भारतमा पिपिई अभाव भयो भन्ने डाक्टरलाई गरियो मानसिक अस्पतालमा भर्ना


Saturday, 23 May, 2020 11:55 AM
१० जेठ, काठमाडौं । भारतका एक प्रख्यात डाक्टरले अप्रिल ३ मा सार्वजनिक रुपमा मास्क तथा पिपिईको अभाव रहेको भन्दै स्थानीय मिडियाहरुमा चिन्ता व्यक्त गरेका थिए। उक्त कार्य पछि सरकारले यस विषयमा छानबिन माग गर्यो। तर औपचारिक उजुरी दर्ता गर्नुको सट्टा सार्वजनिक रुपमा यसरी देखा पर्दा अन्य स्वास्थ्य सेवाकर्मीहरूको मनोबल बिगारेको भन्दै  डाक्टर सुधाकर रावलाई सरकारले निलम्बन गर्यो । 

उनले सार्वजनिक रुपमा ‘एउटै मास्क १५ दिनसम्म लगाउन भनेको जस्ता गुनासो पोखेका थिए । त्यसबेला भारतमा यस विषयमा निकै चर्चा भयो। डाक्टर रावले केही दिनपछि उक्त कार्यका लागि माफी माग्दै एउटा भिडियो बनाए। भिडियोमा आफ्नो निलम्बन रद्द गर्न माग गरेका थिए तर सरकारले यसमा कुनै प्रतिक्रिया दिएन। उनै डाक्टर राव एक पटक फेरि विवादको विषय बनेका छन्।

शनिबार अधिकारीहरुले उनलाई मानसिक अस्पताल भर्ना गरेका छन्। बिबिसीका अनुसार उनलाई शनिबार मानसिक अस्पताल पुर्याइएको हो।

यसले २० वर्षको अनुभव बोकेका एनेस्थेटिस्ट डाक्टर राव एक महिनाको अवधिमा दोस्रो पटक राष्ट्रिय समाचार र मानिसको चासोको विषय बनेका छन्।एक भाइरल भिडिओमा डाक्टर राव र पुलिसहरु दक्षिणी शहर विशाखापट्टनमको एक राजमार्गमा छन्। डाक्टर राव र उनका परिवार त्यहाँ बसोबास गर्दै आएका छन्।

ती भिडिओहरू मध्य एकमा डाक्टर राव सर्टरटिसर्ट बिना देखिएका छन्। उनी सडकको छेउमा आफ्नो कार भित्र बसेर पुलिसहरु माथि चिच्याइरहको देखिन्छ। अर्को भिडिओमा भने डाक्टर राव सडकमा देखिएका छन्। उनको हात पछाडिबाट बाँधिएको छ र उनी सडकमै सुतिरहेको देखिएको छ। उनलाई एक प्रहरीले लठ्ठी समेत हिर्काएका छन्।

पुलिसहरुका अनुसार राजमार्गमा अनियन्त्रित व्यवहार गरेका कारण उनलाई समात्न प्रहरी पुगेको बताएका छन्। यतिबेलासम्म ती व्यक्ति डाक्टर राव हुन् भन्ने थाहा नभएको उनीहरुले बिबिसीलाई बताएका छन्। अधिकारीहरूका अनुसार उनलाई मानसिक अस्पताल पठाइएको छ। मानसिक अस्पतालमा पुर्याइएको विषयमा डाक्टर रावका परिवारले भने षडयन्त्रको आरोप लगाएका छन्।

परिवारले रावलाई कुनै मानसिक समस्या नभएको तर केही दिनयता उनलाई धम्कीहरु आउन थालेकाले तनावमा आउने गरेको बताएका छन्।
डाक्टर राव पहिले नै निलम्बनमा रहेका कारण यो घटना विवादास्पद रहेको बिबिसीको समाचारमा उल्लेख छ।




global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top