भारत : भँगेराको जत्रो छाति भएको हात्ती
न्यूजसेवा विश्लेषण
Friday, 22 May, 2020 9:41 PM
९ जेठ, काठमाडौं । भारत, भूगोलमा नेपालभन्दा २२ गुणा ठूलो, जनसंख्या ४५ गुणा । आर्थिक प्रगतिमा विश्वका शक्तिशाली राष्ट्रलाई चुनौती दिँदै गरेको उदयीमान मुलुक, ओभरअल र्याङ्किङमा विश्वको ४४ औँ नम्बरमा पर्छ ।
.jpg)
भनिन्छ, छिमेकी गतिलो भए सुख र साथ पाइन्छ । छिमेकी धनी, सम्पन्न र शिक्षित भए आवश्यक सहयोग, पारिवारिक उन्नति र सहकार्य बढेर जान्छ । यो आधारमा भारतको छिमेकी हुनुमा नेपाल र नेपालीले गर्व गर्नुपर्ने हो । अझ दक्षिण एसियाले नै गर्व गर्नुपर्ने हो । दक्षिण एसियामा भारतको जत्रो भीमकाय जिउडाल र शक्ति अन्य मुलुकको छैन । हरेक कोणबाट भारत दक्षिण एसियालाई आफ्नो तजबिजीमा डोहोर्याउन सक्ने राष्ट्र हो । दक्षिण एसियाका सबै राष्ट्रको नेता बनेर भारतीय प्रधानमन्त्रीले ‘यो हो हाम्रो एजेण्डा’ भन्दै विश्वसामू प्रस्तुत हुन सक्नुपथ्र्यो ।
तर, भारतको भूमिका ठिक उल्टो छ । आफ्ना कुनै पनि छिमेकीसँग भारतले आत्मीय सम्बन्ध राख्न सकेको छैन । त्यत्रो जमिन र त्यत्रा जनशक्ति भएर पनि भारत जहिले पनि छिमेकीका एक–दुई वित्ता जमिनमा आँखा गाड्नमै व्यस्त छ । छिमेकीको घरबार उठाएर कान्लो मिच्नमै रमाइरहेको छ । उसका हरेक छिमेकीसँगको सम्बन्ध हेर्दा लाग्छ, भँगेराको जत्रो छाति भएको हात्ती हो, भारत । शरीर र शक्तिअनुसारको चौडा छाति कहिल्यै बनाउन सकेन ।
नेपाललाई तीनतिरबाट घेरेको भारतले सयौं स्थानमा अतिक्रमण गरेको छ । जसमा मुख्य रुपमा उत्तर पश्चिम क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा तथा नवलपरासी जिल्लाको सुस्ता छन् । यीबाहेक अन्य क्षेत्रमा दशगजा सार्ने, भारतीय सीमा सुरक्षा बल अनधिकृत रुपमा नेपाल प्रवेश गर्नेजस्ता घटना हुँदै आएका छन् ।
कालापानीतर्फको कुरा गर्दा सन् १९१६ को सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको छ । तर भारतले क्रमशः अतिक्रमण गर्दै आएको छ । भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मु तथा कस्मिरलाई टुक्र्याएर मुलुकको राजनीतिक नक्सा परिवर्तन गर्नेक्रममा उसले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि आफ्नो नक्सामा समेट्यो । नेपालले तत्काल विरोध नोट बुझायो । तर, भीमकाय भारतले अझै छाति खुम्च्यायो । हुँदाहुँदा नेपाली भूमिमा सडक नै उद्घाटन गर्यो । भारतको सानो चित्त र लुट मानसिकताकै कारण अहिले नेपालसँग तिक्तता बढेको छ । गल्ती सच्याउनुको सट्टा मोदी सरकार आफ्ना पालित मिडिया र मिडियाकर्मी प्रयोग गरेर नेपाल र नेपालीमाथि तुच्छ गालीमा उत्रिएको छ ।
भारतले भूमिमात्रै अतिक्रमण गरेको छैन, नेपालीको इज्जत अतिक्रमण गरिरहेको छ । नेपाल र नेपालीलाई आफूले पालेको घोषणा गरिरहेका छन्, मोदीका पार्टीकै नेताहरु । तरकारी, खाद्यान्नदेखि तेलसम्म भारतले दिएको भन्दै छात्ति पिटेर चिच्याइरहेका छन्, उनीहरुको कर्कस ध्वानी सुन्दा लाग्छ उनीहरुले दयाभावले नेपालीलाई दिएका हुन् । बरु नेपालीले तिनका उत्पादन किनेर अर्बौँको योगदान गरेको स्विकार्न चाहँदैनन् उनीहरु । यस्ता हर्कतकै कारण भारतप्रति नेपाली धारणा झन् नकारात्मक बन्दै गएको छ । नेपालीले ०७२ मा भारतले लगाएको नाकाबन्दीको दुःख सम्झिएका छन् । आम नेपालीको एउटै धारणा बनिसकेको छ, भारत नेपालको छिमेकी हो तर मित्र कहिल्यै होइन । भारतले आफ्नो व्यवहार नसुधारे नेपालीमा यो भावना थप छिप्पिने छ र पुस्तौसम्म मनमा गड्नेछ ।
