भारतीय टिभी एंकरले भाषण दिएपछि मीनेन्द्रको जवाफः नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन


Thursday, 21 May, 2020 11:11 AM
८ जेठ, काठमाडौं । नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि तल्लोस्तरमा खनिएका छन्। उनीहरू बुधबार दिनभर अभिनेत्री मनिषा कोइरालाको ट्वीटलाई लिएर तुच्छ गालीमा उत्रिए । मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन्। एबिपी च्यानलले मनिषालाई ‘भारतको खाएर, चीनको गीत गाएको’ भन्दै आरोप लगायो । 

बुधबार साँझ भारतको अर्को न्यूज च्यालन रिपब्लिकले सर्कस देखायो । उसले नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेपाली अंग्रेजी पत्रिका रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाललाई केही भारतीय अतिथिसँगै आमन्त्रण गर्यो । कार्यक्रमको सञ्चालक थिए, ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामी । उनको कार्यक्रमको शीर्षक थियो– ‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ। 

अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन।’  त्यसपछि लम्बेतान लेक्चर दिन थाले । उनको आशय थियो– नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो। उनले आफ्नो भाषण नरोकेपछि मीनेन्द्रले बीचमै भने, ‘अर्णव, तपाईंले प्रश्न गरेको कि कुनै मन्तव्य दिएको हो ? कि मलाई कुनै सन्देश दिन खोज्नुभएको हो ? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन।’ 

नेता रिजालले अगाडी भने, ‘नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ। हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौं। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो। हामीले अगावै कुराकानी गरौं भन्यौं । हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्। भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं। चीनलाई जोडिरहनुको तुक छैन।’ 

त्यसपछि जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन, भारतमा यसरी नै गरिन्छ।’

मीनेन्द्रको राम्रै जवाफ पाएका अर्णय यति भनेपछि भने बहस मोड्नतिर लागे । उनले प्रधानमन्त्री केपी ओलीले बोकेको प्रसंग कोट्याउँदै भने, ‘चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा ? तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क ? कस्तो अवैज्ञानिक कुरा ?’ 

नेता रिजालले जवाफ फर्काए,  ‘म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु। कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन्, मेरो सरोकारको विषय होइन।’ अर्णवले नेपालको पछिल्लो कदममा चीनको हात रहेको पुष्टि गर्न खोजिराखे भने रिजालले अस्वीकार गरिराखे।  

रिपब्लिकाका सम्पादक सुवास घिमिरेले सुगौली सन्धिपछिका नक्साहरूले उक्त भूभाग नेपालको भएको पुष्टि गर्ने बताए। त्यसपछि कार्यक्रम सञ्चालक अर्णव सम्पादक घिमिरेमाथि खनिए। भने, ‘हामी तपाईंसँग हाम्रो भूभागबारे छलफल गर्दैछैनौं। यसरी त भोलि तपाईंले मुम्बई हाम्रो हो भन्नुहोला, दिल्ली हाम्रो हो भन्नुहोला ? कसरी हुन्छ ?’

दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालसँग पनि अर्णवले चीनसँगकै सम्बन्ध कोट्याएर छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमाथि नै घृणा फैलाउने दुचेष्टा गरे । उनले भने, ‘चिनियाँहरू नेपालीलाई रुचाउँदैनन्, घृणा गर्छन्। नेपालको भूमि अतिक्रमण गरेका छन्, सरकारी वेवसाइट ह्याक गरेका छन्।  ती तपाईंका साथी हैनन् । चिनियाँहरू कसैको मित्र हुन सक्दैनन्। भारतसँगको पुरानो सम्बन्ध बिगारेर तपाईंहरूले के पाउनुहुन्छ ?’ 

तर, जवाफमा प्रकाशले पनि अर्णवलाई निराश पारे। भने, ‘नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन, कुरा गोलमटोल नपार्नुस्। नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ।’ त्यसपछि, अर्णवले ‘चीन कसैको मित्र हुन नसक्ने’ जिरह गर्दै बहस टुंग्याए।

⇒ भिडियो हेर्नुहोस्
 




global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

(अपडेट) लेबनान बिस्फोट : घरहरू क्षतिग्रस्त भएपछि दुई लाख ५० हजार मानिस घरबाहिरै

२२ साउन, काठमाडौं । लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्। बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय  ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्।

मोदीले अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै, जनकपुरको माटो र चाँदीका इँटा बोकेर गयो नेपाली टोली

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top