​आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति


Friday, 8 Jan, 2021 4:05 PM
२४ पुस काठमाडौ । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो । इसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ । 

इसेवा मार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उदेश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौँ । यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएका छौँ । हाम्रो देशभर रहेको एजेन्ट नेटवर्क मार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न मिल्ने अवस्थामा आइपुगेका छौँ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ भन्ने विश्वास लिएका छौँ’ । 
हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ ।  
इसेवा मार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्स्पेयर लगइनमा (त्बहउबथभच ीयनष्ल० क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरि इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिस 
९ँष्लबलअष्ब िऋयmउतचयििभच न्भलभचब िइााष्अभ० मा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ । आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पुरा भएको ( ऋयmउभितभ०   भनेर देखिनेछ । 
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


global ime

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो 

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

२४ पुस काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ। विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

२३ पुस काठमाडौ । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए। सुरूदेखि नै  चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top