नेपालसँग मात्रै होइन, कुनै पनि छिमेकीसँग भारतको सुमधुर सम्बन्ध छैन । चीन र पाकिस्तानसँग सिमानाकै विषयमा भारतले युद्ध समेत लडिसकेको छ । विवाद यथावत् छ । श्रीलंका र भारतबीच सीमा सम्झौता भएपनि विवाद अझै कायम छ । भुटानसँग चीनको सीमा विवाद छ । सन् २०१७ मा चीन र भुटानबीचको विवादास्पद क्षेत्र दोक्लममा चिनियाँ सेनाको सडक निर्माण कार्य रोक्न भारतीय सेना पुगेपछि तनाव सुरु भएको थियो । ७२ दिन आमनेसामने भएपछि दुवै देशका सैनिक सो क्षेत्रबाट पछि हटेका थिए ।
भारत र चीनबीच पूर्व र पश्चिम दुवैतर्फ सीमा विवाद छ । पूर्वमा भारतले अरुणाचल प्रदेश भन्ने गरेको भूभागलाई चीनले दक्षिण तिब्बत भन्छ र त्यो आफ्नो भएको दाबी गर्छ । गत वर्षमा मात्रै चीनले अरुणाचल क्षेत्रमा पार्ने विभिन्न क्षेत्र र भूभागको चिनियाँ नामाकरण समेत गरेको थियो । त्यसैगरी, पश्चिमतर्फ चीनको नियन्त्रणमा रहेको अक्साइ चीनको क्षेत्रमाथि भारतले दावी गर्दै आएको छ । पहिले जम्मु तथा कस्मिरभित्र पर्ने सो क्षेत्र चीन र पाकिस्तानबीच सम्झौता भएपछि चीनको नियन्त्रणमा गएको हो । यो क्षेत्रलाई भारतले हालै जारी गरेको नक्सामा लद्दाखभित्र राखेको छ । भारत चीनबीच तीन दशकदेखि सीमा विवाद समाधान गर्ने वार्ता चल्दै आएको छ । तर सामाधान निस्कन सकेको छैन । यी दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा छ ।
विभाजनकै समयदेखि भारत र पाकिस्तानबीको सीमा विवाद छ । बेलायती साम्राज्यबाट स्वतन्त्र बनेसँगै विभाजित भएका भारत र पाकिस्तान दुवैले कस्मिरको पुरै भूभागमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दछन् । तर, कस्मिरको भूभाग भने भारत, पाकिस्तान र चीनको अधीनमा छ । भारत र पाकिस्तानबीच भएको तीन प्रमुख युद्धमध्ये दुई वटा कस्मिरको विषयलाई लिएर भएको थियो । विवादको कारण भारत र पाकिस्तानबीच सीमाकंन हुन सकेको छैन । दुवैको प्रशासनिक क्षेत्रलाई लाइन अफ कन्ट्रोल ९एलओसी०ले छुट्टयाएको छ । परमाणु हतियारयुक्त दुवै देशबीच सीमा क्षेत्रमा निरन्तर रुपमा गोली हानाहान हुने गरेको छ । जसमा दुवैपक्षका सैनिक मर्ने क्रम निरन्तर जारी छ । दुवैले कस्मिरमा लाखौँ सेना तैनाथ गरेका छन् ।
एसियामा चीन र भारत शक्ति उन्मुख राष्ट्र हुन् । चीनले छिमेकी समृद्ध पार्दै जाने परराष्ट्र नीति लिएको छ । एसियाका राष्ट्रहरुमा आफ्नो प्रभुत्व जमाउँदै लगेको छ । तर, भारतले छिमेकीमाथिको हस्तक्षेपकारी नीति बदल्न सकेको छैन । सबै छिमेकी उसँग रुष्ट छन् । तीनतिर सीमा छोएको छिमेकी भारतको यो कमजोरी नै नेपालको सबैभन्दाठ ठूलो दुर्भाग्य हो । अन्य दक्ष्णि एसियाली मुलुकहरुका लागि पनि आर्थिक र सामाजिक क्षति पुग्नु हो ।
हरेक छिमेकीसँग भारतले आफ्नो शक्ति र उर्जा गलत प्रयोजनमा खर्चिरहेको छ । त्यो शक्ति सही ठाउँमा प्रयोग गर्ने हो भने भारतको विकास झन् गुणात्मक हुने थियो । त्यसबाट छिमेकीले पनि लाभ लिन सक्थे । तर, समस्या त्यहीँ छ, हात्तीजत्रो भएर पनि भारतले हात्तीको जत्रो छाति बनाउन कहिल्यै सकेन वा चाहेन ।

राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।
अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।
चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।
अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो
हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

२४ पुस काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ। विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।
अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

२३ पुस काठमाडौ । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए। सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका
विचार / ब्लग
प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।