norvic
global ime bank

इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता


Tuesday, 28 Jun, 2022 1:48 PM
१४ असार काठमाडौ । संसारका दुईसय बढी मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्राइ नेपालभर सेवा प्रदान गरिरहेको इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौता सँगै, यु.ए.ईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु.ए.ई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।

उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा  गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप  (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन् ।    
लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने  ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ । यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरि हाल इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको हुनाले युएई स्थित नेपालीहरुले   लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक रु.५,००० तथा बम्परमा रु.५०,००० समेत जित्न सकिनेछ । 
रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका थिए ।  
सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, “इसेवा मनी ट्रान्सफर र  लुलु इन्टरनेशनल एक्सचेञ्जबीचको यस सम्झौताले यु.ए.ईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ । डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरुले लुलु एक्सचेन्ज बाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ” ।
लुलु इन्टरनेस्नल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित गैर बैंकिंग मुलक वित्तिय संस्था हो । यसका यु.ए.ई भर ८४ शाखा रहेका छन् भने प्रधान कार्यालय अबुधाबीमा रहेको छ । हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरुलाई १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको
 

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ,काठमान्डौँ। दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको
 

माओवादीको स्थायी कमिटी बैठक सर्‍यो

२ भदौ, काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । माओवादी नेताहरूका अनुसार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि बस्ने भएकोले स्थायी कमिटी बैठक सारिएको हो । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी

अन्तर्राष्ट्रिय

भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

२ भदौँ ,काठमान्डौँ । भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

 काठमाडौं  । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए ।उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि

आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

 काठमान्डौँ। अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top