एकादशी व्रत किन गर्ने ? के छ यसको महत्त्व ?


Tuesday, 2 Jun, 2020 8:43 AM

एकादशी भनेको चन्द्रमासको एघारौं दिन हो । यी सामान्यतया बर्षमा चौविस वटा पर्ने गर्दछन् ।अधिक मास परेको बर्षमा छविस् वटा हुन्छन।एकादशीलाई हरिवासर,माधवतिथी पनि भनिन्छ । प्रत्येक एकादशीको आफ्नै महत्त्व र बिशेषता रहेका छन् । एकादशी तिथि भगवान बिष्णुको प्रिय दिन हो ।
एकादशि व्रतले विशुद्धतालाई प्राप्त गरी शरीर अत्यन्त हल्का र चङ्गा रहन्छ । वीर्य, ओज र तेजको अपूर्व वृद्धि भई व्यक्ति देदिप्यमान् बन्दछ ।अनुहारमा सात्त्विक चमक, तेज र सैन्दर्य काफी मात्रामा बढ्न जान्छ । मन स्थिर र एकाग्र रहन्छ । दश‌ै इन्द्रिय प्रफुल्ल र पवित्र रहन्छन् ।उपासकमा आत्मगौरवको भावना बढ्छ र आध्यात्मिक शक्तिको विकास हुन्छ । तनाव र चिन्ता हट्दछ ।

 बैज्ञानिक कुरा गर्दा हाम्रो खानपानको गढबढिले हामीलाई सम्पुर्ण रुपमा असर गर्छ । भनिन्छ अति भयो भने खति हुन्छ ।यहाँ त्यही नियम लागू हुन्छ। यदि हामीले चाहिने भन्दा धेरै क्यालोरि खायौं मास–मदिरा खायौं नित्य यौनिकक्रिया गर्यौ भने डि.एन.ए मा भएको टेलामोर जो कि सुचना सुरक्षित राखन डि.एन.ए को एउटा चक्रमा एक जोडि हुन्छन् ।धेरै मात्रामा खेर जान्छन् । जवकि सात्त्विक भोजन गर्नेको सदाचारमा रहनेको यो कोषिय क्षय नगन्य मात्रामा हुनेछ ।तागत पनि ज्यादा मिल्ने हुन्छ।व्रतको समयमा स्वास दिर्घ हुने हुदा स्वतह   प्राणायम हुँदा आयु बढ्नेछ ।हाम्रो शरिरमा लगभग पचहत्तर प्रतिशत पानी वा तरल पदार्थ हुन्छ ।जसले गर्दा कुनै पनि किरण ,बिकिर्ण (bio magnetic current, electro magnetic current electro static field current )बिद्युतको कुशल शुचालक हो ।

पृथ्वीवाट सबभन्दा नजिक रहेको ग्रह चन्द्रमा रहेको छ।जसलाई मनको कारक भनेर पनि मानिएको छ।नजिक भएको र अज एकादशि देखि पुर्णिामा र औँशी म्म घुम्ने क्रममा आज नजिक आइपुग्ने हुदा मानिसलाई घेरै असर गर्छ । भनिन्छ आफ्नो थैलोको मुख राम्रोसँग बाध्यो भने कसैलाई चोर दोश लगाउन पर्दैन । त्यसैले हामीले दैनिकीमा केही परिवर्तन ल्याउदा जीवन धेरै र स्वास्थ जीउन पाउछैभने किन नगर्ने ।हामीले प्रत्यक्ष पनि थाहा पाइरहेको कुरा हो विभिन्न अपराधीक कृयाकलापहरु प्राय एकादशी देखि पूर्णिमा सम्म हुनेगर्दछन ।समुन्द्रमा छाल पनि बढी मात्रामा यही समयमा आउने  गर्दछ । आयुर्वेद  अनुसार त्रिगुण र सप्तधातुको खराबी बाट रोग उत्पन्न हुने गर्दछ । एकादशिको दिनमा अन्न सेवन गरेमा विकार वा पाप पैदा हुन्छ त्यसैले खानु हुदैन । 

सबभन्दा राम्रो उपबास निर्जला एकादशी हो । जुन अहिलेको हो ।तर अहिलेका मानिसले सो गर्न सक्दैनन् त्यसैले मनतातो पानी समय समयमा खाएर गर्नु नै राम्रो हो । श्रीमद्भगवत गीता अध्याय (१७/१९) श्लोकले पनि शरिरलाइ पीडा दिएर आफुलाइ हानि पुर्याउनु हुदैन भनेको छ । विज्ञानले पनि पूर्ण उपबाश बर्जित गरेको छ । किनभने उपबासको क्रममा जुन क्षार उत्पनन भएको हुन्छ,त्यसलाइ बाहिर फालि शारिरीक भित्री उपचार प्रक्रिया (internal healing prosses) मा सहयोग गर्नुपर्ने हुन्छ ।

