गर्भाधारण गर्नुअघि निम्न कुराको परीक्षण गराउनुहोस्


Monday, 21 Sep, 2015 10:01 AM
यदि तपाइँ आफ्नो पार्टनरसँग सन्तान प्राप्तिको बारेमा तयारी गर्न सुरु गर्नुभएको छ भने तपाइँले आफ्नो स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण गर्नु आवश्यक हुन्छ । त्यस्तो परीक्षणले गर्ने गर्भावस्थामा हुने जटिलताबाट बचाउन सक्छ ।
यस्तो परीक्षणले महिलाको स्वास्थ्यको चेकजाँच गर्छ र सरीरमा कुन तत्वको कमी छ भन्ने कुराको जानकारी गराउँछ । तत् पश्चात उक्त कमी तथा समस्या हल गर्नका लागि उपचार, व्यायाम तथा भोजनमार्फत तन्दुरुस्ती प्राप्त गरी महिलाले गर्भाधारण गर्नु उपयुक्त हुन्छ । महिलाले गर्नुपर्ने त्यस्ता परीक्षणमा बिएमआइ, ब्लड सुगर लेभल, रक्तचाप आदि हुन् ।
केवल महिलाले मात्र होइन पुरुषले पनि केही परीक्षण गर्नु आवश्यक हुन्छ । जसबाट पुरुषको स्पर्म काउन्ट पत्ता लाग्ने तथा प्रजनन सम्बन्धि कुनै समस्या भएमा पनि पत्ता लाग्दछ र त्यसको समाधान गर्न सकिन्छ । गर्भाधारण अघि गराउनैपर्ने स्वास्थ्य परीक्षण यी हुन् :

१. थाइराइड परीक्षण : महिलाले गर्भाधारण अघि थाइराइड परीक्षण गराउनु आवश्यक हुन्छ । थाइराइडको समस्याले गर्भपतन हुने लगायतका जोखिम हुनुका साथै बच्चाको मानसिक विकाशमा पनि असर पूराउन सक्छ ।
२. रक्त परीक्षण : हरेक ६ महिनामा रक्तपरीक्षण गराउनु आवश्यक हुन्छ । जसमा ब्लड काउन्ट, प्लेटलेट्स तथा हेमोग्लोबिन आदिको परीक्षण गराउनुपर्छ । यसबाट कतिपय आनुवंशिक विमार जस्तै सिकल सेल एनिमिया वा साइस्टिक फाइब्रोसिस भएमा पनि पत्ता लाग्दछ ।
३. मुत्रपरीक्षण : मुत्रपरीक्षणबाट ब्लड सुगर, हाइ प्रोटिन तथा ब्याक्टेरियल संक्रमणका बारेमा थाहा हुन्छ । यदि सरीरमा ब्लड सुगर बढि भएमा तपाइँले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ र उपचार विधि अपनाइहाल्नुपर्ने हुन्छ । किनकी उच्च ब्लड सुगरका कारण मधुमेहको जोखिम हुन्छ ।
४. स्मियर टेष्ट : स्मियर टेष्टमा पूरै यौनांगको परीक्षण गरिन्छ । यसमा महिलाको योनी, पाठेघर तथा पेल्भिस लगायतका अंगहरुको विस्तृत परीक्षण गरिन्छ । यसले यौनांगहरुमा भएको संक्रमण पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।

५. भ्याक्सिनेसन : महिलाले नियमित रुपमा लगाउनुपर्ने विभिन्न खाले खोप लगाउनै पर्छ जसका कारण विभिन्न खाले रोगबाट बच्न सकिन्छ । यसबाट आमा र बच्चा दुबै जनालाई संक्रमणको खतरा टर्दछ ।
६. विर्य परीक्षण : पुरुषका लागि विर्यपरीक्षण अनिवार्य हुन्छ । यसबाट पुरुषको विर्यमा शुक्रकिटको संख्या थाहा पाउन सकिन्छ । जसबाट पुरुषमा पिता बन्ने क्षमता छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । साथै पुरुषमा स्पर्म काउन्ट बढाउने उपचार पनि गर्न सकिन्छ ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top