निषेधाज्ञामा यसरी तिरौँ घरबाटै इसेवा मार्फत कर तथा राजस्व


Tuesday, 8 Jun, 2021 2:30 PM
२५ जेठ काठमाडौ ।  कोभिड १९ को दोस्रो चरणको लहर चलेसँगै अहिले पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञा भएपनि कतिपय सेवा सुचारू छन् । सेवा सुचारू भएका र कर तिर्न सक्नेले निषेधाज्ञाको अवधिमा पनि कर तिर्नुपर्ने हुन्छ । अझ अहिले त आर्थिक वर्षको अन्त्यतिर भएकाले पनि यस अघि बक्यौता रहेको रकम पनि तिर्नुपर्ने हुन्छ । एकातिर निषेधाज्ञा छ अर्कोतिर कर तिर्नुपर्ने बाध्यता पनि । यहि समयमा कर कार्यालयउ बन्द छन् । कर कार्यालय खुलेपनि निषेधाज्ञाको समयमा कर कार्यालयसम्म जान समस्या । कर कार्यालयमा जाँदा कोरोना सर्ने अर्को जोृृखिम । यस्तो अवस्थामा घरमै बसेर इसेवा मार्फत सहजै कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ । 

गएको पुस महिनादेखि करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व इसेवाबाट नै भसक्तानी अथवा दाखिला गर्न सक्ने सेवाको सुरुवात भएको थियो । इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन् । इसेवा एकाउन्ट नभएका व्यक्तिले पनि नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ । यो सुविधाबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिलेको छ भने कोभिडको जोखिम पनि हुँदैन । हाल  इसेवाको माध्यमबाट कर बुझाउनेको संख्या ह्वात्तै बढेको छ । वैशाखमा निषेधाज्ञाका माझ अनलाइनबाट कर बुझाउनेको संख्या बढेको इसेवाको भनाई छ । कम्पनीका अनुसार वैशाखमा इसेवामार्फत कर बुझाउनेको संख्या नियमितभन्दा २५ प्रतिशत बढी थियो । जुन जेठ महिनामा अझ बढेको कम्पनीको भनाई छ । ल्यान्डलाइनको बिल, बिजुलीको बिल, खानेपानीको बिल, जहाजको टिकट, खेलकुद प्रतियोगिताको टिकट, पेट्रोल पम्प देखि विद्यालयको शूल्क पनि अनलाइन माध्यमबाटै तिर्न सकिने सुविधा दिएको इसेवाले पछिल्लो समय सरकारी निकायलाई गर्नुपर्ने भुक्तानीलाई पनि अनलाइन मार्फत सेवा दिएको छ । 

इसेवामार्फत कसरी बुझाउने कर ?
आन्तरिक राजस्व कार्यालयको करदाता पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्छ ।
त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी अघि बढ्नुपर्छ र त्यसपछि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्छ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेस्ट बैंक वा राष्ट्रिय वाणिज्य बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्छ ।

सो काम गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्छ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि ई–सेवामा क्लिक गरी इसेवाको वेबसाइट खोल्नुपर्छ ।

त्यसपछि गभर्मेन्ट पेमेन्टमा रहेको इन्ल्यान्ड रेभिन्यु डिपार्टमेन्टमा क्लिक गर्नुपर्छ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिन्छ ।

आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको देखिन्छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको 

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्। बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्। यसैबीच म्यानमारमा भएको 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top