महाभारतमा जनाए अनुसार एदी अधिकमास सहित एक बर्षमा रहेका छव्विस वटा  व्रत मध्ये पच्चीस वटा नगरी यो एउटा गरेपनि सवै व्रत गरेको फल मिल्दछ भनिएको छ ।तर श्रद्धा विना र अनुचित कामना राखेर गरेको उपाशना चाहिँ पुर्ण हुदैन ।

पानी पिएर गरेको व्रत व्रत गरेको पनि मानिन्छ र नगरेको यानि तोडेको पनि मानिन्छ।जुन कुरा राजा अम्वरिस र दुर्वासा बिचको कथा प्रसङ्ग वाट पनि बुझ्न सकिन्छ ।भगवान सधै भक्तको साथमा हुनुहुन्छ भन्ने र पारजा को महत्त्व पनि दर्शाईएको छ।जस अनुसार नक्षेत्राआन्तमा र द्वादशी तिथि अन्त्य नहुदै पारजा गर्नुपर्ने हुन्छ ।बैष्णव अपराधको कुरा पनि दर्शाइएको छ ।

पद्मपुराणका अनुसार एकादशी व्रत आठ बर्ष देखि असी बर्ष सम्मका सबैले गर्नुपर्दछ ।अशक्त र विरामीको लागि भने होइन।
पातञ्जली  योग सुत्रका अनुसार यदि मंसहार गर्ने ब्यक्ति छ भने महिनादिनको उपबासले पनि पुर्ण रुपमा पवित्र हुदैन ।एकादशी व्रतले त सात्विकको सुद्धता गर्दछ ।

  अब निर्जला एकादशीको कथाको ज्ञान थाहा पाउनाले  पुन्य मिल्दछ ।महाभारतकालमा एक दिन महर्षि वेदव्यास पाण्डवहरुलाइ एकादशी ब्रतको महत्त्व सम्झाउदै हुनुहुन्थ्यो ।महत्त्व सम्झिएपछि भिम वाहेक अरु सबैले र द्रौपदीले पनि व्रत गर्ने संकल्प गरे ।भीमको पेटमा बृक्क्  नामक अग्नि  थियो जस्ले गर्दा भोक धेरै लाग्थ्यो ।

नाग प्रदेशको दस कुण्डको रस पिउनाले जब उसमा दशहजार हात्तीको बल आयो  तब उसमा भोक झन वढेर गयो ।जसले गर्दा उनी बर्ष भरिका एकादशी व्रत गर्न असमर्थ भए ।महत्त्व सुनेर व्रत गर्ने मन पनि लाछ दुविधामा परे ।उहाँले आफ्नो  स्थिति महर्षि  वेदब्यास समक्ष राख्नु भयो । अनि वेदव्यास सम्झाउदै भन्नू हुन्छ ।यदि तिमी ज्येष्ठ शुक्ल एकादशीको निर्जला व्रत राख्यौ भने बर्ष भरिका अरुसबै एकादशी उपाशना गरे बराबरको फल मिल्नेछ ।त्यसै सल्लाह अनुसार भिमसेनले पनि यो एकादशीको व्रत गर्नुभयो ।त्यसै कारण यो एकादशीलाइ भीमसेन एकादशी पनि  भनिन्छ ।
अन्त्यमा हामीले माथिको प्रसङ्गबाट यो कुरा बुझ्यौ कि जसरी  जानेर छोएपनि अञ्जानमा छोए पनि आगोको  काम पोल्ने हो,त्यसरी नै जानेर वा नजानेर गरे पनि महिनामा दुइपटक छत्तीस ,छत्तीस घण्टा वा चौवीस,चौवीस घण्टा उपवास गर्दा शारीरिक र मानसिक सुगठनमा प्रभावकारी भुमिका  खेल्छ ।
    ज्यो.पं विष्णु प्रसाद खनाल 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

​प्रधानमन्त्रीलाई भेटेलगत्तै शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौँ । 
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । ओली र प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय 

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ता हुने

१८ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक  स्थगित भएको छ । केहीबेर बसेर स्थायी कमिटी बैठक  स्थगित भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको तयारी भएको छ ।  नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

अन्तर्राष्ट्रिय

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

भारतको कानपुरमा प्रहरीको हत्या, १ डिएसपी, ३ इन्सपेक्टर सहित ८ प्रहरी मारिए

१९ असार, काठमाडौं । 
भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको 

टेक्सासमा मास्क अनिवार्य, नलगाउनेलाई जरिवाना

१९ असार, काठमाडौँ ।
अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क अनिवार्य गरेको हो ।  सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गरेका छन् । 

विचार / ब्लग

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।
Top