फोनपे डिरेक्ट: डिजिटल युगमा पैसा लेनदेन गर्ने सरल र सुरक्षित उपाय


Monday, 13 Jul, 2020 1:30 PM
अहिलेको युगमा विश्वभरी लाखौँ व्यक्तिहरुले डिजिटल तथा मोबाइल बैकिङ्ग सेवालाई प्राथमिकता दिएका छन् र यसलाई अपनाएर जीवनमा सरलता पनि आएको देखिन्छ। एफवान सफ्ट​ ईन्टरन्याशनल प्रा.लि ले पनि नेपालको बैँकिङ्ग तथा वित्तीय कारोबारमा सरलता लिएर आउन आफ्ना विभिन्न फाइन्यान्सियल टेक्नोलोजी सेवाहरु दिँदै आएको छ । यही संस्ठा अन्तर्गत रहेको छ फोनपे नेटवर्क जुन नेपालकै सबैभन्दा ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो भने फोनपेको एउटा सेवाको रुपमा रहेको छ फोनपे डिरेक्ट। तपाईं आफ्नो मोबाइल बैँकिङ्ग ऐपमा गएर पैसा पठाउनको लागि फोनपे डिरेक्ट सेवा प्रयोग गर्न सक्नुहुन्छ । यसको नेटवर्कमा ५० भन्दा पनि धेरै बैँकहरु सामेल छन् र यी​ बैँकहरुमा तपाईं कुनैपनि बेला पैसाको लेनदेन गर्न सक्नुहुन्छ ।
 
फोनपे डिरेक्ट किन सरल सुरक्षित?
तपाईंले आफ्नो बैँकिङ्ग ऐपबाट पैसा पठाउन फोनपे डिरेक्ट बाहेक अरु कुनै माध्यम प्रयोग गर्दा पैसा प्राप्त गर्ने व्यक्तिको बैँकको खाता नम्बर​ एवम् अनेकौँ विवरण भर्नुपर्ने हुन्छ जुन निकै झन्झटिलो महसुस हुनसक्छ । तर फोनपे डिरेक्टबाट पैसा पठाउन एकदमै सरल छ, केवल पैसा प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बरबाटै पैसा सिधै उहाँहरुको बैँकको खातामा ट्रान्सफर हुन्छ । यो सेवा प्रयोगकर्ताहरुले न त कसैको बैँक खाता नम्बर याद गरिरहनुपर्छ, न त कुनैपनि किसिमको विवरण नै भर्नुपर्छ ।

धेरैले डिजिटल पेमेन्ट सेवा कत्तिको सुरक्षित होला त भनेर पनि यस मार्फत आफ्नो पैसा लेनदेन गर्न हिच्किचाउनु होला तर एफवान सफ्ट ईन्टरन्याशनल प्रा लि का संस्ठापक, विश्वास ढकालका अनुसार फोनपे डिरेक्ट सेवा एकदमै सुरक्षित छ। मोबाइल नम्बरबाटै पैसा पठाउन मिल्ने हुँदा फोनपे डिरेक्ट प्रयोगकर्ताले बैँकको खाता​ नम्बर गलत हाल्ने सम्भावना रहँदैन र पैसा सजिलै सही व्यक्तिको बैँक खातामा पुग्छ ।
फोनपे डिरेक्ट मार्फत गरिने पैसाको लेनदेनमा प्रयोग हुने टु-फ्याक्टर अथेन्टिकेशनले गर्दा सुरक्षाको हिसाबले पनि यो निकै सबल रहेको छ । तपाईंको हरेक कारोबार पिन नम्बर र फिङ्गरप्रिन्ट प्रयोग गरी मात्र पैसा बैँकको खातामा ट्रान्सफर हुन्छ।

अहिलेको समयमा फोनपे डिरेक्ट झन् उपयोगी देखिएको छ । कोरोना भाईरस लगतै जारी गरिएको लकडाउनले धेरैको दैनिक जीवनमा पैसाको लेनदेनमा समस्या लिएर आएको बेला फोनपे डिरेक्ट एउटा सरल र सुरक्षित उपायको रुपमा लोकप्रिय हुन सफल रहयो । घरमै बसेर पैसा पठाउन मिल्ने भएपछि बैँकमा गएर बेहोर्न पर्ने कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सकिने भयो । हाल आफ्नो र परिवारको स्वास्थ्यलाई नजर राख्ने हो भने डिजिटल बैँकिङ्ग नै उचित र सुरक्षित छ ।  
  
फोनपे डिरेक्ट कसरी प्रयोग गर्ने ?
फोनपे डिरेक्ट प्रयोग गर्न मोबाइल बैँकिङ्ग ऐप आवश्यक पर्छ । त्यसैले पहिले त आफ्नो खाता भएको बैँकको मोबाइल बैँकिङ्ग ऐप डाउनलोड गर्नुहोस् र ‘एक्टिभेट सर्भिस’मा थिची उपयुक्त विवरण भरेर मोबाइल बैँकिङ्गको सेवा सुचारु गर्नुहोस् ।
अब निम्न लिखित प्रकृया पूरा गर्नुहोस्:
  • आफ्नो बैँकको मोबाइल बैँकिङ्ग ऐप खोलेपश्चात 'सेन्ड मनी' मा थिच्नुहोस्,
  • 'टु रिसिपेन्ट्स’ मोबाइल नम्बर​ (फोनपे डिरेक्ट)' मा थिच्नुहोस्,
  • पैसा प्राप्त गर्नुहुने व्यक्तिले पाउने रकम, मोबाइल नम्बर​ र बैँक निश्चित गर्नुहोस्,
  • पैसा पाउने व्यक्तिको विवरण पक्का गरी 'कन्फर्म' मा थिच्नुहोस,
  • अन्त्यमा, तपाईंको कारोबारलाई सुरक्षित राख्न पिन नम्बर​ र फिङ्गरप्रिन्ट प्रयोग गर्दै सब्मिटमा थिच्नुहोस्।
 
तपाईंले आजै आफ्नो बैँकको मोबाइल बैकिङ्ग ऐप डाउनलोड गरेर फोनपे डिरेक्ट मार्फत पैसा पठाउन सक्नुहुन्छ । थप जानकारीका लागि: https://www.fonepay.com/fonepay-direct मा जानुहोस्।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ​भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका १३ नेता तथा कार्यकर्ता समातिए

२९ साउन, काठमाडौं । सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द ९विप्लव० समूहका नेतारकार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईरदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो।

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

अन्तर्राष्ट्रिय

भुटानमा राष्ट्रव्यापी लकडाउन

२८ साउन, काठमाडौँ । 
भुटानले कोरोना भाइरस नियन्त्रणका लागी राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गरेको हो ।  सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।
सरकारले लकडाउन 

डोनल्ड ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको विपक्षी उम्मेदवारको आरोप

२९ साउन, काठमाडौँ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकालाई जीर्ण बनाएको दाबी गरेका छन् । उनीहरुले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा आलोचना गरेका छन् । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले अमेरिका नेतृत्वका लागि रोइरहेको बताएकी छन् । उनले भनिन्, अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर परिवारद्वारा खण्डन

२९ साउन, काठमाडौँ । 
भारतमा सोसल मिडियामा लगातार आइरहेको भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।   प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा लेखेकी छिन्मे मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ । प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले आफ्ना पिता प्रणब मुखर्जी

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top