प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन


Wednesday, 5 Aug, 2020 9:03 PM
२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा गरेको कार्यक्रममा प्रचण्डले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए। कार्यक्रममा प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालनिकट पत्रकार र विभिन्न सञ्चारमाध्यममा नेकपाको रिपोर्टिङ गर्ने सय बढी पत्रकारलाई बोलाइएको थियो। एकताको पक्षधर र  फुटवादी सोच राख्नेहरूको बहस भइरहेकोसमेत उनले बताए।

भेलामा प्रचण्डले प्रतिक्रियावादीहरूले गठबन्धन निर्माण गर्दादेखि नै फुटाउन र कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजेको भन्दै अहिलेको कलह त्यसैबाट सिर्जित भएको समेत बताए। ‘देशभित्रका, देशबाहिरका प्रतिक्रियावादी कम्युनिस्ट पार्टी एकतावद्ध रहिरहोस् भनेर चाहँदैनन्। उनीहरू छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन्,’ उनले भने, ‘उनीहरूले गठबन्धन गर्दाका दिनदेखि असफल पार्न कोसिस गरे। चुनावपछि पनि दुईवटा पार्टीको एकता नहोस् भने। हामीले प्रतिवाद गर्दै एकता गर्न सफल भयौं।’

साम्राज्यवादी, पुँजीवादी, सबैखाले प्रतिगमनकारी शक्तिहरूले कम्युनिष्ट पार्टी कमजोर पार्न चाहेको भन्दै उनले कमजोर पार्न जहिले पनि गलत विचार, कार्यशैली, संस्कार अपनाउने तत्वहरूलाई उपयोग गर्न चाहेको बताए। उनले जनताको बहदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गरेको पनि बताए।

पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न खोजेको र त्यसले पनि उनले विभाजन चाहेको पुष्टि हुने प्रचण्डको तर्क थियो। ‘प्रधानमन्त्री स्वंयले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ त ? त्यसले पार्टी एकता बनाइराख्न भूमिका खेलेको भन्ने देखाउँछ त ? बिल्कुल देखाउँदैन। यो पनि एकताको पक्षमा होइन, फुटको पक्षमा हो भन्ने त्यसले राम्रैसँग प्रमाणित गरेको छ,’ उनले भने, ‘पार्टी बैठक चलिराखेको छ। युवाहरूलाई आह्वान गरेर देशभरि जिन्दावाद र मुर्दावादको नारा लाग्छ। नक्सा छापिनु पर्‍यो भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुनेरु अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादी ?’ अर्का अध्यक्ष केपी शर्मा ओली समूहले विचारको बखेडा झिकेकोतर्फ संकेत गर्दै प्रचण्डले जनताको बहुदलीय जनवादका नाममा देशभरि कार्यक्रम गरिएको समेत बताए।

बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको आरोप लगाए। ‘यो सरकारले अढाइ वर्ष सरकारको नेतृत्व गर्‍यो। विकास, निर्माण गर्ने हो भने यो समयमा नेतृत्व लिन सकिन्छ। दुई(चार महिना, एक वर्षमा केही गर्न सकिँदैन। अढाइ वर्षमा जति पनि गर्न सकिन्छ,’ उनले भने, ‘हामीले तीनवटा बजेट ल्यायौं एउटा बजेटमा राम्ररी तयारी भएन कि भनेर शंकाको लाभ दिन सकिन्छ। तर, तीन वटा बजेट आइसक्यो, खै अग्रगति, खै समाजवादमा जाने कार्यक्रम ? समाजवादको के नीति आयो ?’

समाजवादमा जाने आधार निर्माण गरौंभन्दा ओलीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरूलाई सडक छापको दर्जा दिएको  भन्दै खनालले आक्रोश पोखे। उनले बुर्जुवा प्रजातन्त्रमा मात्रै प्रधानमन्त्री अल इन अल हुने उल्लेख गर्दै कम्युनिष्ट प्रणालीमा सरकार पार्टीको मातहत हुनु पर्ने तर्क गरे। ‘समाजवादको दिशातर्फ जाने कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हो यो। प्रधानमन्त्री अल इन अल होइन। हामी नयाँ अवस्थामा थियौं। तर केपी ओलीले पुँजीवादी ढाँचा र ढर्रामा सरकार चलाउनु भयो,’ उनले भने, ‘पार्टीले उम्मेदवार बनायो, पार्टी संसदीय दलले प्रधानमन्त्री बनायो तर संसदीय दल र पार्टी उहाँका निम्ति भर्‍याङमात्रै बने। उचाइमा पुग्ने भर्‍याङ बनाउनु भयो।’

प्रधानमन्त्री निर्वाचित भइसकेपछि पार्टीका नीति, संसदीय दल, घोषणापत्र केहीलाई पनि वास्ता नगरेको उनले बताए। प्रधानमन्त्री ओलीले भ्रष्ट, दुर्गन्धित मानिसहरूलाई नियुक्ति दिन थालेको भन्दै आक्रोश पोखेका थिए। 

बरिष्ठ नेता माधव नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुने बताए। कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टी निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने बताए। ‘म सबै हो भन्ने मान्यताले एकीकरणको काम पुरा हुन सकेको छैन। मूलभुत रूपमा काम भएको छ, सम्पूर्ण रूपमा हुन सकेको छैन,’ उनले भने, ‘पार्टी विधि र नीतिबाट चल्छ। कम्युनिष्ट पार्टीको सदस्य कमिटी प्रणालीअनुसार चल्नुपर्छ।’ अहिले पार्टीको बैठक नबसेर समस्या आएको भन्दै नेपालले बैठकबाट डरारउने नेता काम नहुने बताए।

‘सहमति र बहुमत जे पनि हुन सक्छ। आफ्नै कमिटीका मान्छेहरूले मान्दैनन् भने जबरजस्ती गर्न मिल्दैन। पार्टीको बैठक नियमित बस्नुपर्छ। पार्टी कागजमा सीमित भएको छ,’ उनले भने, ‘आफूखुसी असक्षम व्यक्तिलाई नियुक्ति दिइएको छ। पार्टीलाई बिसर्जनमा पुर्‍याइएको छ भने सरकारको काममा पार्टीसँग सल्लाह गरिएको छैन।’ प्रधानमन्त्रीले पार्टीलाई नोक्सान मात्रै पुर्‍याएको र चरम व्यक्तिवादमा फसाएकोसमेत उनले आरोप लगाए। आफ्ना गल्ती लुकाउन अरूलाई हिलो छ्यापेकोसमेत उनको आरोप छ। ‘यो पद र सुविधाको लडाइँ होइन। पार्टीलाई गतिशील बनाउले लडाइँ हो,’ उनले भने, ‘जनतामा आशा र विश्वास जगाउने लडाइँ हो। बहुमतले जे भन्छ त्यही गर्नुपर्‍यो, त्यही छलफल गर्नुपर्‍यो।’ 

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद यो पदको नभई विचारको भएको बताए। ‘यो विचारको बहसको हो। पार्टी र मुलुक कसरी चलाउने भन्नेबारेको बहस भएकाले यसलाई पदसँग मात्र जोड्नु हुन्न,’ श्रेष्ठले भने। कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय खनाल, नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए।

 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top