले तोकेअनुसार केही आचरण र नियमहरु पालना नगरेको भन्ने सन्दर्भमा विचार गर्दा यो विषय सम्बन्धित विभागीय प्रमुव वा अख्तियारले हेरी निरोपण गर्नुपर्ने विषय देखिन्छ ।  आचरण पालना सम्बन्धी प्रारम्भिक क्षेत्राधिकार विभागीय कारबाही गर्ने अर्थात कानूनतः आचरणगत विषयमा अनुगमन र मूल्यांकन गरी पदीय अनुशासन कायम राख्न लगाउने कानून बमोजिनम कर्तव्य तोकिएको निकाय वा पदाधिकारीमा रहने देखिन्छ ।

 त्यस प्रकारको निकायमा उजुर गरी ध्यानाकर्षण गराउने कार्य पीडित पक्ष वा सरोकारवालाबाट हुन सक्ने नै हुन्छ ।’ आईजीपी बन्नका लागि उच्च नैतिक चरित्र र आचरणमा दाग नलागेको योग्य प्रहरी हुनुपर्ने कानुनी प्राबधान रहेको हुँदा सर्वोच्चले योग्य देखेपनि अख्तियारले भने डिआईजी सिलवालमाथि अनुसन्धान थालेका कारण सिलवाल अयोग्य भन्ने संभावना देखिएको छ ।

 अख्तियारमा लोकमानसिंह कार्की प्रमुख रहँदा सिलवालको उक्त उजुरी लुकाएर राखिएको थियो । तर, अख्तियारबाट लोकमान निलम्वित भएसँगै सिलवाल छानविनको दायरामा तानिएका हुन् । सिलवालमाथि थापालाई मानव ओसारपसार र बैंकिङ कसुर जस्तो झुटो मुद्दा लगाएर फसाएको विषयमा पनि अख्तियारले अनुसन्धान गर्ने बताएको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top