​फेसबुकको डिजिटल मुद्रा लिब्रा सञ्चालनमा आउने, यसरी गर्न सकिन्छ कारोबार


Thursday, 20 Jun, 2019 8:08 AM
फेसबुकले आगामी वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ। फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।

मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ। डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ।

साझेदार
गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो। फेसबुकले भनेको छ, कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तो, एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने। भुक्तान गर्न न्यूनदेखि शून्यु खर्च हुने बताइएको छ।

लिब्रालाई अरू कसले स्विकार गर्नेछन् ?
फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वभरका १।७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ। यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ। अमेरिकाले यो मुद्रा सुरुवातका लागि सकारात्मक सङ्केत दिए पनि त्यसबारे कडा नियमन थालिएका भारतजस्ता ठूला बजारमा के हुने भन्ने निश्चित छैन। मे महिनामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार मुद्रा सार्वजनिक हुँदा १२ वटा बजार मात्र त्यसको लागि तयारी अवस्थामा हुने देखिएको छ। डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन।

एक दशकअघि नै उसले ुफेसबुक क्रेडिट्सु सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो। यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्‍यो।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

​प्रधानमन्त्रीलाई भेटेलगत्तै शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौँ । 
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । ओली र प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय 

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ता हुने

१८ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक  स्थगित भएको छ । केहीबेर बसेर स्थायी कमिटी बैठक  स्थगित भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको तयारी भएको छ ।  नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

अन्तर्राष्ट्रिय

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

भारतको कानपुरमा प्रहरीको हत्या, १ डिएसपी, ३ इन्सपेक्टर सहित ८ प्रहरी मारिए

१९ असार, काठमाडौं । 
भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको 

टेक्सासमा मास्क अनिवार्य, नलगाउनेलाई जरिवाना

१९ असार, काठमाडौँ ।
अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क अनिवार्य गरेको हो ।  सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गरेका छन् । 

विचार / ब्लग

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।
Top