​अन्तराष्ट्रिय क्षेत्रमा पनि फड्को मार्दै इसेवा, स्क्रिलबाट इसेवामा रकम पठाउन आकर्षण बढ्यो


Tuesday, 12 Jul, 2016 6:05 PM
२८ असार काठमाडौ । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा।लि।ले अन्तराष्ट्रिय क्षेत्रमा समेत लोकप्रियता हाँसिल गर्दै गइरहेको छ । अन्तराष्ट्रिय पेमेन्ट गेटवे कम्पनी स्क्रिलबाट नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवामा रकम पठाउनेको आकर्षण बढेसँगै इसेवाको लोकिप्रियता नेपाल बाहिर पनि चुलिएको हो । स्क्रिल बहुराष्ट्रिय पेमेन्ट गेटवे कम्पनी हो । विदेशमा रहेका नेपाली तथा संघ संस्थाहरुले स्क्रिल मार्फत् नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवामा रकम पठाउने गरेका छन् । स्क्रिल अन्तराष्ट्रिय बैंक तथा वित्तियसंस्थासँग आवद्ध भई कारोबार गर्ने पेमेन्ट गेटवे कम्पनी हो । यो सँगै विदेशमा रहेका नेपालीले नेपालमा रकम पठाई विभिन्न किसिमका विल भुक्तानी तथा किनमेल गर्न सक्नेछन् भने विदेशबाटै आफ्नो परिवारको रिजार्ज गरिदिने, टेलिफोन, बिजुली बत्तिको विलभुक्तानी गरिदिने लगायतका थुप्रै कार्य गर्न सक्ने्छन् । स्क्रिलबाट रकम पठाई इसेवा मार्फत् नेपालको आफ्ना्े बैंक अकाउन्टमा रकम समेत जम्मा गर्न सकिन्छ । स्क्रिलसँगको सहकार्यले विदेशमा रहेका नेपाली, नेपालमा रहेका विदशी, कुटनितिक नियोगहरुलाई धेरै सहज भएको इसेवा फोन पे प्रा।लि।का चिफ अपरेटिङ अफिसर रोशन लामिछानेले बताए । उनी भन्छन् “ इसेवाबाट स्क्रिलमा रकम लोड गर्न मिल्दैन तर स्क्रिलबाट इसेवामा रकम लोड गर्न मिल्ट । स्क्रिलबाट इसृेवामा रकम लोड गरि कारोबार गर्न पाउँदा विदशेमा रहेका नेपाली तथा अन्य व्यक्तिहरुलाई धेरै सहज भईरहेको छ ”। 

स्क्रिल होमसेण्ड मास्टरबार्ड, विआइसिएस र इसर्भग्लोबल जस्ता अन्तराष्ट्रिय मनि ट्रान्स्फरको संयुक्त सहकार्य भएको कम्पनी हो । 
आफ्नो स्क्रिल अकाउन्टबाट इसेवा वालेटमा रकम जम्मा गर्नको लागि स्क्रिलमा लगइनगरि मोबाईल वालेटमा क्लिक गर्दा दिइएको विकल्पमा इसेवा छनोट गरि स्क्रिलबाट इसेवामा रकम लोड गर्न सकिन्छ । स्क्रिलबाट रकम लोड गरेपछि स्क्रिलबाट रकम विथड्र भएको र इसेवाट रकम प्राप्त भएको नोटिफिकेशन प्राप्त हुन्छ । समान्यतया स्क्रिलबाट इसेवामा रकम लोड गर्दा पठाउको रकमको एक प्रतिशत काट्ने सम्झौता भएपनि हाल स्क्रिलले इसेवामा रकम पठाउने सेवा निशुल्क बनाइरहेको छ ।
अत्याधुनिक किसिमको प्रविधि र तुरुन्तै “ रियल टाइम” कारोबार गर्न सकिने हु“दा यसको सेवा तिब्र रूपमा विस्तार भइरहेको छ । घरमै बसेर विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्दा समय र लागत दुबैको बचत हुने हुनाले आज इ–सेवाको लोकप्रियता निकै बढेको छ 
इसेवा मोवाइल तथा इन्टरनेटबाट विल भुक्तानी तथा किनमेल गर्न सकिने नेपालको पेमेन्ट गेटवे कम्पनी हो इसेवा मार्फत विभिन्न किसिमका भुक्तानी गर्न, कसैलाई पैसा पठाउन, पाउन र तिर्न सकिन्छ । इन्टरनेट तथा मोवाइलबाटै सम्पुर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल मानिन्छ  ईसेवा मार्फत् इन्टरनेट तथा मोबाइलबाट घरमै बसी मोवाइल रिचार्ज, टपअप, ९प्रिपेड, पोष्टपेड, सिडिएमए० टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप लगायतका सेवा प्राप्त गर्न सकिन्छ । साथै देशका विभिन्न गन्तब्यमा जान हवाइजहाज तथा बस टिकट समेत खरिद गर्न सकिन्छ । इसेवाले नेपालका ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरूस“ग सहकार्य गरेको छ । नेपालमा इसेवा पेमेन्ट गेट वे कम्पनीमा सबैभन्दा धेरै भरपर्दौ मानिन्छ । नबिल बैंकलाई सेटलमेन्ट बैंक बनाएर कारोबार गरेको इसेवा नेपालको सबैभन्दा धेरै बजार हिस्सा भएको अग्रणी कम्पनी हो । 



global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top